बन्दको विपक्षमा लाग्न व्यवसायीलाई उकास्दै उद्योगमन्त्री

काठमाण्डु टुडे २०७१ फागुन १६ गते ५:४९ मा प्रकाशित

mahesh basnetभक्तपुर, १६ फागुन– उद्योगमन्त्री महेश बस्नेतले व्यवसायीलाई बन्दको विपक्षमा लाग्न आग्रह गरेका छन् ।

युवा उद्यमशीलता तालिमका सहभागीलाई शनिबार भक्तपुरमा प्रमाणपत्र वितरण गर्दै उनले युवा, व्यवसायी कोही पनि बन्दको पक्षमा नभएकाले आन्दोलनको नाममा गरिने सबैखाले बन्दको विपक्षमा उभिनुपर्ने बताए ।

मन्त्री बस्नेतले युवालाई स्वदेशमै अवसर र रोजगारको व्यवस्था गर्न सरकार सधैँ क्रियाशील छ भन्दै नेपाली युवाले विदेशमा जस्तो पनि काम गर्ने तर स्वदेशमा बसेर काम गर्न लाज मान्ने प्रवृत्ति त्याग्नुपर्नेमा जोड दिए ।

घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने औँल्याउँदै उनले स्वदेशी उत्पादनलाई अगाडि बढाउने गरी सरकारले नीति ल्याउन लागेको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us