
काठमाण्डू, २४ वैशाख– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेका सांसद सञ्जयकुमार गौतमले भारत–पाकिस्तान युद्धले पार्ने प्रभावबारे नेपाल सरकार समयमै गम्भीर बन्नुपर्ने बताएका छन ।
बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सांसद गौतमले यो विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन । कांग्रेस सांसाद गौतमले भने, ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ यसले हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस् ।’
सरकारले समयमै ख्याल गर्न आवश्यक रहेको उनको भनाइ छ । अगाडि थप्छन्, ‘नेपा सरकारले समयमै यस ९भारत–पाकिस्तान युद्धले नेपाललाई पार्ने प्रभाव०मा छलफल अगाडि बढाओस् भन्ने आग्रह गर्न चाहन्छु ।’
राजनीतिक दलका शीर्ष नेताहरू पनि यो विषयमा गम्भीर हुन आवश्यक रहेको उनले बताएका छन ।