अर्थ

मोरक्कोले दियो दश करोड

२०७२ वैशाख १६ गते ८:३९

काठमाण्डु,१६ वैशाख-अफ्रिकी मुलुक मोरक्कोले नेपालका भूकम्प पीडितहरूको सहयोगार्थ दश करोड उपलब्ध गराउने घोषणा गरेको छ । मोरक्कोका नरेश मोहम्मद छैटौँको निर्देशनमा त्यहाँको विदेश मन्त्रालयले उक्त रकम अनुदानस्वरुप आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको नेपालका लागि मोरक्कोका अवैतनिक वाणिज्यदूत वसन्तकुमार चौधरीले बताए । आपत्कालीन सहायतास्वरुप...

छैन काठमाण्डुमा तरकारी, खाने के ?

२०७२ वैशाख १५ गते ११:४०

काठमाण्डु,१५ वैशाख- शनिबार गएको भुकम्पपछि काठमाण्डु उपत्यकाका बजारमा तरकारीको अभाव देखिएको छ । बजारमा हरिया सागसब्जी,आलु तथा प्याज पाउनै मुश्किल परेको छ । उपत्यकामा तरकारीको अभाव हुन नदिनका लागि कृषि तथा तरकारी बजार,वल्खुबाट दैनिक ६०० टनसम्म तरकारी बिक्री हुने गरेको थियो । मंगलबार बल्खुबाट...

भूकम्प पीडितका लागि ओमानबाट सहयोग

२०७२ वैशाख १५ गते ९:३१

काठमाण्डु, १५ वैशाख– शनिबार आएको महाभूकम्पमा परेर प्रभावितहरुका लागि ओमनस्थित नेपाली राजदुतावास ओमनले राहत संकलन कार्य सुरु गरेको छ । नेपालमा गएको भूकम्पमा परेर पीडित हुनेहरुलाई राहत संकलन गर्ने भन्दै ओमनमा मंगलबार विभिन्न संघ संस्था र बुद्धिजीविहरुको बैठक समेत बसिसकेको नेपालका राजदूत भवनाथ खतिवडाले...

बजारमा दैनिक उपभोग्य वस्तुको अभाव, मूल्य दोब्बर

२०७२ वैशाख १५ गते ७:१३

काठमाण्डु, १५ वैशाख– काठमाण्डुमा अभावको मौका छोप्दै केही व्यापारीहरुले कालोबजारी गरिरहेका छन् । पानी, तरकारी, दुध जस्ता दैनिक उपभोग्य वस्तुको अभाव भएपछि मौज्दात वस्तुको मूल्य व्यापारीहरुले दोव्वर पारेका छन् । यस्ता वस्तु उत्पादन गर्ने, वितरण गर्ने र विक्री गर्ने तीनै पक्षमा क्रियाशील व्यक्तिहरु अहिले...

‘भ्याट विशेष’ अभियान सुरु, भ्याटमा नआए कारबाही

२०७२ वैशाख १२ गते ४:५९

चितवन, १२ वैशाख– आन्तरिक राजस्व कार्यालय चितवनले आफ्नो सेवा क्षेत्रमा ‘भ्याट विशेष’ अभियान सुरु गरेको छ । हालै घोषणा भएका नगरपालिका क्षेत्रमा रहेका व्यावसायिक प्रतिष्ठानलाई मूल्य अभिवृद्धि कर भ्याटको दायरामा ल्याउन चितवन र नवलपरासीमा सो अभियान सुरु गरिएको हो । व्यावसायिक प्रतिष्ठानलाई पटक–पटक ताकेता...

अन्योलमा माथिल्लो त्रिशूली जलविद्युता आयोजना

२०७२ वैशाख ११ गते ११:४१

काठमाण्डु,११ वैशाख- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् खरिद (पिटिए) र आयोजना विकास सम्झौता (पिडिए) मा विलम्ब हुँदा आयोजनाको भविष्य नै अन्योलमा परेको छ ।   लगानीकर्ताले पनि पिडिए र पिटिए चाँडो भए पुँजी प्रवाह गर्न आफूहरुलाई सहज हुने स्पष्ट गरेका छन् । दुई सय...

