अर्थ

भूकम्प पीडितका लागि सभासद शाहले एक वर्षको तलब दिने

२०७२ वैशाख ३१ गते ९:०३

कपिलवस्तु, ३१ वैशाख-कपिलवस्तु जिल्लाको क्षेत्र नं ५ का युवा सभासद् अभिषेकप्रताप शाहले हालैको विनाशकारी भूकम्पबाट प्रभावित भएकालाई आफूले पाउने एक वर्षको तलब दिने घोषणा गरेका छन् । कपिलवस्तुको सदरमसकाम तौलिहवामा मधेस मिडिया सोसाइटीले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रेस विज्ञप्तिमार्फत उनले उक्त कुराको घोषणा गरेका हुन्...

भूकम्पमा मरेका चौपायाको प्रारम्भिक लगत सङ्कलन

२०७२ वैशाख ३१ गते ३:४०

रसुवा, ३१ वैशाख – विनाशकारी भूकम्पका कारण रसुवा जिल्लामा मरेका चौपायाको प्रारम्भिक लगत सङ्कलन भएको छ । जिल्ला पशुसेवा कार्यालय रसुवाका अनुसार भैँसी ४९०, मझौलाखाले गाईगोरु एक हजार १२९ र पक्षी ११ हजार, घर गोठ, मचानले च्यापेर मृत्यु भएको छ । कुहिएर मानव जनजीवनमा...

साना किसान विकास बैंकबाट प्रधानमन्त्री दैवी प्रकोप कोषमा २३ लाख सहयोग

२०७२ वैशाख ३० गते १०:१३

काठमाण्डु, ३० वैशाख– साना किसान विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले २३ लाख ९ हजार ९८ रुपैयाँको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए...

आइसिटिसी ग्रुपले दियो एक करोड

२०७२ वैशाख ३० गते ९:२४

काठमाण्डु, ३० वैशाख-प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा नेपालको व्यापारिक घराना आइसिटिसी ग्रुप अफ कम्पनीजले एक करोड सहयोग गरेको छ ।   बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आइसिटिसी ग्रुप अफ कम्पनीजका अध्यक्ष दिनेशलाल श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण...

नवलपरासीमा बाइस करोड बराबरको क्षति

२०७२ वैशाख ३० गते ८:४७

नवलपरासी,३० वैशाख-विनाशकारी भूकम्पले नवलपरसाीमा २२ करोडको क्षति गरेको अनुमान गरिएको छ ।   जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले २२ करोडको क्षति पु¥याएको अनुमान गरेको हो । जिल्लामा सङ्कलन भएको विवरणको आधारमा सो मूल्यबराबरको क्षति भएको आङ्कलन गरिएको हो ।   भूकम्पबाट २३३ घर पूर्ण...

भूकम्प पीडितलाई कृषि विकास बैंक कर्मचारी संघको पाँच लाख सहयोग

२०७२ वैशाख २९ गते ६:२५

काठमाण्डु, २९ वैशाख–कृषि विकास बैंक नेपाल वित्तीय संस्था कर्मचारी संघले भूकम्प पीडितलाई ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पका पीडितलाई राहत उपलब्ध गराउन सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा संघले चेकमार्फत...

ललितपुरका स्वास्थ्य संस्थामा दुई करोडको बराबरको क्षति

२०७२ वैशाख २८ गते १३:५७

ललितपुर, २८ वैशाख-ललितपुरमा वैशाख १२ गते गएको भूकम्पमा परी ध्वस्त भएका स्वास्थ्य संस्थामा करिब दुई करोड बरावरको क्षति भएको छ ।   जिल्लाभर रहेका स्वास्थ्य संस्थामध्ये आठ वटा पूर्णरुपमा क्षति भएको,कालेश्वर, माल्टा, शङ्खु, चौघरे गाविसमा रहेका स्वास्थ्य चौकी तथा मानिखेल, ठूलादुर्लुङ, दलचोकी र लामाटारमा...

न्यून आय भएका बिरामीका लागि दश लाखको अक्षयकोष

२०७२ वैशाख २८ गते ७:३३

पोखरा,२८ वैशाख-पोखरा बाराही चोककी बालकुमारी कुँवरले फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टरमा १० लाख एक हजार १०५ को बालकुमारी कुँवर ९गीता० एवम् धन कुँवर अक्षयकोष स्थापना गरेका छन् । पोखरामा मंगलबार भएको एक कार्यक्रमबीच कुँवरले उक्त रकम हस्पिटल सञ्चालक समितिका अध्यक्ष डा प्रदीप घिमिरेलाई हस्तातरण...

१५ लाख चेपाङलाई दिएर प्रभु समूहले पुरा गर्यो सामाजिक दायित्व

२०७२ वैशाख २८ गते २:०६

काठमाण्डु, २८ वैशाख– वित्तीय कारोबार गर्दै आएको प्रभु समूहले आफ्नो सामाजिक दायित्व पुरा गर्न चितवनका चेपाङ समुदायलाई १५ लाख रुपैयाबराबरको त्रिपाल लगायत सामग्री वितरण गरेको छ । चितवन दारेचोक–७, ८ र ९ मा बसोबास गरिरहेका चेपाङ समुदायले त्रिपाल नपाएको गुनासो आएपछि प्रभु समूहले जिल्ला...

भूकम्प पीडितका लागि नेपाल टेलिकमले दियो २७ करोड

२०७२ वैशाख २७ गते १२:५६

काठमाण्डु,२७ वैशाख-प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमले २७ करोड एक लाख ५७ हजार हस्तान्तरण गरेको छ ।   प्रधानमन्त्री सुशील कोइरालालाई आइतबार बालुवाटारमा टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनीलबहादुर मल्लले सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।  ...

चेपाङ समुदायलाई प्रभु समूहकोे १५ लाख बराबरको राहत

२०७२ वैशाख २७ गते ११:५२

चितवन, २७ वैशाख–प्रभु समूहले चितवनका विकट वस्तीमा रहेको चेपाङ समुदायलाई १५ लाख बराबरको त्रिपाललगायतका राहत सामग्री वितरण गरेको छ । चितवन दारेचोक गाविसका वडा नं. ७, ८ र ९ मा बसोबास गरीरहेका चेपाङ समुदायले त्रिपाल नपाएको गुनासो आएपछि प्रभु समूहले जिल्ला प्रशाशन कार्यालय चितवनको...

लुम्बिनी करिडोरले ग¥यो २५ लाख बराबरको सहयोग

२०७२ वैशाख २७ गते ८:५३

सिद्धार्थनगर,२७ वैशाख-भूकम्पपीडितको सहयोगार्थ भैरहवा लुम्बिनी औद्योगिक करिडोर र वरपरका उद्योगको सक्रियतामा करिब २५ लाख बराबरको राहत सामग्रीसहितको टोली सिन्धुपाल्चोक पुगी पीडितलाई प्रत्यक्ष राहत उपलब्ध गराइएको छ ।   लुम्बिनी करिडोरमा रहेका सिमेन्ट उद्योगले सामूहिक रुपमा आर्थिक सङ्कलन गरी सहयोग उपलब्ध गराएको नेपाल अम्बुजा सिमेन्टका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us