काठमाण्डु,८ वैशाख-वातावरण तथा कृषि नीति अनुसन्धान,प्रचार एवम् विकास केन्द्र सिप्रेडले व्यावसायिक कृषि प्रवद्र्धनका लागि निरन्तर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । सिप्रेडको २५ वर्ष पुगेको अवसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा संस्थाले स्थानीयस्तरमा आर्थिक उत्पादनका लागि निर्वाहमुखी कृषि उत्पादनलाई व्यावसायिक उत्पादनमा परिणत गराउन...
उदयपुर,८ वैशाख-विद्युत् प्राधिकरण कार्यालयले लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकलाई कारबाही सुरु गरेको छ । यसरी कारबाहीमा पर्नेमा आधा दर्जनभन्दा बढी सरकारी कार्यालय र अन्य ग्राहक रहेका छन् । प्राधिकरण कार्यालयका अनुसार महसुल नबुझाउने ग्राहकलाई दुई चरणको कारबाही प्रक्रिया सुरु गरिएको छ ।...
काठमाण्डु, ७ वैशाख– करिब ४ अर्ब रुपैयाँको कारोबार गर्दै पाँचौं घरजग्गा मेला सोमबार सम्पन्न भएको छ । नेपाल घरजग्गा तथा आवास विकास संघको आयोजनामा वैशाख ४ गते काठमाडौको भृकुटीमण्डपमा सुरु भएको घरजग्गा मेलामा करिब ४ अर्ब रुपैयाँका घरजग्गा बुकिङ भएका हुन् । अनुमान गरेभन्दा...
काठमाण्डु,७ वैशाख-सुन्धारास्थित सिटिसी मलमा ११ दिनदेखि भइरहेको सिटिसी सामसुङ मोबाइल एक्स्पो सोमबार सकिएको छ । सो एक्स्पोमा १२ करोड ५० लाखको कारोबार भएको छ । करिब ६ लाखभन्दा बढीले एक्स्पोको अवलोकन गरेका थिए । एक्स्पोमा मोबाइल खरिद गर्नेलाई विभिन्न उपहारको व्यवस्थासमेत गरिएको थियो...
कालीकोट,७ वैशाख-जिल्लामा पहिलो पटक दुई गाविसका ज्येष्ठ नागरिकलाई प्रदान गरिने सामाजिक सुरक्षाबापतको भत्ता बैंक खाताबाट प्रदान गरिने भएको छ । जिविसले सदरमुकाम मान्म र दाहाँ गाविसका ज्येष्ठ नागरिकलाई बैंक खाताबाट भत्ता उपलब्ध गराउने तयारी गरेको हो । जन्म,मृत्यु र बसाइँ सराइ विवरण संशोधन...
चितवन,७ वैशाख- चितवनमा १० करोडको लागनीमा प्राङ्गारिक मल उद्योग सञ्चालनमा आएको छ । नारायणी नगरपालिकास्थित जगतपुरमा उक्त उद्योग सञ्चालनमा आएको हो । ‘युनिक बायोटेक अर्गानिक प्रालि’ले आफ्नो उद्योगबाट उत्पादन सुरु गरेको छ । उत्पादन गरिएको धुलो मल बजारमा पु¥याइसकेको र दानादार मल तथा...
काठमाण्डु,७ वैशाख-अखिल नेपाल लनटेनिस सङ्घले बैंकको नवौँ वार्षिकोत्सवको अवसरमा ‘चौथो सिटिजन्स् बैंक खुला लनटेनिस प्रतियोगिता’आयोजना गर्ने भएको छ । सोमबार बैंकको प्राङ्गणमा गरिएको पत्रकार सम्मेलनका लनटेनिस सङ्घका अध्यक्ष मनोहरदास मूलले प्रतियोगिताबारे जानकारी गराए । दशरथ रङ्गशालास्थित टेनिस कम्प्लेक्स् र सातदोबाटोको टेनिस कोर्टमा १३...
भद्रपुर,७ वैशाख-भद्रपुर नगरपालिकको मुख्य बजारमा रहेको प्रदीप अग्रवालको प्रदीप बस्त्रालयमा गएराति १० बजे भएको आगलागीबाट करिब एक करोडको क्षति भएको बारुण यन्त्र भद्रपुरले जनाएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन । आगोले पसलका सम्पूर्ण कपडा जलेर खरानी भएको छ । चेनल गेट...
काठमाण्डु,७ वैशाख-गत चैत मसान्तसम्म ३२ लाख २० हजार ८९४ जनाले मेसिन रिडेवल पासपोर्ट (एमआरपी) लिएका छन् । विसं २०६७ पुस ११ गतेबाट सरकारले एमआरपी दिन सुरु गरेको थियो । २०७१ चैत मसान्तसम्म आइपुग्दा ३२ लाख २० हजार ८९४ जनाले एमआरपी लिएको राहदानी विभागका...
वीरेन्द्रनगर,६ वैशाख-सुर्खेतको अवलचिङ गाविसमा निर्माण सुरु भएको प्राथमिक स्वास्थ्य केन्द्रको भवन तीन वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । गत वर्षमै निर्माण सम्पन्न भइसक्नुपर्ने सो भवन ठेकेदारको लापर्बाहीका कारण निर्माण सम्पन्न हुन नसकेको हो । विसं २०६९ मा ‘फ्रेन्ड्स कन्स्ट्रक्सन प्रालि काठमाण्डु’ले दुई...
काठमाण्डु,६ वैशाख-श्रम बैंक स्थापनासम्बन्धी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले तयार पारेको प्रस्तावमा अर्थ मन्त्रालयले कार्यक्षेत्र र क्षेत्राधिकार घटाउनुपर्ने सुझाव दिएपछि बैंक स्थापनाको उद्देश्य पूरा नहुने अवस्था सिर्जना भएको छ । बोर्डले छुट्टै ऐनमार्फत बैंक स्थापनाको प्रारुप तयार पारेपनि अर्थले विद्यमान बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन,२०६३...
भद्रपुर,६ वैशाख-झापामा यस वर्ष १९ हजार हेक्टर जग्गामा चैते धानबाली लगाइएको छ । कृषि विकास कार्यालयका अनुसार कुल ९८ हजार हेक्टर मध्ये ९० हजार हेक्टर अर्थात करिब २२ प्रतिशत जग्गामा चैते धानबाली हुने गरेको छ । सिँचाइ सुविधा भएका तोपगाछी,पाँचगाछी,महाभरा,बैगुन्धुरा,शिवसत्ताक्षी, बनियाँनी,बालुबाडी र केचना...