काठमाडु, १४ जेठ– विदेशस्थित नेपाली कूटनीतिक नियोगले भूकम्पपीडितको सहायतार्थ रु ५५ करोड ७२ लाख ८९ हजार ७३८ जुटाएका छन् । विदेशस्थित २१ नेपाली राजदूतावास र तीनवटा महावाणिज्य दूतावासले सङ्कलन गरेर पठाएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ...
प्यूठान, १३ जेठ– यस वर्ष प्यूठानमा १४ करोड बराबरको आर्थिक कारोबार भएको छ । वार्षिक दुई हजार ८ सय ७५ मेट्रिक टन अदुवा उत्पादन हुने गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत शिवनारायण चौधरीका अनुसार यसवर्ष आन्तरिक तथा बाह्य गरी २१० मेट्रिक टन अदुवा...
काठमाण्डु, १३ जेठ– नेपाली काँग्रेसको भूकम्पपीडित राहत कोषमा प्रजातन्त्रवादी प्राध्यापक सङ्घले झन्डै साढे १९ लाख जम्मा गरेको छ । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई सङ्घको तर्फबाट १९ लाख ५७ हजार ६ सय ११ को चेक आज हस्तान्तरण गरिएको सङ्घका कोषाध्यक्ष विष्णु पोख्रेलले...
भक्तपुर, १३ जेठ– विनाशकारी भूकम्पका कारण बन्द नगरकोटका होटल पुनःसञ्चालनमा आएका छन् । यहाँका होटल भूकम्प आएसँगै पर्यटकको आगमन शून्य भएपछि बन्द भएका थिए । क्षति नपुगेका होटल पूर्णरुपमा सञ्चालनमा आएको र क्षति पुगेका होटल अझै सञ्चालनमा आउन नसकेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका...
काठमाण्डु, १२ जेठ-नेपाली सेनाले भूकम्पबाट पीडित बहालवाला र अवकाश प्राप्त सैनिक र तीनका परिवारका लागि दुई अर्बसम्मको राहत कार्यक्रमको घोषणा गरेको छ । भूकम्पमा परेर ज्यान गुमाएका तथा घर भत्केका बहालवाला र अवकाश प्राप्त सैनिकलाई सैनिक कल्याणकारी कोषबाट राहतका लागि रकम उपलब्ध गराउने...
दाङ, १२ जेठ-भूकम्पपीडितको सहयोगका लागि यस जिल्लाबाट हालसम्म प्रधानमन्त्री राहत कोषमा ६५ लाखभन्दा बढी रकम जम्मा भएको छ । जिल्ला प्रशासन कार्यालय दाङका लेखापाल बालचन्द्र गौतमले दिएको जानकारीअनुसार हालसम्म जिल्लाबाट ६५ लाख ८८ हजार ८२१ रकम जम्मा भएको हो । सङ्कलित रकम...
झापा, १२ जेठ– पूर्वी नाका काँकडभिट्टा हुँदै झन्डै एक अर्ब रुपैयाँको राहत सामग्री भित्रिएको छ । दैवीप्रकोप उद्धार समिति झापाका अनुसार ८५ करोडभन्दा बढीको राहत सामग्री र करिब रु अढाइ करोडभन्दा बढी नगद जुटेको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए । समितिका अनुसार बङ्गलादेश...
काठमाण्डु,११ जेठ-नेपाली जनसम्पर्क समिति अमेरिकाले भूकम्प पीडितका लागि १८ लाख सहयोग गरेको छ । नेपाली काँग्रेसको भ्रातृ संस्थाका रुपमा अमेरिकामा क्रियाशील समितिले अमेरिकाका २६ वटा शाखा आबद्ध शुभेच्छुकले दिएको सहयोग जम्मा गरी नेपाल आएको समितिका अध्यक्ष आनन्द विष्टले जानकारी दिए । ‘अमेरिकामा...
ललितपुर, ११ जेठ– कृषकहरूले समयमा चिया बगानबाट मुना टिप्न नपाउँदा रु १० करोड बराबरको आर्थिक भार व्यहोर्नु पर्ने भएको छ । जिल्लाको दुर्गम क्षेत्र चन्दनपुर, कालेश्वर, मानिखेल, बुखेल, घुसेल, चौघरे, इकुडोल, गोटीखेल र शङ्खु गाविसमा रोपिएका अर्गानिक चियाको मुना भूकम्पका कारण समयमा टिप्न नपाएको...
काठमाण्डु,११ जेठ-आध्यात्मिक संस्था हेभेन्ली पाथले भूकम्प प्रभावित जिल्लाका जनताका लागि राहतस्वरुप ४५ लाख बराबराको नगद तथा खाद्य सहयोग उपलब्ध गराएको छ । विश्वका एक दर्जन देशमा सक्रिय उक्त संस्थाले सोमबार पत्रकार सम्मेलन गरी संस्थापक हिज होलिनेस मास्टर गड्यान्जलको नेतृत्वमा थप २० लाख बराबरको...
बनेपा,११ जेठ-भूकम्पले सबै क्षेत्रलाई तहसनहस बनाइरेहका बेला काभ्रेपलाञ्चोकमा रहेका केही लघु जलविद्युत् आयोजना बन्द भएका छन् । महाभारत शृङ्खला डाडाँपारी रहेको फलामेटार,फोक्सिङटार,मिल्चे माझिफेदालगायतका गाविसमा १५ देखि २० किलोवाट क्षमताका लघु जलविद्युत् आयोजना भूकम्पका कारण पूर्ण रुपले क्षति हुँदा बन्द भएका हुन् । जिविसको...
जुम्ला,११ जेठ-जिल्लाको चौधबीस भेकमा पर्ने ऋणमोक्ष उच्च माध्यमिक विद्यालका दुई सयभन्दा बढी विद्यार्थीले यार्सागुम्बा टिप्न प्रधानाध्यापकसमक्ष सामुहिक निवेदन पेस गरेका छन् । निवेदनमा उनीहरूले ‘यार्सा टिप्न पाटन जान पाऊँ’भनेका छन् । निवेदन उद्धृत गर्दै उक्त उच्च माविका सहायक प्रधानाध्यापक जगतबहादुर शाहीले भने, ‘बर्सेनि...