अर्थ

भूकम्पपछि मुस्ताङको होटल व्यावसाय धराशायी बन्दै

२०७२ जेठ ३ गते ११:२३

मुस्ताङ,३ जेठ-वैशाख १२,१३ र २९ गतेको विनाशकारी भूकम्प र पराकम्पनका कारण पर्यटकले धमाधम भ्रमण रद्द गरेपछि जिल्लाका होटल व्यवसाय धराशायी हुन थालेको छ ।   भूकम्पअघि भरिभराउ हुने होटलहरु अहिले सुनसान बनेका छन् । मौसमको समयमा आएको विपत्तिका कारण पर्यटक आउन छाडेपछि दैनिक ३७...

वीरगञ्ज नाकाबाट मात्र भित्रियो ६० करोड बढीको राहत, पीडित भने छट्टपटाउँदै

२०७२ जेठ ३ गते ११:१३

वीरगन्ज,३ जेठ-भूकम्पपीडितको राहत सहयोग स्वरुप अहिलेसम्म वीरगन्ज नाकाबाट ६० करोडभन्दा बढीको राहत सामग्री भूकम्प प्रभावित जिल्लामा पठाइएको जिल्ला दैवी प्रकोप उद्धार व्यवस्थापन समिति पर्साले जनाएको छ । भूकम्पपीडितको राहतका लागि वीरगन्ज नाका भएर आएका र स्थानीय विभिन्न गैरसरकारी सामाजिक सङ्घसंस्थाको सक्रियतामा हालसम्म सङ्कलन गरिएको...

धार्मिक महोत्सवबाट ५५ लाख

२०७२ जेठ ३ गते १०:४३

दाङ,३ जेठ-अमर उच्च मावि उरहरीमा सञ्चालित दाङ तुलसीपुर बबई उरहरी धार्मिक महोत्सवमा ५५ लाख छ हजार आर्थिक सङ्कलन भएको छ ।   स्नातक कक्षा सञ्चालन र विद्यालयको भौतिक निर्माणका लागि आर्थिक सङ्कलन गर्न महोत्सव सञ्चालन गरिएको हो । महोत्सवमा नेकपा एमालेका सभासद्हरुले चार लाख...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क बीउ वितरण गरिने

२०७२ जेठ ३ गते ७:०८

कञ्चनपुर, ३ जेठ– कञ्चनपुरका बाढीपीडितलाई निःशुल्क धानको बीउ वितरण गरिने भएको छ । गत वर्षको बाढीले प्रभावित कञ्चनपुरको दोधारा–चाँदनी, भीमदत्तनगरपालिका, झलारी–पिलाडी, देखतभूली, शङ्करपुर, पुनर्वासलगायतका स्थानमा रहेका १६ वटा समूहलाई निःशुल्क धानको बीउ वितरण गरिने भएको हो । जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका अनुसार यस...

कृषिजन्य वस्तुमा कालोबजारी गर्नेलाई कानुनी कार्बाही हुन्छः कृषिमन्त्री

२०७२ जेठ २ गते ११:५०

काठमाण्डु,२ जेठ-कृषि विकास मन्त्री हरीप्रसाद पराजुलीले रासायनिक मल, बीउबिजन  एवम् पशुपक्षीको रोग विरुद्धका औषधिको कालोबजारी गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्ने बताएका छन् । मन्त्री पराजुलीले आपतकालिन अवस्थामा वितरण गर्न लागिएका उक्त सामग्रीमा कालोबजारी गर्ने कोही पनि कानुनबाट उम्कन नसक्ने बताए । वैशाख...

सहकारीले दियो भूकम्प पीडितलाई राहत

२०७२ जेठ २ गते ९:४९

बागलुङ,२ जेठ-वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण परिवारजन गुमाएका तित्याङ–७ तौलडाँडाका राजन बोसेलको परिवारलाई आस्था सहकारीले राहत प्रदान गरेको छ । आस्था बचत तथा ऋण सहकारीले आफ्नो चौथो स्थापना दिवसमा लाग्ने खर्च भूकम्पबाट पीडित परिवारलाई राहतस्वरुप दिएको हो । सहकारीका पदाधिकारीसहितको टोलीले शुक्रबार...

