दोलखा,२० जेठ-अस्थायी आवासवापतको १५ हजार रकम बाँड्न समस्या देखाउँदै दोलखाका गाविस सचिवहरू गाउँ जान मानेका छैनन् । राहत वितरण गर्दा भूकम्पपीडितको पहिचान गर्न समस्या भएको र रकम दुरुपयोग हुनसक्ने कारण देखाउँदै सचिव गाउँ जान नमानेका हुन् । उनीहरूले स्थानीयस्तरमा राजनीतिक संयन्त्रले समेत सहयोग...
इलाम, २० जेठ-चालु आर्थिक वर्षको दश महिनामा नेपाल विद्युत् प्राधिकरण शाखा इलाम वितरण केन्द्रले सात करोड ९६ लाख ७४ हजार ५८४ विद्युत् महसुल सङ्कलन गरेको छ । सूर्योदय नगरपालिकाको फिक्कल शाखा कार्यालय र पशुपतिनगर शाखा कार्यालयबाहेक केन्द्रले आफ्नो कार्य क्षेत्रभित्र आव २०७१/७२ को साउन...
भक्तपुर,२० जेठ- एसओएस बालग्राम अन्तर्राष्ट्रियले नेपालमा भूकम्पमा घरबार गुमाएका बालबालिका र परिवारको पुनःस्थापनाका लागि करिब एक अर्ब २५ करोड सहयोग गर्ने भएको छ । एसओएस बालग्राम नेपालको केन्द्रीय कार्यालय सानोठिमीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा एसओएस बालग्रामका अन्तर्राष्ट्रिय अध्यक्ष सिद्धार्थ कौलले सो रकमबाट नेपाल...
काठमाण्डु, २० जेठ–अर्थतन्त्रलाई मजबुत बनाउनका लागि निजी क्षेत्रले सहुलियत ऋणको माग गर्नुका साथै नेपाली उद्योग र नेपाली जनशक्ति परिचालन गर्न माग गरेको छ । सस्तो ब्याजमा उद्योग व्यवसायीलाई ऋण प्रवाह नगरे निजी क्षेत्रले कर, राजश्व तिर्न नसक्ने अवस्थामा रहेको उनीहरुले बताएका छन् । नेपाल...
मोरङ, २० जेठ- विराटनगर भन्सार कार्यलयले यो वर्षको कार्तिक, मङ्सिर र वैशाख महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन नभएकाले वार्षिक लक्ष्यमा पुग्न गाह्रो हुने जनाएको छ । तथ्याङ्क अनुसार कार्तिक महिनामा एक अर्ब ५४ करोड लक्ष्य तोकिएकोमा एक अर्ब २१ करोड र मङ्सिर महिनामा एक...
ललितपुर, १९ जेठ-भूकम्पपीडित परिवारलाई सरकारले राहतस्वरुप प्रदान गरिने १५ हजार दुर्गम गाविसबाट वितरणको थालनी गरिएको छ । भूकम्पका कारण पूर्ण रुपमा क्षति भएका घरको लगत सङ्कलन भएपछि पीडितलाई दिइने सहयोगलाई निरन्तरता दिइएको सहायक प्रजिअ होमनाथ थपलियाले बताए । हालसम्म भारदेउ, ठूलादुर्लुङ र कालेश्वर गाविसका...
काठमाण्डु, १९ जेठ-बजार खुल्ने समयमा केही तल रहेको नेप्से परिसूचक मंगलबार बजार बन्द हुँदासम्म ११ दशमलव ५५ अङ्कले वृद्धि भएको छ । नेप्सेका अनुसार मंगलबार नेप्से ९०१.९८ मा पुगेको छ । एक हजार ५०९ पटक भएको पाँच लाख ४९ हजार ८९९ को सेयर...
काठमाण्डु,१९ जेठ-गोरखा भूकम्प आउनासाथ राहत, उद्धार र पुनःनिर्माणका लागि पोखरेली पर्यटन व्यवसायी ‘पोखरा पर्यटन पुनर्जागरण समिति’ बनाई क्रियाशील भए । अहिले त्यही समिति भूकम्पले खस्केको पर्यटन क्षेत्रलाई उकास्न कम्मर कस्सिएर क्रियाशील भएको छ । विश्वका अन्य देशमा विपत्तिपछि चलाएका कार्यक्रमका अनुभवबाट सिक्दै पोखराका...
चितवन, १९ जेठ-मनकामना मन्दिरका पुजारीले मन्दिर बाहिर पूजा गर्न नमानेपछि अरु थप समय मनकामनामा केबलकार सञ्चालन नहुने देखिएको छ । पुजारी इन्सान थापा मगरले देवीको थान बाहिर पूजा गर्दा सन्देश राम्रो नजाने बताए । नियमित कर्म पूजा गरिरहेको बताउँदै उनले जतिसक्दो छिटो मन्दिरको भाग...
रसुवा, १९ जेठ– भूकम्पका कारण रसुवामा तीस हजार पाँच सय ६३ चौपाया तथा पक्षी मरेका छन् । जिल्लाका १८ गाविसमा भूकम्पबाट घरगोठ भत्किँदा २२ करोड ७२ लाख २१ हजारबराबरको पशु परेको पशु विकास अधिकृत डा लुना गंगोलले बताए । भूकम्पबाट कुखुरा १९ हजार नौ...
काठमाण्डु,१८ जेठ- नेकपा एमालेको प्राकृतिक विपत्ति राहत कोषमा प्रवासी नेपाली मञ्च संयुक्त राज्य अमेरिकाले सोमबार १८ हजार ५०० अमेरिकी डलर (करिब १८ लाख ५० हजार नेपाली रुपियाँ) प्रदान गरेको छ । भूकम्पका कारण उत्पन्न भएको विपत्मा सहयोग गर्ने उद्देश्यले सो मञ्चका प्रतिनिधि युवराज...
कालीकोट, १८ जेठ-बैंक खाता सञ्चालनका लागि कालीकोटबाट जुम्ला जानुपर्ने भएपछि स्थानीय सहकारी संस्था मर्कामा परेका छन् । पछिल्लो समयमा दर्ता भएका सहकारी संस्थालाई कालीकोटबाट डिभिजन सहकारी कार्यालय जुम्लाबाट सिफारिस ल्याउनुपर्ने भएपछि कठिनाई भएको हो । कर्णालीका पाँचवटा जिल्लाको कार्यक्षेत्रलाई हेर्ने डिभिजन सहकारी कार्यालय जुम्लामा...