अन्तर्राष्ट्रिय

किन ओबामा फर्कनासाथ भारतले चीन फकाउन खोज्यो ?

२०७१ माघ १४ गते १२:५४

नयाँ दिल्ली, १४ माघ– अमेरिकी राष्ट्रपति बाराक ओबामा भारत भ्रमणबाट फर्केलगत्तै भारतले आफ्ना विदेशमन्त्रीलाई चीन पठाउन लागेको छ । भारतसँग सम्बन्ध नवीकरण गर्ने लक्ष्यले ओबामा भारत भ्रमण सकेर फर्केको भोलिपल्टै भारतका विदेशमन्त्री यसै साताको अन्त्यमा चीन भ्रमणमा जाने जानकारी बुधबार नयाँ दिल्लीले दिएको छ...

सैनिक कारबाहीमा ६६ विद्रोहीको मृत्यु

२०७१ माघ १४ गते ११:३५

सिरिया, १४ माघ– सिरियाली सैनिकले सिरियाको कयौँ स्थानमा जारी राखेको कारबाहीका क्रममा ६६ जना विद्रोही मारिएका छन् । सिरियाली सरकारी समाचार समिति सानाले मङ्गलबार त्यस विषयमा जानकारी दिएको छ । दक्षिणी प्रन्त दाराको सैख मिस्किन सहरमा सरकारी सैनिकको कारबाहीको ३५ आतङ्ककारी मारिएको साना समाचार...

सैनिक विमान दुर्घटनामा चारको मृत्यु

२०७१ माघ १४ गते १०:१९

एजेन्सी– भियतनामको दक्षिणी सहर हो चि मिन्हमा बुधबार भएको एक सैनिक विमान दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अनलाइन समाचार समितिले जनाएको छ । भियतनाम पिपुल्स आर्मीका अनुसार सो विमानमा चार व्यक्ति सवार रहेका र चारैजनाको मृत्यु भएको हो । हो चि मिन्ह...

सात सैनिक मारिए

२०७१ माघ १३ गते १०:१७

अफगानिस्तान, १३ माघ– अफगानिस्तानमा सोमबार बिहान सबेरैदेखि भएको छुट्टाछुटै आतङ्ककारी आक्रमणमा सातजना अफगान सैनिकको मृत्यु भएको अफगान गृह मन्त्रालयले जानकारी दिएको छ । तालिवानहरुले अत्याधुनिक हातहतियारको सहयोगबाट गरेको आक्रमणबाट गत २४ घण्टायता सातजना अफगान सैनिक ९एएनए० को मृत्यु भएको सो मन्त्रालयद्धारा जारी विज्ञप्तिमा जनाइएको...

अभियुक्त जुत्ता धरौटी राखेर छुटे

२०७१ माघ १३ गते ९:२१

एजेन्सी– अमेरिकामा एक अभियुक्त आफ्नो जुत्ता धरौटी राखेर अदालतबाट छुटेका छन् । लागूऔषधको आरोपमा मुद्घा चलाइएका ३९ वर्षीय ज्यासोन डुवल जुत्ता धरौटी राखेर छुकेका हुन् । अदालतले मागेको धरौटी वापत उनले आफ्नो ८५ डलर पर्ने जुत्ता पेस गरेर छुटेका हुन् । यसरी अदालतले मागेको...

स्पेनमा लडाकु विमान दुर्घटना, १० जनाको मृत्यु, १३ घाइते

२०७१ माघ १३ गते ३:००

एजेन्सी, १३ माघ– स्पेनमा एक लडाकु जेट बिमान सैन्य अड्डामा दुर्घटना भएको छ । रक्षा मन्त्रालयले जनाएअनुसार लास लेएनासमा वायु सेनाको अड्डामा भएको दुर्धटनामा १० जनाको मृत्यूभएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ । सैनिक अधिकारीले बताएअनुसार ग्रिक एफ–१६ नामक विमान अर्काे विमानसँग ठोकिएको र...

