म्याग्दी, २ माघ– म्याग्दीको सदरमुकाम बेनीनजिकै अर्थुङ्गे २ मङ्गलाघाटकी लघुउद्यमी लीलादेवी पुनले ढाका बुनाइबाट मासिक २० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । आफैले सञ्चालन गरेको लगनशील तयारी कपडा उद्योगमा उत्पादन गरेका ढाकाको साडी, कुर्ता, चोली, रुमाललगायतका सामग्री बेनी, बाग्लुङ, पोखरा, काठमाण्डुका साथै...
पोखरा, २ माघ– पोखरा उपमहानगरपालिकाको १९औँ नगरपरिषद्ले आर्थिक वर्ष २०७२÷७३ का लागि ७४ करोड १४ लाख ७६ हजार अनुमानित बजेट पारित गरेको छ । उक्त अनुमानित बजेट चालु आवको तुलनामा ३०।५९ प्रतिशतले बढी हो । कुल बजेटमध्ये आन्तरिक आम्दानीतर्फ ३९ करोड ९४ लाख ७६...
रुपन्देही, १ माघ– राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास भएपछि यस क्षेत्रका स्थानीयवासी, निजी क्षेत्र, उद्योगी, व्यवसायी उत्साहित देखिएका छन् । लामो समयको प्रतीक्षापछि प्रधानमन्त्री सुशील कोइरालाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेसँगै यस क्षेत्रका स्थानीयवासीका साथसाथै होटल व्यवसायी, पर्यटन व्यवसायी, स्थानीय...
वीरेन्द्रनगर, १ माघ– सुर्खेतको कृषि क्षेत्रलाई माथि उकास्नका लागि कृषि विकास बैंकले कात्तिक महिनादेखि सहुलियतमा ऋण लगानी सुरु गरेको छ । कृषि बैंक सुर्खेतले आफ्नो कुल बजेटको २० प्रतिशत बजेट कृषकलाई सहुलियतमा ऋण दिएर कृषि क्षेत्रको विकास गर्ने कार्यक्रम बनाएको हो । कुल ४५...
वीरगन्ज, १ माघ– नेपालकै प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्यभन्दा करिब १३ प्रतिशतले बढी राजस्व असुली गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनाका लागि ४० अर्ब ५७ करोड तीन लाख ४२ हजार...
बनेपा, ३० पुस– स्थानीय रुपमा तरुलको उत्पादन नभएपछि काभ्रेपलाञ्चोकको बनेपास्थित बजारमा भारतीय तरुल छ्याप्छ्याप्ती देखिएको छ । गत वर्षको तुलनामा यसवर्ष झन्डै २५ प्रतिशत तरुल बढी आएको तर बन्दको प्रभावले कम खपत भएको चण्डेश्वरी भेजिटेबल सप्लायर्स बनेपाका सञ्चालक भगवान श्रेष्ठले जानकारी दिए । उनले...
बाजुरा, ३० पुस– बाजुरा जिल्लाले बर्सेनि मदिरामा मात्र करिब १६ करोड खर्च गर्ने गरेको छ । मदिरामा हुने यो खर्च दैनिक प्रयोग गर्ने खाद्यान्नमा हुने भन्दा तीनगुणा बढी हो । नेपाल खाद्य संस्थान बाजुराका बिक्री केन्द्रमा आउने चामलको दरलाई हेर्ने हो भने मदिराभन्दा धेरैले...
पाल्पा, ३० पुस– तानसेन नगरपालिकाले १८ औँ नगरपरिषद्मा आगामी आर्थिक वर्ष २०७२÷७३ का लागि १५ करोड ६७ लाख ६९ हजारको बजेट सार्वजनिक गरेको छ । प्रस्तावित बजेटमा पुँजीगत खर्चतर्फ १४ करोड ४५ लाख ४७ हजार ७६३ र प्रशासनिक खर्चतर्फ एक करोड २२ लाख २२...
काठमाण्डु, २९ पुस– होन्डाले अघिल्लो सातादेखि ल्याएको नयाँ वर्षको सट्टापट्टा अफर बन्दका कार्यक्रम पर सारेको छ । होन्डाले पुस २० देखि ‘न्यु इयर एक्सचेन्ज’ नामको अफर बजारमा ल्याएको थियो । ज्योती समूह अन्तर्गतको नेपाल स्याकार कम्पनीले ल्याएको अफर अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको...
पुस– यदी तपाँईको बगैंचामा अझै पनि सुन्तला छन् भने टिपिहाल्नुस्, नत्र त्यसले आउँदो वर्षको उत्पादन नै घटाउनेछ । सुन्तला पाकेर पहेँलो हुने बित्तिकै बोटबाट टिपिहाल्नु राम्रो हुने कृषि प्राविधिक बताउँछन् । जति ढिलोसम्म बोटमा सुन्तला रहन्छ, त्यसले उल्टै बेफाइदा पुर्याउने जिल्ला कृषि विकास कार्यालय...
दाङ, २९ पुस– गङ्गापरस्पुर ५ लोखरपुरकी सुवासी चौधरीको आमा दोपट्टा उद्योगमा काम गर्छिन् । उनले यसरी काम गर्न थालेको दुई वर्ष जति भयो । उद्योगमा कपडाको दोपट्टा, स्कार्फ, झोलालगायतका सामग्री बनाउने काम हुन्छ । यहाँ बनाइएको स्कार्फ, दोपट्टा, झोलालगायतका सामग्री क्यानाडामा बिक्री वितरण भइरहेको...
सर्लाही, २९ पुस– नेकपा एमाले सम्बद्ध अनेरास्ववियुले सर्लाहीका एक सय ५० जना द्वन्द्वपीडित र दलित विद्यार्थीलाई जाडोमा लाउने स्विटर वितरण गरेको छ । सर्लाहीको पिपरिया गाविस ३, दलित बस्तीमा एक सय जना विद्यार्थीलाई अनेरास्ववियु केन्द्रीय अतिरिक्त तथा रचनात्मक क्रियाकलाप विभागले स्विटर प्रदान गरेको हो...