काठमाण्डु, २७ साउन– संविधानमा भएको प्रहरीसम्बन्धी व्यवस्थालाई लिएर संघ र प्रदेश सरकारबीच द्वन्द्वको स्थिति देखापरेको छ । पाँच वर्षसम्म शान्त रहेका प्रदेश सरकारले निर्वाचन नजिकिन थालेसँगै प्रदेश प्रहरी आफू मातहत माग्न थालेका छन् । तर संघीय सरकारले प्रदेश प्रहरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आनाकानी...
काठमाण्डु, २७ साउन– दसवटा मात्तिएको हात्तीले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ । यसले शान्त स्वभावको वन्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ । पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका मत्ताले मारेका मानिस ९९ पुगेका छन् । यसका साथै ठूलो परिमाणमा धनमालको क्षति...
काठमाण्डु, २७ साउन– तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी दिए । तिब्बतमा कोभिड सङ्क्रमण...
काठमाण्डु, २६ साउन– चीनले नेपाललाई १५ अर्ब रुपैयाँभन्दा बढी अनुदान दिने भएको छ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी अथाृत १५ अर्बभन्दा बढी सहयोगको प्रतिबद्धता जनाएका हुन् । उक्त रकम सन् २०२२ का...
काठमाण्डु, २६ साउन– नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ मा नाफा व्यापक बढाएको छ । बिजुली चुहावट नियन्त्रण र विद्युत् खपत बढ्दा प्राधिकरणको नाफा १६ अर्ब नौ करोड रूपैयाँ पुगेको छ । प्राधिकरणले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय प्रतिवेदनअनुसार यो नाफा गत आवको छ...
काठमाण्डु, २६ साउन– साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ । बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ । मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार केही संख्या घटेर ८...
काठमाण्डु, २६ साउन– भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र सेवाप्रवाह प्रभावकारी बनाउन नसकेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारका सचिव तथा विभागीय प्रमुखलाई अख्तियारमा नै बोलाएर जिम्मेवारीअनुसार काम गर्न निर्देशन दिएको छ । अख्तियारले सचिव तथा विभागीय प्रमुखले जिम्मेवारी र इमानदारीपूर्वक काम गर्न नसक्दा मातहतका...
काठमाण्डु, २५ साउन– सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ । प्रधानमन्त्री कार्यालयका तत्कालिन सचिव लक्षमण अर्याल संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब बढाउन प्रस्ताव गरिएको छ । प्रतिवेदनअनुसार राष्ट्रपतिको तलब...
काठमाण्डु, २५ साउन– सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातै प्रदेशका यातायात मन्त्रीको ‘अन्तरतह समन्वय बैठक’ले...
काठमाण्डु, २५ साउन– सरकारले पछिल्लो तीन महिनामा विभिन्न गैरकानुनी क्रियाकलापमा सहभागी ३३ देशका १३३ जना विदेशी नागरिकलाई नेपालबाट निष्काशन गरेको छ । अध्यागमन विभागका अनुसार २०७२ वैशाख १ गतेदेखि असार मसान्तसम्मको अवधिमा उनीहरूलाई निष्काशन गरिएको हो। नेपालबाट निष्काशनमा पर्नेमा सबैभन्दा बढी चिनियाँ र अमेरिकी...
काठमाण्डु, २४ साउन–प्रदेश तथा स्थानीय तहले ठूलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ । बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा बिनाअध्ययन र गृहकार्य १ सय ६९ जना करारमा तथा...
काठमाण्डु, २४ साउन– राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेके राष्ट्र कमजोर बन्ने बताएकी छिन् । सांसदद्वारा पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ आएको नागरिकतासम्बन्धी विधेयकका सम्बन्धमा सोमबार उनले यसो भनेकी हुन् । विवाह गरेर नेपाल भित्रिने विदेशीलाई निश्चिन्त मध्यावदीको प्रतीक्षाबिना नै तत्काल...