अर्थ

पिपल्स फाइनान्सको कार्वाही फुकुवा

२०७२ वैशाख ३ गते १२:०१

काठमाण्डु,३ वैशाख-नेपाल राष्ट्र बैंकले पिपल्स फाइनान्स लिमिटेडमाथिको कारबाही फुकुवा गरेको छ ।   बैंक तथा वित्तीय संस्थाको सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली,२०६४ बमोजिम केन्द्रीय बैंकले दिएको शीघ्र सुधारात्मक कारबाही बिहीबार फुकुवा गरेको हो ।   उक्त फाइनान्सले निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने सबै रकम भुक्तानी गरिसकेको जनाउँदै केन्द्रीय...

धार्मिक पर्यटकीय सहर बन्दै देवघाट

२०७२ वैशाख ३ गते ११:०४

चितवन,३ वैशाख-पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटन सहरका रुपमा विकास गरिने भएको छ । अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले धार्मिक पर्यटन सहरका रुपमा विकास गर्न लागिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । समितिका सदस्य टङ्कनाथ पौडेलले हिन्दू धर्मावलम्बीहरुको खानपिन,बसोवास,धर्मकर्म लगायतलाई सजिव चित्रण हुनेगरी योजना...

बाटो नभएपछि हेलिकप्टरबाट ढुवानी

२०७२ वैशाख ३ गते ९:००

धादिङ,३ वैशाख- उत्तरी धादिङका विभिन्न स्थानमा निर्माण भइरहेको जलविद्युत् परियोजनाका लागि सामग्री ओसारपसारका लागि बाटो नहुँदा हेलिकप्टरबाट ढुवानी गर्न थालिएको छ ।   धेरै तौल भएका ट्रान्सफर्मर,जेनेरेटरलगायतका सामग्री हेलिकप्टरमा ढुवानी गर्न थालिएको हो । सय किलोवाट आफलखोला लघु जलविद्युत् परियोजनाको सामग्री हेलिकप्टरबाट सदरमुकामदेखि उत्तरी...

कृषिमा ३८ अर्बको बजेट प्रस्ताव

२०७२ वैशाख ३ गते ८:३७

काठमाण्डु, ३ वैशाख–कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ३८ अर्बको बजेट प्रस्ताव गरेको छ । बिहीबार व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिले आयोजना गरेको छलफल कार्यक्रममा सो जानकारी दिइएको हो ।   तर राष्ट्रिय योजना आयोगले २८ अर्ब २७ करोडको बजेट सीमा तोकिदिएको जनाइएको...

बारामा १ लाख २ हजार मेट्रिक टन गहुँ

२०७२ वैशाख ३ गते ७:३९

कलैया,३ वैशाख-बारामा यस वर्ष कुल एक लाख एक हजार ६७५ मेट्रिक टन गहुँ उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । कृषि कार्यालयका प्रमुख जितेन्द्र यादवका अनुसार यस वर्ष कृषकले कुल २९ हजार ५० हेक्टर क्षेत्रफलमा भृकुटी,२९७,अच्यूत,विजय जातको खेती गरी कुल एक लाख एक हजार...

२० करोड तलब नपाएका मजदुरको पीडा…

२०७२ वैशाख २ गते १३:२८

नवलपरासी, २ वैशाख– नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना बन्द भएको पाँच वर्ष हुन थाल्दा पनि त्यहाँ कार्यरत स्थायी कर्मचारीले तलब पाएका छैनन् । भृकुटी कागज कारखानामा कार्यरत ३४२ कर्मचारीले चार वर्षदेखिको तलब पाउन नसकेको सङ्घर्ष समितिका संयोजक दर्शन सापकोटाले बताए । सो कारखानामा...

चौध प्रतिशतले गहुँ उत्पादनमा वृद्धि हुने

२०७२ वैशाख २ गते ८:४५

जनकपुर, २ वैशाख– उन्नत बीउ, मल, सिँचाइ सुविधा राम्रो भएकाले धनुषामा यस वर्ष १४ प्रतिशतले गहुँ उत्पादन वृद्धि हुने भएको छ । कृषि विकास कार्यालयका अनुसार किसानले यस वर्ष ३८ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरेकामा दुई अर्ब ५२ करोड ९८ लाख ६८ हजार...

भारतको अर्थतन्त्रले चीनको अर्थतन्त्रलाई उछिन्दै

२०७२ वैशाख २ गते ४:०९

नयाँदिल्ली, २ वैशाख– भारतको अर्थतन्त्र यस वर्ष र आउँदो वर्ष निकै द्रुत गतिले अगाडि बढी यसले आउँदो वर्ष प्रतिद्वन्द्वी चीनको आर्थिक वृद्धिदरको गतिलाई पनि उछिन्ने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । यसका लागि तेलको मूल्यमा आएको कमी तथा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले लिएको...

अर्थशास्त्री चालिसेको निधन

२०७२ वैशाख १ गते १३:१७

काठमाण्डु,१ वैशाख-पूर्व सचिव तथा अर्थशास्त्री डा भोलानाथ चालिसेको मंगलबार ६५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि मिर्गौला तथा मधुमेह रोगका कारण पीडित चालिसेको मंगलबार बिहान उपचारको क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा निधन भएको हो । मंगलबार नै उनको पशुपति आर्यघाटमा दाहसंस्कार...

धादिङ जिल्ला अदालतले असुल्यो ६ करोड जरिवाना

२०७२ वैशाख १ गते १२:२७

धादिङ,१ वैशाख-जिल्ला अदालत धादिङले अहिलेसम्मकै सबैभन्दा धेरै राजस्व सङ्कलन गरेको दाबी गरेको छ । जिल्ला अदालतले मंगलबार पत्रकार सम्मेलन गरी यस आर्थिक वर्षको फागुन मसान्तसम्मा ६ करोड ८७ हजार २४७ जरिवाना असुल गरेको जनाएको छ । यो रकम धादिङमा असुल गरिएको सबैभन्दा ठूलो जरिवाना...

प्युठानमा पशु बिमाको समस्या झेल्दै किसान

२०७२ वैशाख १ गते १०:५७

प्यूठान,१ वैशाख-पशु बिमा कम्पनी नहुँदा जिल्लाका कृषक समस्यामा परेका छन् ।   ठूला व्यावसायिक पशुपालन फार्म सञ्चालन सुरु भएसँगै पशु बिमा कम्पनी नुहँदा कृषक बिमा गर्न जिल्ला बाहिर जाने गरेको पशु सेवा कार्यालयले जनाएको छ ।   पशु सेवा कार्यालयका पशु विकास अधिकृत डा...

दरवाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा

२०७२ वैशाख १ गते ९:२१

म्याग्दी,१ वैशाख-म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गरिएको छ । उपभोक्ता,जिल्ला विकास समिति,विद्युत् प्राधिकरण,गाविस कार्यालयको सहयोग तथा ऋण गरी कुल ७२ लाख ३८ हजार ४७० को लागतमा उक्त विद्युतीकरण योजना सम्पन्न भएको हो ।   केन्द्रीय प्रसारण लाइनको विद्युतीकरणबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us