अर्थ

भूकम्प पीडित कृषकका लागि निःशुल्क दश मेट्रिक टन धान दिइने

२०७२ जेठ १० गते ११:१६

ललितपुर,१० जेठ-भूकम्पबाट कृषि क्षेत्रमा पुगेको क्षतिलाई मध्यनजर राख्दै कृषकका लागि कृषि विकास मन्त्रालयवाट निःशुल्क रुपमा १० मेट्रिक टन धानको बीउ उपलब्ध गराउन लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।   विभिन्न जातका तरकारीका बीउ, स्प्रेयर, हजारी, प्लास्टिक सिड, सिड बिनलगायत कृषकलाई अति आवश्यक...

स्याउ किलो कै ४ सय !

२०७२ जेठ १० गते ८:२३

काठमाण्डु, १० जेठ– काठमाण्डुमा स्याउको मूल्य अकाशिएको छ । केही जातका स्याउ प्रतिकिलो ४ सय पुगेको छ । फलफुल आयातकर्ताहरुका अनुसार माग बमोजिम आयात नहुँदा त्यसको सीधा प्रभाव मूल्यमा परेको छ । दुई तीन हप्तासम्म प्रतिकेजी १५०–२०० सम्म रहेको स्याउको मूल्य अहिले ३ सयदेखि...

एनसीसी बैंकले ग¥यो राहत वितरण

२०७२ जेठ १० गते ७:४१

काठमाण्डु, १० जेठ– नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले भूकम्पपीडितको सहयोगार्थ स्थापना गरेको २८ लाखको “एनसीसी बैँक राहत कोष” बाट राहत वितरण गरेको छ । सो बैँकले शनिवार सिन्धुपाल्चोकको कालिका गाविस–६ का भूकम्पपीडितलाई राहत स्वरुप ७६ बण्डल जस्तापाता, ७५ किलोग्राम जि.आई. वायर र एक...

भक्तपुरमा गहुँ भित्र्याउँदै कृषि मन्त्रालयका कर्मचारी !

२०७२ जेठ ९ गते १०:१८

भक्तपुर,९ जेठ-भूकम्पका कारण पीडामा परेका कृषकले बाली भित्र्याउन नसकेपछि कृषि विकास मन्त्रालयले शनिबारदेखि ताथलीबाट बाली भित्र्याऊ अभियान सुरु गरेको छ । साबिक ताथली गाविस वडा नं ८ सौडोल (हाल महामञ्जुश्री नगरकोट नगरकोट–३) मा शनिबार कृषि मन्त्रालयअन्तर्गत विभिन्न विभाग तथा कार्यालयका कर्मचारीले गहुँ काट्ने, चुट्ने...

भूकम्पछि राजस्व संकलनमा कमी !

२०७२ जेठ ९ गते १०:०४

चितवन,९ जेठ-भूकम्पपछि आर्थिक क्षेत्रमा परेको प्रभावका कारण राजस्व सङ्कलनमा झन्डै आधा कमी आएको छ । मदिराजन्य पदार्थको ठूलो हिस्सा ओगटेको आन्तरिक राजस्व कार्यालय भरतपुर गएको वैशाख महिनामा ५९.०८ प्रतिशतमात्र राजस्व उठाउन सफल भएको छ । यस क्षेत्रमा देशको कुल उत्पादनको ८० प्रतिशतभन्दा बढी बियर...

भूकम्प पीडित विद्यार्थीलाई जनही १३ हजार बाटो खर्च !

२०७२ जेठ ९ गते ९:४४

गोरखाबजार, ९ जेठ-वैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट पीडित गोरखाको उहिया गाविस–१,२ र ३ खोर्ला गाउँका विद्यार्थीलाई स्थानीय एक संस्थाले बाटा खर्च दिएको छ । सामुदायिक जनसेवा केन्द्र खोर्ला नामक संस्थाले सातकन्यादेवी मावि खोर्लाबाट प्रवेशिका दिएर विभिन्न उच्च मावि तथा क्याम्पसमा अध्ययनरत १८ जना...

