सिद्धार्थ बैंकको दसैं योजना : अनलाइन कारोबार गर्दा २० प्रतिशत क्यास ब्याक पाउने

काठमाण्डु टुडे २०७९ असोज ९ गते १२:५९ मा प्रकाशित

 काठमाण्डु,९ असोज- सिद्धार्थ बैंक लिमिटेडले दसैंको अवसरमा ‘दसैंको बहार, क्यास ब्याक उपहार’ योजना ल्याएको छ । 

यस योजनाअन्तर्गत ग्राहकहरूले असोज ८ गते देखि १४ गतेसम्म बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैयाँ  क्यास ब्याक पाउन सक्ने बैंकले जनाएको हो ।

यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us