काठमाण्डु, १६ माघ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्ता पक्षले आफूहरूलाई संविधानसभाबाट बाहिर निकाल्न चाहेको भए पनि संविधानसभा छाड्न नहुने बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले संसदीय समितिमा सहभागी नहुने र सडक संघर्षलाई जोड दिने पार्टीको नीति प्रस्ट्याउँदै...
काठमाण्डु, १६ माघ– आफ्नो निजी चिया बगानमा राजतन्त्रलाई फर्काउन सकिने वा नससकिने डिजाइन बुन्दै पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार काठमाण्डु आउँदैछन् । उनी बालखसा प्रभुशमशेर जवरा, पूर्वशाही पाश्र्ववर्ती भरतकेशर सिंह, पूर्वसैनिक सचिव शान्तकुमार मल्ल, रेणु राणा, करुणा राणा र प्रभुशमशेर पत्नी राज्य राणालगायतका अति निकटसँग...
काठमाण्डु, १५ माघ– सर्वोच्च अदालतले सबै भक्तजनलाई पशुपतिनाथको गर्भगृहभित्र फूलप्रसाद चढाउन समान पहुँच दिन पशुपति विकास कोषलाई परमादेश दिएको छ । पशुपतिनाथको दर्शन गर्न जाने भक्तजनलाई आफैं बेलपत्र, फूलप्रसाद चढाउन भेदभाव गरेको दाबीसहित दायर रिटमा सर्वोच्चले कोषलाई परमादेश दिएको हो । एक हजार एक...
झापा, १५ माघ– झापाको दमक नगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगान र त्यहाँ रहेको मिनी दरबारको एकीकृत सम्पत्ति कर तिर्न आग्रह गरेको छ । दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालसहितको टोलीले दमकमा रहेका पूर्वराजालाई बुधबार भेटेर करको विषयमा...
काठमाण्डु, १५ माघ– काँग्रेस भगिनी संस्था नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले आफ्नै पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालविरुद्ध आक्रोश पोखेका छन् । सञ्चार प्रतिष्ठान नेपाल कैलालीद्वारा बुधबार राजधानीमा आयोजित अन्र्तक्रियामा उनी सञ्चारमन्त्रीविरुद्ध खनिएका हुन् । ‘संगठनले भनेको कुनै पनि...
काठमाण्डु, १५ माघ– इजरायल र लेबनानको हिजुबुल्लाह लडाकुसमूहबीच बुधबार भीडन्त चर्किएको छ । सो क्षेत्रमा मिसनमा खटिएको नेपाली शान्ति मिसन टोली भने दिनभर बंकर बसेर सुरक्षित छ । लेबनानस्थित संयुक्त राष्ट्र संघीय शान्ति स्थापक मिसनमा बुधबार इजरायलको मानवरहित सैनिक जहाजको हमला भएको थियो ।...
काठमाण्डु, १५ माघ– फोन गरेर अश्लिल गाली गरेको आरोपमा प्रहरीले भिजे सुरज गिरी र मोडल साहना बज्राचार्यलाई पक्रेको छ । फोन गरेर तथानाम गालीगर्दै हत्या गर्नेसम्मको धम्की दिएको भन्दै हर्षवर्धन साहनीले महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गरेपछि प्रहरीले बुधबार गिरी र ब्रज्रचार्यलाई पक्राउ गरेको...
काठमाण्डुु, १५ माघ– प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वार्ता र संवादमा र्फकन बुधवार आग्रह गरेका छन् । दाहाललाई टेलिफोन गरी प्रधानमन्त्री कोइरालाले आफूले सहमतिको अधिकतम प्रयास गर्ने भन्दै आन्दोलनतिर नलाग्न भनेका हुन् । दाहालले आफूहरु वार्ता विरोधी नभएको भन्दै सत्तापक्षले यसअघि वार्तामा...
काठमाण्डु, १४ माघ– एमाओवादीमा प्रचण्ड र बाबुराम भट्टराईपछि तेश्रो बरियताका नेता नारायणकाजीलाई अचेल आफ्नै पार्टीका महत्वपूर्ण निर्णय र गतिविधि नै थाहा हुँदैन । पार्टीका तर्फबाट संविधान निर्माणको संयोजन तथा मस्यौदा समितिको जिम्म पाएका उनी फरक मत राखेरै भए पनि संविधान जारी गर्नुपर्ने पक्षमा छन्...
काठमाण्डु, १४ माघ– नेकपा एमालेले संविधान निर्माणको पछिल्लो अवस्थाबारे जानकारी दिन र विपक्षीको सम्भावित आन्दोलन कमजोर पार्न मुलुकभर संगठन परिचालन गर्ने भएको छ । यसका लागि पार्टीले तत्कालै कार्यक्रमहरु तयार गर्ने खबर संसदीय दलले सभासद्हरुलाई १० दिनका लागि गाउँ जान निर्देशन दिइसकेको छ ।...
काठमाण्डु, १४ माघ– माघ ५ गते संविधानसभाभित्र तोडफोड गर्ने एनेकपा माओवादीको पूर्वयोजना थियो कि थिएन ? अहिले यो प्रश्न व्यापक रूपमा उठिरहेको छ । एमाओवादीले बहुमतीय प्रक्रिया रोक्नका लागि आफूहरूले प्रतिवाद गर्दा यो अवस्था आएको बताउँदै आएको छ भने सत्ता पक्षले सुनियोजित आक्रमण भन्दै...
काठमाण्डु, १४ माघ– युद्धअपराध एवं राज्यविरुद्ध अपराधसहित विभिन्न २७ किसिमका सरकारवादी फौजदारी मुद्दा अब कुनै पनि अवस्थामा फिर्ता नहुने भएका छन् । राजनीतिक निर्णयका आधारमा यस्ता मुद्दा फिर्ता लिइने, तर कानुनी कारबाहीबाट उन्मुक्ति पाएका तिनै व्यक्ति फेरि गम्भीर प्रकृतिका अपराधमा पक्राउ पर्ने क्रम बढेपछि...