काठमाण्डु, ४ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापन कुशलतामा निपूर्ण व्यवस्थापकहरुको छाता संगठनको रुपमा रहेको नेपाल व्यवस्थापन संघलाई सक्षम, प्रभावकारी र गतिशील बनाउन आफूले सक्दो सहयोग गर्ने बताएका छन् । नेपाल व्यवस्थापन संघका कार्यबाहक सभापति सुशील भट्टको नेतृत्वमा बालुवाटारमा पुगेको संघको प्रतिनिधिमण्डलसंग कुरा गर्दै कोइरालाले...
धुन्चे,४ वैशाख-राजधानीबाट रसुवागढीसम्म आवतजावत गर्न यातायातको सहजता भएपछि केरुङ जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अध्यागमन कार्यालयका अनुसार रसुवागढी नाकाबाट दैनिक सरदर ३० जना आन्तरिक पर्यटक केरुङ घुम्न जाने गरेका छन् । नेपाल–चीन सीमादेखि २५ किलोमिटर परको केरुङ बजार घुम्नका लागि नेपालीहरु...
बागलुङ,४ वैशाख-सहकारी खुल्ने क्रम बढिरहेका बेला फरक उद्देश्यको सहकारी संस्था स्थापना भएको छ । नाफामुखी नभई सेवामुखी भएर काम गर्न धौलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी खुलेको हो । ‘वातावरण सफा राखौँ, सफा र स्वस्थ बनौँ’ नारासहित सहकारीले सेवा दिन सुरु गरेको छ...
काठमाण्डु, ३ वैशाख– नेपाल सरकारको नाममा जानु पर्ने शेयर आफ्नो नाममा पारेर अनियमितता गरेको भनिएको होटल अन्नपूर्णको व्यवस्थापनबारे थाइल्याण्ण्डका राजदूत भूटी भुटिसान्तले प्रधानमन्त्री कोइरालालाई स्पष्ट पारेका छन् । केही समय अघि होटल अन्नपूर्णको व्यवस्थापनको जिम्मेवारी थाइल्याण्डको दुसित थानी समूहलाई दिएको थियो । होटलका अध्यक्ष...
काठमाण्डु,३ वैशाख-नेपाल राष्ट्र बैंकले पिपल्स फाइनान्स लिमिटेडमाथिको कारबाही फुकुवा गरेको छ । बैंक तथा वित्तीय संस्थाको सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली,२०६४ बमोजिम केन्द्रीय बैंकले दिएको शीघ्र सुधारात्मक कारबाही बिहीबार फुकुवा गरेको हो । उक्त फाइनान्सले निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने सबै रकम भुक्तानी गरिसकेको जनाउँदै केन्द्रीय...
चितवन,३ वैशाख-पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटन सहरका रुपमा विकास गरिने भएको छ । अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्यले धार्मिक पर्यटन सहरका रुपमा विकास गर्न लागिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । समितिका सदस्य टङ्कनाथ पौडेलले हिन्दू धर्मावलम्बीहरुको खानपिन,बसोवास,धर्मकर्म लगायतलाई सजिव चित्रण हुनेगरी योजना...
धादिङ,३ वैशाख- उत्तरी धादिङका विभिन्न स्थानमा निर्माण भइरहेको जलविद्युत् परियोजनाका लागि सामग्री ओसारपसारका लागि बाटो नहुँदा हेलिकप्टरबाट ढुवानी गर्न थालिएको छ । धेरै तौल भएका ट्रान्सफर्मर,जेनेरेटरलगायतका सामग्री हेलिकप्टरमा ढुवानी गर्न थालिएको हो । सय किलोवाट आफलखोला लघु जलविद्युत् परियोजनाको सामग्री हेलिकप्टरबाट सदरमुकामदेखि उत्तरी...
काठमाण्डु, ३ वैशाख–कृषि विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ३८ अर्बको बजेट प्रस्ताव गरेको छ । बिहीबार व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिले आयोजना गरेको छलफल कार्यक्रममा सो जानकारी दिइएको हो । तर राष्ट्रिय योजना आयोगले २८ अर्ब २७ करोडको बजेट सीमा तोकिदिएको जनाइएको...
कलैया,३ वैशाख-बारामा यस वर्ष कुल एक लाख एक हजार ६७५ मेट्रिक टन गहुँ उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । कृषि कार्यालयका प्रमुख जितेन्द्र यादवका अनुसार यस वर्ष कृषकले कुल २९ हजार ५० हेक्टर क्षेत्रफलमा भृकुटी,२९७,अच्यूत,विजय जातको खेती गरी कुल एक लाख एक हजार...
नवलपरासी, २ वैशाख– नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना बन्द भएको पाँच वर्ष हुन थाल्दा पनि त्यहाँ कार्यरत स्थायी कर्मचारीले तलब पाएका छैनन् । भृकुटी कागज कारखानामा कार्यरत ३४२ कर्मचारीले चार वर्षदेखिको तलब पाउन नसकेको सङ्घर्ष समितिका संयोजक दर्शन सापकोटाले बताए । सो कारखानामा...
जनकपुर, २ वैशाख– उन्नत बीउ, मल, सिँचाइ सुविधा राम्रो भएकाले धनुषामा यस वर्ष १४ प्रतिशतले गहुँ उत्पादन वृद्धि हुने भएको छ । कृषि विकास कार्यालयका अनुसार किसानले यस वर्ष ३८ हजार हेक्टर क्षेत्रफलमा गहुँ खेती गरेकामा दुई अर्ब ५२ करोड ९८ लाख ६८ हजार...
नयाँदिल्ली, २ वैशाख– भारतको अर्थतन्त्र यस वर्ष र आउँदो वर्ष निकै द्रुत गतिले अगाडि बढी यसले आउँदो वर्ष प्रतिद्वन्द्वी चीनको आर्थिक वृद्धिदरको गतिलाई पनि उछिन्ने अनुमान अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ । यसका लागि तेलको मूल्यमा आएको कमी तथा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले लिएको...