अर्थ

आगलागीमा परेर २५ लाख बराबरको क्षति

२०७२ वैशाख २४ गते ७:५५

सप्तरी,२४ वैशाख-सप्तरीको कविलास–९ मा बुधबार राति भएको आगलागीमा परी एक दर्जन घर जलेर नष्ट हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ ।   स्थानीय सलमा खाँको घरबाट एक्कासि सल्केको आगोले छिमेकी उमर,फुलोसरी खातुन, कोदामदसहितको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयले जनाएको छ...

स्विट्जरल्याण्डद्वारा नौ करोड सहयोग

२०७२ वैशाख २४ गते ७:४४

काठमाण्डु,२४ वैशाख-स्विट्जरल्यान्डले भूकम्पपीडितको सहयोगार्थ नौ करोड ७२ लाख उपलब्ध गराउने भएको छ । रामेछाप,ओखलढुङ्गा,खोटाङ र दोलखाका २० हजार भूइँचालो पीडितलाई अस्थायी बासको व्यवस्था तथा दोलखाका पाँच हजार पीडितलाई खाद्य सामग्री वितरणमा उक्त सहायता रकम खर्च गरिने यहाँस्थित स्विस राजदूतावासले जनाएको छ ।   विकासका...

सलमानले डुवाए ६०० करोड

२०७२ वैशाख २३ गते १३:२५

एजेन्सी– बुधबार बलिउडका चर्चित हस्ती सलमान खान १३ वर्षअघिको हिट एण्ड रन मुद्धामा पाँच वर्ष जेल परे । उनी जेल परेपछि उत्पादनकोे अन्तिम चरणमा रहेका उनका फिल्मको भने बेहाल भएको छ । प्रेम रतन धन पायो र बजरंगी भाइजान यसका केही उदाहरण हुन् ।...

प्रधानमन्त्री उद्धार कोषमा साढे ६७ करोड

२०७२ वैशाख २३ गते १३:२४

काठमाण्डु,२३ वैशाख-प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सतसट्ठी करोड ५२ लाख नौ हजार ३२७ दाखिला भएको छ । भूकम्पपीडितहरूको सहयोगका लागि विभिन्न सरकारी एवम् गैरसरकारी संस्थाबाट आजसम्म उक्त रकम प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बुधबार उक्त कोषमा १९ सङ्घसंस्थाले सहायता रकम दाखिला...

भूकम्प पीडितका लागि प्रहरीले दियो १० करोड

२०७२ वैशाख २३ गते १२:३५

काठमाण्डु,२३ वैशाख-नेपाल प्रहरीले भूकम्पपीडितको सहयोगार्थ १० करोड एकसय ११ प्रदान गरेको छ । नेपाल प्रहरीका सबै दर्जाका कर्मचारीको तलब कट्टा गरी उक्त रकम बुधबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दाखिला गरिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।...

क्षति पुनःनिर्माणका लागि दातृ निकायसँग छलफल गर्दैंछौः अर्थमन्त्री

२०७२ वैशाख २३ गते ११:३२

काठमाण्डु,२३ वैशाख-अर्थ मन्त्रालयले वैशाख १२ गते शनिबार आएको भूकम्पले पु¥याएको भौतिक क्षतिको पुनःनिर्माणमा सहयोग पु¥याउन दातृ निकायलाई आग्रह गर्ने भएको छ ।   यसका लागि मन्त्रालयले नेपालको आर्थिक एवम् सामाजिक विकासमा सहयोग गरिराखेका नेपालस्थित दातृ निकायसित छिट्टै छलफल गर्न लागेको अर्थमन्त्री रामशरण महतले जानकारी...

रुकुममा एकतीस लाख बाँडियो

२०७२ वैशाख २३ गते १०:०१

रुकुम,२३ वैशाख-जिल्ला दैवीप्रकोप उद्धार समिति रुकुमले विनाशकारी भूकम्पपीडितलाई राहात वितरणलाई तीव्र पारेको छ ।   समितिले अहिलेसम्म जिल्लाका विभिन्न ठाउँमा रहेको पीडितलाई ३१ लाख ५० हजार रुपैयाँ राहत वितरण गरिसकेको समितिका अध्यक्ष एवम् प्रजिअ अन्तरबहादुर सिलवालले जानकारी दिए । अहिलेसम्म जिल्लामा ५५ घर बस्न...

भैरहवालाई लायन्स र लियो क्लबले दिए २० लाख

२०७२ वैशाख २३ गते ७:५६

रुपन्देही,२३ वैशाख-लमजुङका भूकम्प पीडितलाई भैरहवाका लायन्स र लियो क्लबले संयुक्तरुपमा २० लाख मूल्य बराबरका राहत सामग्री सहयोग गरेका छन् ।   दुई क्लबले लमजुङको पाचौक गाविसमा पुगेर ७८ घर परिवारलाई खाद्यान्न,लत्ताकपडा,भाँडा र टेन्ट वितरण गरिएको लियो क्लब सिद्धार्थनगरका जनसम्पर्क अधिकृत मनोज क्षेत्रीले जानकारी दिए...

डेढ करोड बढी युरो सहयोग गर्दै युरोपेली आयोग

२०७२ वैशाख २२ गते १४:०१

काठमाण्डु,२२ वैशाख-  युरोपेली आयोगले नेपाललाई एक करोड ६६ लाख युरो प्रदान गर्ने घोषणा गरेको छ । आयोगले प्रदान गर्ने उक्त रकम आगामी एक साताभित्र नेपाल सरकारलाई सोझै उपलब्ध गराइने आयोगको प्रधान कार्यालय ब्रसेल्सबाट मंगलबार अपराह्न जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । वैशाख १२ गतेको...

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीले दिए १ करोड २२ लाख

२०७२ वैशाख २२ गते ११:४०

काठमाण्डु,२२ वैशाख-केही दिनअघि आएको विनाशकारी भूकम्पमा परी पीडित भएका परिवारलाई राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत दुई हजार ६ सय कर्मचारीले पाँचदेखि १५ दिनसम्मको तलब सहयोग गरेका छन् । छुट्याएको तलब एक करोड २२ लाख जम्मा गरी कर्मचारीहरु आफैं राहत वितरण कार्यमा समेत जुटेका छन् ।...

अमेरिकाले १ अर्ब सहयोग गर्ने

२०७२ वैशाख २२ गते ११:३६

काठमाण्डु, २२ वैशाख– संयुक्त राज्य अमेरिकाले नेपालमा गएको भूकम्पपीडितलाई सहयोगका लागि १ अर्ब १० करोड दिने भएको छ । अमेरिकी सहयोग नियोग युएसएआइडीका कार्यवाहक प्रमुख एलफन्सो लेन्हार्टले सहयोगको घोषणा गरेका हुन् ।...

मुस्ताङमा ३० प्रतिशत पर्यटक घटे

२०७२ वैशाख २२ गते १०:१५

मुस्ताङ,२२ वैशाख-विनाशकारी भूकम्पका कारण राउन्ड अन्नपूर्ण पदमार्गमा पर्ने पर्यटकीय जिल्ला मुस्ताङ सुनसान बनेको छ ।   वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि पर्यटकले भ्रमण रद्द गरेपछि मुस्ताङ सुनसान बनेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) ले जनाएको छ ।   वैशाख १२ गतेपछि २५५ जना पर्यटकमात्र जिल्लाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us