कृषि मन्त्रीले भने, ‘भूकम्पका कारण मुलुकको अर्थतन्त्र १० वर्ष पछि धकेलियो’

२०७२ जेठ ८ गते १३:२७

भक्तपुर,८ जेठ– कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले विनाशकारी भूकम्पले देशको अर्थतन्त्र १० वर्षपछि धकेलिएको बताएका छन् । पराजुलीले भूकम्प क्षति पु¥याएको भौतिक संरचनाको पुनः निमार्ण गर्न खर्बौं रुपैयाँ लाग्ने भएकाले त्यसले मुलुकको विकास निर्माणमा असर पर्ने बताउँदै देशको अर्थतन्त्र १० वर्षपछि धकेलिएको विश्लेषण गरेका हुन्...

जापानले दश करोड सहयोग गर्ने

२०७२ जेठ ८ गते ११:२२

काठमाण्डु,८ जेठ-जापानले भूकम्पबाट क्षतविक्षत भएका भवनका भग्नावशेष हटाउन तथा कामका लागि दाम कार्यक्रमका माध्यमबाट आपत्कालीन रोजगारी सिर्जना गर्न १० करोड प्रदान गर्ने भएको छ । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा भग्नावशेष व्यवस्थापन,भत्केका भवन सुरक्षित ढङ्गले लडाउने, उपकरण र औजार सहयोगका साथै चाँडोभन्दा...

यार्सागुम्बा संकलन सुरु, यो वर्ष प्रतिकिलो १५ लाखभन्दा बढी बजार भाउ हुने अनुमान !

२०७२ जेठ ८ गते १०:११

भीमदत्तनगर, ८ जेठ-उच्च हिमाली भेगमा पाइने जडीबुटी यार्सागुम्बाको सङ्कलन सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला र बझाङ्मा सुरु भएको छ । दार्चुलाको ब्याँश, राप्ला, घुसा, खण्डेश्वरी, सित्तोला र गुल्जर गाविसमा यार्सागुम्बा सङ्कलन गर्न स्थानीय हिमाली भेगतर्फ प्रस्थान गरिसकेको अपि नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अशोककुमार...

भूकम्पले त्रिभुवन विश्वविद्यालयमा २ अर्ब बढीको क्षति

२०७२ जेठ ८ गते ८:२८

काठमाण्डु, ८ जेठ-नेपालकै पुरानो विश्वविद्यालय त्रिविमा विनाशकारी भूकम्पका कारण दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । भूकम्पले कीर्तिपुरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयदेखि केन्द्रीय पुस्तकालय र अन्य विभिन्न क्याम्पसको भौतिक संरचना ध्वस्त भएको छ । भूकम्पले त्रिविको केन्द्रीय कार्यालयसहित विभिन्न  अनुसन्धान केन्द्र तथा आङ्गिक क्याम्पसमा...

अमेरिकामा बस्ने नेपालीले विद्यालय पुनः निर्माणका लागि दिए १५ लाख

२०७२ जेठ ७ गते ११:४८

सिन्धुपाल्चोक,७ जेठ-अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संस्थाले भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विद्यालय पुनःनिर्माण गरिदिने भएको छ । अमेरिकामा रहेर शिक्षाको क्षेत्रमा काम गरिरहेको संस्था हिमालयन फाउन्डेसन कर्प तथा ‘करि विदाआउट वरी’नामक संस्थाले सिन्धुपाल्चोकको दुवाचौर गाविसमा रहेका पाँच विद्यालय पुनःनिर्माणका लागि १५ लाख हस्तान्तरण गरेको छ ।...

भूकम्पमा मृत्यु भएका भोम्जनको परिवारलाई इक्यानको सहयोग

२०७२ जेठ ७ गते ११:१९

काठमाण्डु,७ जेठ-नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले भूकम्पका कारण ज्यान गुमाएका खेलकुद पत्रकार सुमन भोम्जनको परिवारलाई आर्थिक सहयोग गरेको छ । इक्यानका अध्यक्ष राजेन्द्र बरालले नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुयाँललाई बिहीबार ५१ हजार १११ को चेक हस्तान्तरण गरे । इक्यानका निवर्तमान अध्यक्ष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us