रसुवाको वार्षिक बजेट ७९ करोड ६७ लाख

काठमाण्डु टुडे २०७१ फागुन १५ गते ११:३८ मा प्रकाशित

rasuwa-district

रसुवा,१५ फागुन– आर्थिक वर्ष २०७१/७२ का लागि ७९ करोड ६७ लाखको बजेट पारित गर्दै रसुवाको तेइसौँ जिल्ला परिषद् सम्पन्न भएको छ ।

स्थानीय विकास अधिकारी गजेन्द्रकुमार ठाकुरले आगामी वर्षका लागि जिल्लाको नीति र अवधारण प्रस्तुत गर्दै बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेट चालुतर्फ २३ करोड ९४ लाख र पुँजीगततर्फ ५५ करोड ७३ लाख रहेको कार्यक्रम अधिकृत लिला नेपालले जानकारी दिए । परिषद्को उद्घाटन सभासद् जनार्दन ढकालले गरेका थिए ।

सो अवसरमा सभासद् छोवाङ तेन्जिङ तामाङ,नेपाली काँग्रेसका तिरबहादुर गुरुङ,एमालेका उपाध्यक्ष कन्र्याल लामा,एमाओवादीका इन्द्रप्रसाद गोतामेले बजेट कार्यान्वयनमा समझदारीका साथ अगाडि बढ्न आग्रह गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us