घट्यो अमेरिकी डलरको भाउ

काठमाण्डु टुडे २०७१ फागुन १६ गते ६:५२ मा प्रकाशित

काठमाण्डु– यस साता नेपाली बजारमा अमेरिकी डलरको मूल्य घटेको छ ।

साताभरमा डलरको भाउ प्रतिडलर ७५ पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

money america
अन्तराष्ट्रिय बजारमा भएको उतारचढावलाई आधारमा खुल्ला बजार विनिमयदर तोकिने गर्छ । राष्ट्र बैंकले तोकेको मूल्यकै आसपासमा बैंकहरुले मूल्य निर्धारण गरि कारोबार गर्नुपर्ने हुन्छ ।

आइतबार र सोमबार डलरको मुल्यमा कुनै हेरफेर भएन भने मंगलबार १६ पैसाले बढेर सय रुपैयाँ २ पैसा पुगेको थियो ।

तर, बुधबार, बिहीबार र शुक्रबार लगातार घट्यो । बुधबार २० पैसाले, बिहीबार ३७ पैसाले र ३४ पैसाले गरी तीन दिनमा ९१ पैसाले घट्यो ।

नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको भाउ बढ्दा नै नेपाललाई फाइदा हुने विज्ञहरुले
बताउँदै आएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us