पर्यटन क्षेत्रको पुनरोत्थान सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

२०७२ जेठ २ गते ७:२६

काठमाण्डु, २ जेठ–प्रधानमन्त्री सुशील कोइरालाले नेपालको आर्थिक विकासको आधारको रुपमा लिइएको पर्यटन उद्योगलाई पुनरोत्थान गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री कोइरालाले सो कुरा शनिबार बिहान प्रधानमन्त्री निवासमा होटल संघ नेपालले भूकम्प पीडितहरुको लागि प्रदान गरेको राहत रकम ग्रहण गर्दै बताएका हुन्...

भूकम्पबाट ध्वस्त संरचनाको पुनःनिर्माणका लागि ५ खर्बभन्दा बढी रकम लाग्ने

२०७२ जेठ १ गते ११:०४

काठमाण्डु,१ जेठ-नेपालस्थित स्थानीय दातृ निकायले गत वैशाख १२,१३ र २९ गते गएको भूकम्प र पराकम्पनका कारण भएको क्षतिलाई पुनःनिर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्थमन्त्रालयले शुक्रबार आयोजना गरेको बैठकमा सहभागी दातृ निकायका प्रतिनिधिले भूकम्पबाट नेपालले अकल्पनीय मानवीय एवम् भौतिक क्षति व्यहोर्नु परेको उल्लेख...

भूकम्पका कारण होटल व्यावसायमा ३८ करोड घाटा

२०७२ जेठ १ गते १०:५४

मोरङ,१ जेठ-वैशाख १२,१३ र २९ गते आएको भूकम्प र पराकम्पनहरुबाट मोरङमा सञ्चालित होटल व्यवसायीलाई ३८ करोड घाटा भएको छ ।   भूकम्पका विभिन्न पराकम्पन आउन थालेपछि भारतीय तथा अन्य देशका पर्यटक विराटनगर आउने क्रम रोकिएकाले होटलको व्यापारमा घाटा भएको पूर्वाञ्चल होटल व्यवसायी सङ्घले जनाएको...

गोरखामा भूकम्पबाट मृत्यु भएका परिवारलाई दुई करोड बढी राहत वितरण

२०७२ जेठ १ गते ८:१४

दमौली, १ जेठ-गोरखामा भूकम्पबाट मृत्यु भएका परिवारलाई दुई करोड १० लाख राहत वितरण गरिएको छ ।   मृतकका परिवारलाई काजकिरियाबापत प्रतिपरिवार ४० हजार र राहतस्वरुप एक लाख वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवराज तिमल्सेनाले बताए ।   गोरखा जिल्लामा पहिलोपटकको भूकम्पमा परी ४१२ र...

प्रभुको शरणमा राष्ट्र बैंक !

२०७२ वैशाख ३१ गते १०:५७

काठमाण्डु,३१ वैशाख-वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट नेपाल राष्ट्र बैंकको भवन भत्किएपछि अव्यवस्थित कार्यसम्पादनलाई सहजरुपमा सञ्चालनका लागि केन्द्रीय बैंकका केही शाखा प्रभु बैंकको लैनचौर भवनमा सारिने भएको छ । भीम शम्शेरले विसं १९८८ मा बनाएको राष्ट्र बैंकको पुरानो भवन र थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा...

मोरङ–सुनसरी औद्योगिक करिडोरमा १ अर्ब ४४ करोड घाटा

२०७२ वैशाख ३१ गते १०:१०

मोरङ,३१ वैशाख- वैशाख १२ गतेदेखि अहिलेसम्म विभिन्न चरणमा भूकम्पका कारण मोरङ, सुनसरी औद्योगिक करिडोर क्षेत्रले एक अर्ब ४४ करोड घाटा बेहोर्नु परेको उद्योग सङ्गठन मोरङले जनाएको छ । उद्योग सङ्गठन मोरङका कार्यालय सचिव सोम अधिकारीका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योग पूर्णरुपमा सञ्चालन हुन नसकेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us