अर्थ

चिनियाँ अर्बपतिले नेपालमा हजार घर बनाइदिने

२०७२ वैशाख २७ गते ६:५६

काठमाण्डु, २७ वैशाख– चीनका एक अर्बपति ज्याक माले नेपालका भूकम्प पीडितका लागि एक हजार घर बनाइदिने भएका छन् । नेपालको चाधरी ग्रुपसँग मिलेर ज्याकले एक हजार घर बनाउन आवश्यक रकम दिने भएको समाचारमा बताइएको छ । चौधरी गु्रपले यसअघि १० हजार घर बनाइदिने बताएको...

नहर निर्माणमा ७ करोड

२०७२ वैशाख २६ गते ११:१२

मोरङ,२६ वैशाख-मोरङको नगरोन्मुख गाविस मधुमल्लामा सात करोडको लागतमा पक्की नहर निर्माण कार्य सुरु गरिएको छ । आठ किलोमिटर लम्बाइ तीन किलोमिटर चौडाइ र छ मिटर गहिराइ रहेको उक्त नहर टाँडी गाविसस्थित रचना काली दह खोला छेउको पहाड काटेर नहर निर्माण कार्य सुरु गरिएको हो...

ढोरपाटनमा सिकार खेल्नेबाट उठ्यो ८५ लाख

२०७२ वैशाख २६ गते ११:०३

बागलुङ,२६ वैशाख-ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकार याममा १२ नाउर र पाँच झारलको सिकार भएको छ । गत फागुन १ देखि वैशाख ७ गतेसम्म चलेको सिकारयाममा चलेको यस सिकार याममा विदेशी सिकारीलाई १३ नाउर र छ झारलको सिकार अनुमति दिइए पनि एक नाउर र...

भूकम्प पीडितका लागि बाराका सहकारीहरुको सहयोग

२०७२ वैशाख २६ गते ८:५९

काठमाण्डु,२६ वैशाख-बारा जिल्लाका सहकारी सङ्घसंस्था र डुमरवानाका सामाजिक सङ्घसंस्थाले भूकम्पमा परेका स्थानीय मृतक परिवारलाई काजकिरिया खर्चस्वरुप १५ हजार एक सय र खाद्य तथा दैनिक उपभोगका सामाग्रीसहित २० हजार राहत उपलव्ध गराएको छ । भूकम्पमा परी निधन भएका लाल रतनपुरीका ठूलीमाया स्याङ्तान,भरतगन्ज सिंगोलका गणेश लोप्चन,...

दोलखामा प्रभु समूहको राहत वितरण

२०७२ वैशाख २५ गते १३:३६

काठमाण्डु, २५ वैशाख–प्रभु समूहले शुक्रबार भूकम्प प्रभावित दोलखा जिल्लामा १० लाख बराबरको राहत सामग्री वितरण गरेको छ । काठमाण्डु नजिक मात्रै राहतका सामग्री पुगिरहेको अवस्थामा सो समूहले शुक्रबार दोलखाको नाम्दु गाविसमा पुगेर राहत वितरण गरेको हो । भूकम्प गएको १३ दिन बितिसक्दा पनि आफूहरुले...

एभरेष्ट बैंकद्वारा एक करोड सहयोग गर्ने घोषणा

२०७२ वैशाख २५ गते १२:२९

काठमाण्डु, २५ वैशाख– विनाशकारी भूकम्पमा परेर पीडित भएकाहरुको राहत तथा पुनस्थापनाका लागि लागि एभरेष्ट बैंकले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बैंकद्वारा शुक्रबार विज्ञप्ती जारी गरी सो सहयोगको घोषणा गरेको हो । सो रकममध्ये ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको...

उद्धार कोषबाट एक अर्ब ८६ करोडभन्दा बढी निकासा

२०७२ वैशाख २५ गते ११:४३

काठमाण्डु,२५ वैशाख-केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट जिल्लाका दैवीप्रकोप उद्धार समितिलाई हालसम्म एक अरब ८६ करोड नौ लाख निकासा गरिसकिएको छ ।   वैशाख १२ गतेको भूकम्पबाट भएको जनधनको क्षति,खोज,उद्धार,राहत र परिचालनका सम्बन्धमा भइरहेका कार्यबारे व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा उपप्रधानमन्त्री वामदेव गौतमले विस्तृत जानकारी गराउँदै थप पाँच...

उद्धार कोषमा ग्लोबल आइएमई बैंकको दुई करोड ५० लाख

२०७२ वैशाख २५ गते ९:३९

काठमाण्डु,२५ वैशाख-आइएमई लि र ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि दुई करोड ५० लाख प्रदान गरेका छन् ।   प्रधानमन्त्री सुशील कोइरालालाई आइएमई लिमिटेड तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सो रकमको चेक हस्तान्तरण गरे । वैशाख...

ध्वस्त भएका साँस्कृतिक सम्पदा पुनःनिर्माणमा २९ करोड लाग्ने

२०७२ वैशाख २५ गते ८:५५

भक्तपुर,२५ वैशाख-विनाशकारी भूकम्पका कारण ऐतिहासिक सहर भक्तपुर नगरका ११६ सम्पदामा क्षति पुगेको छ । नगरभित्र रहेका सम्पदामध्ये ६७ सम्पदा पूर्ण रुपमा क्षति भएको र ४९ सम्पदामा आंशिक क्षति पुगेको भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिए ।   पूर्णरुपमा क्षति भएका नगरपालिका भवन,फसि...

बिमा संस्थानद्वारा एक करोड जम्मा गर्ने निर्णय

२०७२ वैशाख २४ गते ११:३०

काठमाण्डु,२४ वैशाख-राष्ट्रिय बिमा संस्थानका कर्मचारीले भूकम्प प्रभावितको राहत,उद्धार तथा पुनःनिर्माणका लागि ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोष’मा एक करोड जम्मा गर्ने निर्णय भएको छ । संस्थानका सहायक प्रशासक शालिग्राम पराजुलीले बिहीबार जारी गरेको विज्ञप्तिमा बुधबार बसेको सञ्चालक समितिको बैठकले सो रकम जम्मा गर्ने निर्णय...

खानेपानीको बीस करोड बराबरको क्षति

२०७२ वैशाख २४ गते ९:१८

काठमाण्डु,२४ वैशाख-वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट काठमाण्डु उपत्यका खानेपानी लिमिटेडका चार भवन पूर्ण रुपमा क्षति हुनाका साथै २० करोड बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ ।   भूकम्पले फर्पिङको पानी उत्पादन प्रणाली पूर्ण रुपमा भत्किँदा दैनिक दुई करोड लिटर पानी उत्पादन बन्द भएको छ...

नेपाली विद्यार्थीले बनाउने भए ३० हजारमै नयाँ घर

२०७२ वैशाख २४ गते ८:४०

काठमाण्डु, २४ वैशाख– ‘हामी सक्छौँ’ भन्ने नाराका साथ नेपाली विद्यार्थीको एक समूहले ललितपुरको बुङ्मति क्षेत्रमा २० देखि ३० हजारमै नयाँ घर बनाउने भएको छ । इन्जिनियरहरु समेत सम्मिलित उक्त टोलिमा विद्यार्थीले भूकम्पबाट प्रभावित मानिसहरुलाई कसरी पहिलेकै जीवनमा फर्काउन सकिन्छ भन्ने उद्धेश्यले यस्तो अभियान चालेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us