
काठमाण्डु, २६ साउन– चीनले नेपाललाई १५ अर्ब रुपैयाँभन्दा बढी अनुदान दिने भएको छ ।
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्कासँगको भेटमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी अथाृत १५ अर्बभन्दा बढी सहयोगको प्रतिबद्धता जनाएका हुन् । उक्त रकम सन् २०२२ का लागि हो । डा. खड्का र वाडा. खड्का र वाङबीच छिङ्दाओ सहरमा बुधबार भेटवार्ता भएको थियो ।
भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भेटमा पारस्परिक हितका विषयमा सहकार्य गरेर अघि बढ्नेबारे सौहार्दपूर्ण छलफल भएको थियो ।