पाकिस्तानमा हवाइ आक्रमणमा पैँतीस लडाकू मारिएको सेनाको दाबी

२०७१ माघ १२ गते ६:४९

एजेन्सी– पाकिस्तानको सेनाले मुलुकको उत्तरपश्चिमी भागमा तालिवान तथा अन्य विद्रोही समूहमाथि आइतबार बिहान गरेको नयाँ हवाई आक्रमणमा ३५ लडाकू मारेको जानकारी दिएको छ । अधिकारीहरूले उक्त आक्रमण उत्तरी वजिरिस्तानको दत्त खेल क्षेत्रमा भएको र यो क्षेत्र अफगानिस्तानसँगको सीमामा पर्ने जानकारी दिएका छन् । सेनाले...

भारतमा ओबामा पत्नीलाई एक सय साडी उपहार !

२०७१ माघ १२ गते ३:०४

 एजेन्सी–भारत भ्रमणमा आएकी अमेरिकी प्रथम महिला मिसेल ओबामालाई भारतीय सारी उत्पादनकर्ताहरुले हस्त निर्मित १०० वटा सिल्कको साडी उपहार दिने योजना बनाइरहेका एक स्थानीय व्यापारीले जानकारी दिएका छन् । मिसेल ओबामा तीन दिने भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति बाराक ओमाबासँगै आइतबार भारतको राजधानी नयाँ दिल्ली आइपुगेकी...

ओबामालाई अँगालो मारेर स्वागत गरे मोदीले

२०७१ माघ ११ गते १२:०६

काठमाण्डु, ११ माघ– विश्वको महाशक्ति मानिने देश अमेरिकाका राष्ट्रपति बाराक ओमाबा तीन दिने भ्रमणको क्रममा आइतबार भारत आइपुगेका छन् । उनलाई विमानस्थलमा अँगालो मारेर उनको स्वागत गरे । अमेरिकी राष्ट्रपति ओबामा र अमेरिकी प्रथम महिला माइकेल स्थानीय समयअनुसार आइतबार बिहान १० बजे विमानस्थलमा आइपुग्दा...

सिरियामा एक सय १७ विद्रोही मारिए

२०७१ माघ ११ गते ६:५४

दमास्कस, १० माघ– सिरियामा जारी रहेको विद्रोही विरुद्धको कारबाहीमा परी शनिबार कम्तीमा पनि एक सय १७ जना विद्रोही मारिएको समाचारमा जनाइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार सिरियाली सेनाले देशको दक्षिणी क्षेत्रको एक नगरमा शनिबार गरेको कारबाहीमा ती विद्रोही मारिएका हुन् । दक्षिणी सहर मसारामा...

चार सयभन्दा बढी बालसैनिक मुक्त

२०७१ माघ १० गते ७:०८

एजेन्सी– म्यानमारले गत वर्ष ४०० भन्दा बढी बालसैनिक मुक्त गरेको संयुक्त राष्ट्र सङ्घले पुष्टि गरेको छ । म्यानमारको  ‘‘टाटमाड’’ नाम दिइएको सेनाले सन् २०१२ मा संयुक्त राष्ट्र सङ्घसँग यस विषयमा एक सम्झौतामा हस्ताक्षर गरेपछि सबैभन्दा बढी सङ्ख्यामा बालसैनिक मुक्त गरिएको यो पहिलो पटक भएको...

थाइल्याण्डको सैनिक सरकारद्वारा सिनावात्रा परिवारलाई राजनीति गर्न रोक

२०७१ माघ १० गते ४:०३

एजेन्सी– थाईल्याण्डकी पूर्वप्रधानमन्त्री यिनलक सिनावात्रालाई त्यहाँको सैनिक सरकारले आगामी पाँच वर्षसम्म प्रधानमन्त्री बन्नका लागि रोक लगाएको छ । सरकारले यिनलक परिवारका कुनै पनि सदस्यलाई राजनीति गर्न नपाउने गरी बन्देज लगाएको छ । पदमा रहेका बेला सरकारी अनुदानको चामल वितरणमा भ्रष्टाचार गरेको भन्दै सैनिक सरकारले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us