अर्थ

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०७९ असोज ११ गते ११:४३

 काठमाण्डु,११ असोज– सानिमा माई हाइड्रोपावरको ५.२६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन हो । यसले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज १२ गते बुक क्लोज गर्दैछ । यस आधारमा मंगलबारसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्...

इतिहासकै उच्च अमेरिकी डलरको भाउ

२०७९ असोज ११ गते ११:३६

 काठमाण्डु,११ असोज– अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ ।  विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलर...

मुगुमा माैसमी बजार अनुगमन : वर्षभरि चुपचाप चाडबाडमा चहलपहल

२०७९ असोज १० गते १५:५१

  मुगु, १० असोज –  मुगु सदरमुकाम गमगढी बजारमा प्रशासनले बजार अनुगमन थालेकाे छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा जिल्ला प्रशासन कार्यालय, छायाँनाथ–रारा नागरपालिका, जिल्ला प्रहरी कार्यालय, पशु  कार्यालय, नागरिक समाज तथा सञ्चारकर्मीलगायत निकायको संयुक्त सहभागीतामा आइतबार र साेमबार विशेष चहलपहलका...

दुई महिनामा ६ अर्बभन्दा बढीको मोबाइल फोन नेपाल भित्रियो 

२०७९ असोज १० गते १२:०४

 काठमाण्डु,१० असोज-  पछिल्लो दुई महिनामा विभिन्न देशबाट नेपालमा ६ अर्ब रुपैयाँभन्दा बढीको मोबाइल फोन सेट भित्रिएको छ ।  भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ) मा उक्त रकम बराबरको मोबाइल फोन सेट नेपाल भित्रिएका हुन् ।  सो...

एभरेष्ट बैंकको मोबाइल एपमार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा छुट

२०७९ असोज १० गते १२:००

 काठमाण्डु,१० असोज-  एभरेष्ट बैंक लिमिटेडका ग्राहकले एभरेष्ट बैंकको मोबाइल एपमार्फत फोनपको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे र एभरेष्ट बैंकका बीचमा ग्राहकलाई यस किसिमको सुविधा प्रदान गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा एभरेष्ट बैंकका...

नेप्से आज बन्द, सेयर कारोबार नहुने

२०७९ असोज १० गते ११:१५

 काठमाण्डु,१० असोज-  सेयर बजार सोमबार बन्द हुने भएको छ। आज सोमबार बडादसैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।  सोही कारण नेप्से बन्द हुने भएको हो। अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ।...

दुई महिनामा पौने १८ अर्बको कच्चा भटमास, सनफ्लावर र पाम तेल आयात 

२०७९ असोज १० गते ११:०८

 काठमाण्डु,१० असोज-  चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा नेपालले विभिन्न देशबाट पौने १८ अर्ब रुपैयाँको कच्चा भटमास, सनफ्लावर र पाम तेल नेपाल भित्रिएको छ ।  भन्सार विभागका अनुसार २०७९ सालको साउन र भदौ महिनामा उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्लावर र पाम...

सेयर बजारमा करिब २४ अंकको गिरावट 

२०७९ असोज ९ गते १६:५५

काठमाडौं, ९ असोज । साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब २४ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो लागेर एक हजार आ७ सय १५ दशमलब १३ मा झरेको छ । ठूला...

भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो  

२०७९ असोज ९ गते १६:१७

 काठमाण्डु, ९ असोज – चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा भारतबाट नेपालमा ४१ अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ ।  भन्सार विभागका अनुसार २०७९ साउन र भदौ महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपालले आयात...

दुई महिनामा ११६ भन्दा बढी देशसँग नेपालको वैदेशिक व्यापारः २१ देशसँग नाफा, ११६ देशसँग घाटामा 

२०७९ असोज ९ गते १६:०३

 काठमाण्डु, ९ असोज – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा नेपालले विश्वका १२१ भन्दा बढी देशसँग वैदेशिक व्यापार गरेको छ ।  भन्सार विभागले आज सार्वजनिक गरेको नयाँ तथ्याङ्कअनुसार सो अवधिमा वैदेशिक व्यापार भएकामध्ये ११६ देशसँग घाटा रहेको छ । मात्र २१ देशसँग...

नेपालको आयात र निर्यात दुवै घट्यो, दुई महिनामा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब 

२०७९ असोज ९ गते १४:११

 काठमाण्डु,९ असोज-  चालु आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिना (साउन र भदौ)मा नेपालको आयात र निर्यात दुवै घटेको छ । सो समयमा नेपालको वैदेशिक व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख १५ हजार रुपैयाँ पुगेको छ ।  भन्सार विभागले आज...

सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने

२०७९ असोज ९ गते १२:५९

 काठमाण्डु,९ असोज- सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना ल्याएको छ ।  यस योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ  क्यास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us