रसुवा, १८ जेठ-भूकम्पसँगै आएको पहिरोले पुरिएको रसुवागढी क्षेत्रमा अर्थमन्त्री रामशरण महतले सोमबार स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा अर्थमन्त्री महतले मानव तथा सरसामग्री उद्धार उत्खनन कार्यमा सम्मिलित नेपाली सेना, नेपाल प्रहरी र चिनियाँ विशेष फोर्सले गरेका कामको जानकारी लिएका थिए । उनका...
रसुवा, १८ जेठ-उत्तरी रसुवाको धमन र टिमुरे गाविसमा निमार्णाधीन जलविद्युत् आयोजनामा पचास करोडभन्दा बढीको क्षति भएको छ । भूकम्पका कारण एक सय ११ मेगावाट क्षमताको सो आयोजनाको सडक तथा उपकरणमा क्षति पुगेको हो । आयोजना प्रमुख नागेन्द्र ज्ञवालीका अनुसार क्षतिको पूर्ण मूल्याङ्कन गर्न...
सिद्धार्थनगर, १८ जेठ– शसस्त्र प्रहरी बल राजस्व गस्ती गुल्म डण्डाले सीमा क्षेत्रबाट अवैध रुपमा लुकाई राखेको तीन लाख ५८ हजार बराबरको सुपारी बरामद गरेको छ । जिल्लाको बोधबार गाविसबाट १४ क्विन्टल सुपारी बरामद गरेको हो । शसस्त्र प्रहरी नायव उपरीक्षक कमल तिमिल्सनाका अनुसार बरामद...
काठमाण्डु,१७ जेठ-नेपाल विद्युत् प्राधिकरणले भैँचालोका कारण क्षतिग्रस्त भएका संरचनाको पुनःनिर्माणलाई तीव्रता दिएको छ । प्राधिकरणले पहिलो चरणमा भूकम्पले मुख्य रुपमा प्रभाव पारेको १४ जिल्लामा विद्युत् सेवा उपलब्ध गराउने कामलाई प्रमुख कार्यसूचीमा राखेर पूर्ववत् अवस्थामा फर्काउन लागिपरेको जनाएको छ । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा,...
काठमाण्डु,१७ जेठ-विनाशकारी भूकम्पबाट पर्यटन क्षेत्रमा भएको भौतिक क्षतिपछि पर्यटकको चहलपहल घटेर राजधानीका अधिकांश ठूला तारे होटल रित्तिन थालेका छन् । पर्यटकका भरमा चल्दै आएका कतिपय तारे होटललाई भूकम्पपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा आएको कमीले कर्मचारीलाई तलब खुवाउनसमेत कठिनाइ भएको छ । ...
चितवन,१७ जेठ0-आत्मनिर्भर बन्दै गएको नेपालको पोल्ट्री व्यवसाय भूकम्पले प्रभावित बनेको छ । गएको वैशाख १२ गते आएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण देशको राजधानी काठमाण्डु र छिमेकी जिल्लाहरु पूर्णरुपमा प्रभावित भएपछि यसको प्रत्यक्ष असर पोल्ट्री व्यवसायमा परेको छ । नेपालको कुल उत्पादनको ६०...
मोरङ, १६ जेठ– विनाशकारी भूकम्पपछि सुनसान बनेका पूर्वको पर्यटन व्यवसायमा चहलपहल सुरु भएको छ । भूकम्पपछि भारतीय पर्यटकले धानेको पूर्वको पर्यटन उद्योगको कारोबार शून्य थियो । जेठ पहिलो हप्तापछि भारतीय पर्यटकको आगमन सुरु भएको पर्यटन व्यवसायीहरूको भनाइ छ । पर्यटन व्यवसायी भविसकुमार श्रेष्ठका अनुसार...
काठमाण्डु, १६ जेठ–अर्थमन्त्री डा. रामशरण महतले भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुर्ननिर्माणको लागि दाताहरुसँग लामो समयको न्यून ब्याजको लोन र अनुदान मात्रै लिने स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले दातृ निकायहरुको सम्मेलनको लागि दाताहरुको सूची बनाउने काम भइरहेको...
काठमाण्डु, १६ जेठ –अशल शिक्षक बन्न चाहनेका लागि सहयोगी सामग्रीसहित सिकाइ समूहले ‘शिक्षक स्रोत पुस्तक’ बजारमा ल्याएको छ । कुनै पनि मुलुकको शिक्षाको स्तर त्यस देशको शिक्षकको स्तरभन्दा माथि हुन सक्दैन भन्ने मान्यताका साथ पुस्तकमा शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक सिर्जनशील र समर्पित हुनुपर्नेमा...
काठमाण्डु, १५ वैशाख–महाभूकम्पका कारणले तहनहस भएको नेपालको अर्थतन्त्रलाई उकास्न सरकारले दीर्घकालिन र अल्पकालिन योजनाहरु ल्याउनु पर्नेमा अर्थविदहरुले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को तेस्रो महासभालाई सम्बोधन गर्ने क्रममा अर्थविद् डा. विश्वम्भर प्याकुरेलले सरकारले हाल ल्याइरहेको योजनाहरु क्षणीक तथा टालटुले भएको...
दोलखा, १५ जेठ– भूकम्पले घर भत्काएपछि अलपत्र परेका जिरीका व्यापारीले अति आवश्यक पर्ने वस्तुहरु सडकबाटै बिक्री वितरण थालेका छन् । खाद्यान्न, ग्यास, नुनलगायतका दैनिक सामग्रीका साथै निर्माण सामग्रीको माग व्यापक बढेपछि व्यापारीहरुले सडकबाटै सेवा दिन थालेका हुन् । जिरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मधुकुमार...
चरिकोट, १४ जेठ । दोलखाको पश्चिमी गाउँ लाँकुरीडाँडा–७ की मङ्गली श्रेष्ठ आज सदरमुकाम चरिकोटस्थित एक सुन पसलमा आफूले लगाएको कानको झुम्का फुकाल्दै गर्दा भेटिइन् । पसलमा सुन बिक्री गर्न आएकी मङ्गलीको एउटै उद्देश्य थियो “सुन बेचेर जस्ता को टहरा जोड्ने । सदरमुकामको सुन पसलेलाई...