बागलुङ,६ वैशाख-सबै घरधुरी सहकारीमा आबद्ध भएपछि नरेठाँटी गाविसलाई ‘सहकारी गाउँ’ घोषणा गरिएको छ । गाविसभित्र रहेका ६९० घरबाट महिला सदस्य ‘जीवन साहारा महिला बचत तथा ऋण सहकारी’मा जोडिएका छन् । सरकारी कार्यालय,राजनीतिक दल,सामाजिक सङ्घसंस्था,सहकारीकर्मी लगायतले घोषणाप्रति ऐक्यबद्धता जनाएका छन् । महिलाको आर्थिक विकास...
काठमाण्डु,५ वैशाख- सिटिसी मलमा जारी सामसुङ मोबाइल एक्स्पोले नवौँ दिन आइपुग्दा ११ करोड ५० लाखभन्दा बढीको कारोबार गरेको छ । सिटिसी मोबाइल बजार प्रालिका अध्यक्ष सन्दिपमान श्रेष्ठले आमाको मुख हेर्ने दिन प्रदर्शनीमा आठ हजारभन्दा बढीको स्मार्टफोन खरिद गर्नेलाई साडी वा घडी उपहारसमेत प्रदान...
काठमाण्डु,५ वैशाख-सरकारले काठमाण्डु उपत्यकाका विभिन्न नौवटा सडक आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । काठमाण्डु उपत्यकाभित्र हाल निर्माणका क्रममा रहेका आयोजनालाई पूरा गर्दै थप व्यवस्थित गर्ने लक्ष्यका साथ ती सडकको निर्माण सुरु गर्न लागिएको हो । ती सडकमा चाबहिल–जोरपाटी साँखु...
बनेपा,५ वैशाख-काभ्रेपलाञ्चोक जिल्लामा गोठ सुधार कार्यक्रमअन्तर्गत ४९ जना पशुपालक कृषक,व्यवसायी तथा फार्मलाई ४४ लाख अनुदान वितरण गरिने भएको छ । जिल्ला पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकको अगुवाइमा बसेको जिल्ला पशु विकास कार्यदलको निर्णयअनुसार उनीहरूलाई १५ दिने सूचना जारी गरेर सो अनुदान रकम वितरण गरिने...
काठमाण्डु,५ वैशाख-उपभोक्ता हित संरक्षण मञ्च नेपालले उपभोक्ताको हित अनुकूलको संविधान निर्माण हुनुपर्ने माग गरेको छ । बीसौँ अधिवेशनले जारी गरेको ३२ बुँदे चितवन घोषणापत्रका बारेमा जानकारी गराउँदै मञ्चले उपभोक्ताका लागि छुट्टै अदालत गठन गर्नुपर्ने माग समेत गरेको हो । घोषणापत्रमा उपभोक्ता समिति निर्देशन कार्यान्वयन...
दाङ,५ वैशाख-जिल्लास्थित विमानस्थलमा गोमा एयरलाइन्सले छिटै उडान सुचारु गर्ने जनाएको छ । उद्योग वाणिज्य सङ्घ दाङको शनिबार सम्पन्न बैठकमा सुरुमा हप्तामा दुई दिन उडान भर्न गोमा एयरलाइन्स तयार भएको र नेपाल एयरलाइन्सको समन्वयमा पनि केही हप्ताभित्रै उडान भर्ने तयारी भइरहेको जानकारी दिइयो । सङ्घका...
काठमाण्डु, ४ वैशाख– प्लास्टिकका झोलामा प्रतिबन्ध लगाउने सरकारी निर्णयविरुद्ध नेपाल उद्योग वाणिज्य महासंघ सडकमा ओर्लिएको छ । सरकारले यहि वैशाख १ गतेदेखि काठमाडौ उपत्यकामा प्लास्टिकको झोलाको प्रयोगमा प्रतिबन्ध लगाएपछि महासंघ विरोधस्वरुप सडकमा ओर्लिएको हो । महासंघले सरकारी निर्णविरुद्ध शुक्रबार काठमाडौमा प्रदर्शन गरेको छ ।...
काठमाण्डु, ४ वैशाख– नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले मुलुकको आर्थिक अवस्था सुधारका लागि सरकारले चार्टड एकाउण्टेन्टहरुलाई जिम्मेवारी दिनुपर्ने बताएका छन् । नेपाल चार्टड एकाण्टेन्ट संस्था (आइक्यान)ले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. नेपालले अर्थतन्त्र सुधारको मामिलामा चार्टड एकाउण्टेन्टहरूमा रहेको ज्ञानलाइ...
काठमाण्डु, ४ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापन कुशलतामा निपूर्ण व्यवस्थापकहरुको छाता संगठनको रुपमा रहेको नेपाल व्यवस्थापन संघलाई सक्षम, प्रभावकारी र गतिशील बनाउन आफूले सक्दो सहयोग गर्ने बताएका छन् । नेपाल व्यवस्थापन संघका कार्यबाहक सभापति सुशील भट्टको नेतृत्वमा बालुवाटारमा पुगेको संघको प्रतिनिधिमण्डलसंग कुरा गर्दै कोइरालाले...
धुन्चे,४ वैशाख-राजधानीबाट रसुवागढीसम्म आवतजावत गर्न यातायातको सहजता भएपछि केरुङ जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालयका अनुसार रसुवागढी नाकाबाट दैनिक सरदर ३० जना आन्तरिक पर्यटक केरुङ घुम्न जाने गरेका छन् । नेपाल–चीन सीमादेखि २५ किलोमिटर परको केरुङ बजार घुम्नका लागि नेपालीहरु...
बागलुङ,४ वैशाख-सहकारी खुल्ने क्रम बढिरहेका बेला फरक उद्देश्यको सहकारी संस्था स्थापना भएको छ । नाफामुखी नभई सेवामुखी भएर काम गर्न धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी खुलेको हो । ‘वातावरण सफा राखौँ, सफा र स्वस्थ बनौँ’ नारासहित सहकारीले सेवा दिन सुरु गरेको छ...
काठमाण्डु, ३ वैशाख– नेपाल सरकारको नाममा जानु पर्ने शेयर आफ्नो नाममा पारेर अनियमितता गरेको भनिएको होटल अन्नपूर्णको व्यवस्थापनबारे थाइल्याण्ण्डका राजदूत भूटी भुटिसान्तले प्रधानमन्त्री कोइरालालाई स्पष्ट पारेका छन् । केही समय अघि होटल अन्नपूर्णको व्यवस्थापनको जिम्मेवारी थाइल्याण्डको दुसित थानी समूहलाई दिएको थियो । होटलका अध्यक्ष...