सगुनले गर्यो पाँच करोड रुपैंयाको प्रारम्भिक लगानी संझौता

२०७२ वैशाख ११ गते ११:२१

काठमाण्डु, ११ बैशाख– अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट संचालित सगुन कर्पोरेशनले प्रवद्र्धन गरेको सामाजिक मञ्च (sagoon.com) कोे उत्पादन तथा इन्जिनियरिङ्ग क्षेत्रको विकासका लागि पाँच लाख अमेरीकी डलर (करिव पाँच करोड रुपैया) को प्रारम्भिक लगानी सम्झौता सम्पन्न भएको छ ।   अमेरिकामा बसोबास...

पत्रकार कल्याणकारी कोषमा दश लाख

२०७२ वैशाख ११ गते ९:५१

वीरेन्द्रनगर,११ वैशाख-नेपाल पत्रकार महासङ्घ सुर्खेतले १० लाख राशिको पत्रकार कल्याणकारी अक्षयकोष स्थापना गरेको छ । वीरेन्द्रनगरका व्यवसायी लक्ष्मण कँडेलले शुक्रबार उक्त अक्षयकोषमा २५ हजार ५०० जम्मा गरेका छन् । महासङ्घ सुर्खेतका उपाध्यक्ष एवम् कोष रकम सङ्कलन उपसमितिका संयोजक दीपक बुढालाई सो रकम बराबरको चेक...

च्याउ खेतीबाट वार्षिक २ लाख आम्दानी

२०७२ वैशाख ११ गते ८:२७

पाल्पा,११ वैशाख-युवा लक्षित कार्यक्रमअन्तर्गत व्यावसायिक च्याउखेतीबाट युवाले मनग्य आम्दानी गर्न सफल भएका छन् । कृषि विकास कार्यालयको दुई लाख ८० हजार अनुदान तथा युवाको पाँच लाख लागनीमा व्यावसायिक च्याउखेतीबाट आम्दानी गर्न सफल भएका हुन् । नायरनम्तलेस गाविसको ६ र ७ वडाको सात घरपरिवारका २८...

चालिस लाख बराबरको विद्यालय भवन सहयोग

२०७२ वैशाख ११ गते ७:५९

काठमाण्डु,११ वैशाख-वल्र्ड लिग फर फ्रिडम एन्ड डेमोक्र्यासी ९डब्लुएएफडी० ले कुलेश्वर माविलाई शुक्रबार ४० लाख बराबरको भवन हस्तान्तरण गरेको छ ।   एकतले सो भवनमा पाँच कोठा छन् । उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सामुदायिक विद्यालयको पूर्वाधार विकास गरी त्यहाँबाट सबल जनशक्ति...

गौतमले भने, ‘दश वर्षभित्र २० हजार मेघावाट विद्युत उत्पादन गर्नुपर्छ’

२०७२ वैशाख १० गते ९:०३

काठमाण्डु,१० वैशाख-उपप्रधानमन्त्री वामदेव गौतमले प्राथमिकताका आधारमा पूर्वाधार योजना गरिनुपर्ने बताएका छन् । राष्ट्रिय योजना आयोगद्वारा बिहीबार आयोजित बजेट पूर्वाधारसम्बन्धी उच्चस्तरीय गोष्ठीमा प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका गृहमन्त्री गौतमले राष्ट्रको समग्र विकासका लागि प्राथमिकता छुट्याएर स्पष्ट पूर्वाधार योजना तयार गर्नुपर्ने बताए ।   ‘पूर्वाधार विकासका लागि...

चितवन–नवलपरासीमा उठेन घरबहाल कर

२०७२ वैशाख १० गते ८:३९

चितवन,१० वैशाख-चितवन र नवलपरासीको सहरी क्षेत्रमा घरधनीले बहालवालासँग चर्को भाडा असुल गरेपनि यथार्थ कर नतिरेको पाइएको छ । घरबहाल कर नउठेपछि आन्तरिक राजस्व कार्यालयले लक्ष्यअनुसारको कर सङ्कलन गर्न असफल भएको छ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आव २०७१/७२ को चैत मसान्तसम्म घरबहाल कर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us