१० हात्तीले ९९ सय जना मा-यो, चितवनको रोनाल्डोद्वारा १० को हत्या

काठमाण्डु टुडे २०७९ साउन २७ गते ७:१७ मा प्रकाशित

काठमाण्डु, २७ साउन– दसवटा मात्तिएको हात्तीले १० वर्षमा मारेका मानिसको सङ्ख्या सय पुग्न लागेको छ ।

यसले शान्त स्वभावको वन्यजन्तु हात्ती संरक्षणमा चुनौती थपिएको देखाएको छ । पूर्वमा झापादेखि पश्चिममा बर्दियासम्मका मत्ताले मारेका मानिस ९९ पुगेका छन् । यसका साथै ठूलो परिमाणमा धनमालको क्षति पनि भएको छ ।

उद्दण्ड स्वभाव हुने मत्ताले यस्तो जनधनको क्षति गर्ने गर्दछन् । त्यस्तै उद्दण्डता देखाउन थालेपछि त्यसको मौलिक पहिचान दिलाउन अलि भिन्न प्रकृतिका नाम दिइन्छ । सामान्यतः भाले हात्तीलाई गज भनिने भए पनि उद्दण्ड हात्तीलाई उद्दण्डता झल्काउने धुर्बे, रोनाल्डो, गोविन्देजस्ता नाम दिइएको छ । यस्तै नाम दिइएकामध्ये मकुना हात्तीले सबैभन्दा बढी कोसी टप्पु आसपासमा क्षेत्रमा २८ जनाको ज्यान लिएको छ । त्यसपछि चितवन क्षेत्रमा रोनाल्डोले २२ जनालाई मारेको छ ।

धेरै चर्चामा आएको धुर्बे हात्तीले अघिल्ला दुईको भन्दा कम १८ जनाको ज्यान लिएको छ। रोनाल्डो र धुर्बेले अझै पनि चितवन, पर्सा, नवलपरासी क्षेत्रमा बेलाबेला उद्दण्डता मच्चाउने गरेका छन् । स्थानीयवासीलाई धेरै दुःख दिन थालेपछि हात्ती ओहोरदोहोर क्षेत्रमा स्थानीयवासीले करेन्ट छाड्दा मकुनाको करेन्टका कारण मृत्यु भइसकेको छ ।

चितवन, पर्सा क्षेत्रमा गोविन्दे नामक मत्ताले आठ जना र गणेश हात्तीले पर्सा क्षेत्रमा आठ जनाको ज्यान लिएको छ । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us