अर्थ

‘एक गाउँ, एक उत्पादन’सम्बन्धी दोस्रो चरणको कार्यक्रम सुरु

२०७२ जेठ २३ गते ८:२५

इलाम, २३ जेठ– ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत छनौट गरिएको किवीफलसम्बन्धी इलाममा दोस्रो चरणको कार्यक्रम सुरु भएको छ । सरकारी योजनाअनुरूप नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको कृषि उद्यम केन्द्रको सो कार्यक्रम जिल्लामा उद्योग वाणिज्य सङ्घले सञ्चालन गर्दै आएको छ । गत वर्षदेखि सुरू गरिएको किवीफलसम्बन्धी...

मुस्ताङमा स्याउ उत्पादन २० प्रतिशतले घट्ने

२०७२ जेठ २२ गते १५:०९

मुस्ताङ, २२ जेठ-मुस्ताङमा यस वर्ष करिब २० प्रतिशतले स्याउको उत्पादन घट्ने भएको छ ।   प्रतिकूल मौसमका कारण उत्पादन घट्ने अनुमान गरिएको कृषि विकास कार्यालय जनाएको छ । स्याउको फूल फुल्ने बेलामा लगातार हिमपात र पटक–पटक परेको असिना पानीका कारण स्याउका दाना कम लागेको...

छिटोभन्दा छिटो जोखिमको विवरण पठाऊ: राष्ट्र बैंक

२०७२ जेठ २२ गते १४:३९

काठमाण्डु, २२ जेठ-भूकम्पले वित्तीय क्षेत्रमा पु¥याएको क्षतिका बारेमा राष्ट्र बैंकले छुट्टै अध्ययन गरिरहेको पाइएको छ ।   क्षति तथा जोखिमका विवरण पठाउन उसले सरकारी तथा निजी दुवै बैंक, इन्स्योरेन्स एवम् बिमा कम्पनी तथा अन्य वित्तीय संस्थालाई निर्देशन दिएको छ । हालसम्म सरकारी बैंकले मात्र...

भूकम्पपछि बिमक र बिमा दाबी बढ्यो

२०७२ जेठ २२ गते १३:४२

काठमाण्डु, २२ जेठ-भूकम्पबाट ठूलो भौतिक तथा मानवीय क्षति भएपछि नयाँ बिमक र बिमा दाबीमा वृद्धि भएको छ ।   विगतको तुलनामा जोखिम हस्तान्तरण गर्ने अभियानस्वरुप त्यस्तो सङ्ख्यामा वृद्धि आएको हो । सर्वसाधारणमा बिमासम्बन्धी आएको सकारात्मक परिवर्तनले बिमा गर्न अभिप्रेरित भएका हुन् । बिमा समितिका...

भारतले नहरको पानी बन्द गरेपछि विद्युत उत्पादन बन्द !

२०७२ जेठ २२ गते १३:३२

परासी, २२ जेठ-भारतले नहरमा पानी नदिँदा नवलपरासीमा रहेको सूर्यपुरा गण्डक जलविद्युत् केन्द्रमा तीन महिनादेखि विद्युत् उत्पादन बन्द भएको छ ।   नहर मर्मत तथा सम्भारको नाममा नहरमा पानी नहुँदा पावर हाउसमा तीन महिनादेखि विद्युत उत्पादन बन्द भएको गण्डक पावर हाउसका प्रमुख सुरेस राउतले बताए...

दार्चुलाको हिमाली क्षेत्रमा यार्सागुम्बा संकलकहरुको भीड

२०७२ जेठ २२ गते १३:२४

भीमदत्तनगर, २२ जेठ-दार्चुलाको उच्च हिमाली भेगमा यार्सागुम्बा सङ्कलन गर्न जानेको घुइँचो नै लागेको छ ।   अपि नाम्पा संरक्षण क्षेत्रले दार्चुलाको उच्च भेगमा यार्सा सङ्कलन गर्नेको सङ्ख्या ३५ हजार नाघिसकेको जनाएको छ । वैशाखदेखि सुरु भएको यार्सा सङ्कलन कार्य अहिले मध्यमा पुगेको संरक्षण क्षेत्रले...

बजारमा दश प्रतिशतले बढ्यो खाद्यान्नको मूल्य

२०७२ जेठ २१ गते १७:०८

काठमाण्डु, २१ जेठ-भूकम्पपछि केही समय स्थिर रहेको दैनिक उपभोग्य वस्तुको मूल्यमा पछिल्लो समय १० प्रतिशतले वृद्धि भएको छ ।   दाल र खाने तेलको भाउ भारतमा नै वृद्धि भएकाले यहाँ पनि त्यसको प्रभाव परेको व्यवसायीले बताएका छन् । उनीहरुका अनुसार थोक मूल्यमा (होलसेलर) मात्र...

भूकम्पका कारण दुई हजार बढी कामदार स्वदेश फर्किए

२०७२ जेठ २१ गते १७:००

काठमाण्डु, २१ जेठ-भूकम्पका कारण दुई हजार २५३ कामदार स्वदेश फर्किएका छन् ।   भूकम्पका कारण आफन्त गुमाएका वैदेशिक रोजगारीमा रहेका १०७ कामदार स्वदेश फर्किएको पनि श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सो तथ्याङ्क दिएपनि सोभन्दा ठूलो सङ्ख्यामा कामदार स्वदेश फर्किएको अनुमान...

भूकम्पले बिपी संग्राहलयमा चार करोड बराबरको क्षति

२०७२ जेठ २१ गते १४:३२

काठमाण्डु, २१ जेठ-गत वैशाख १२, १३ र २९ गतेको भूकम्प तथा पटक पटकका परकम्पले बिपी सङ्ग्रहालयमा चार करोड बराबरको क्षति भएको छ ।   सभासद् रामचन्द्र पोखरेलको नेतृत्वमा पूर्वसभासद् एवम् काँग्रेस नेता पुरुषोत्तम बस्नेत, राष्ट्रिय समाचार समिति ९रासस०का अध्यक्ष कुलचन्द्र वाग्ले र नेपाल प्रेस...

जुम्लाको विकास योजनाको प्रगति २० प्रतिशत मात्र

२०७२ जेठ २१ गते १४:१३

जुम्ला, २० जेठ-आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकी हुँदा पनि जिविसअन्तर्गत आव २०७१/७२ का लागि स्वीकृत योजनाको भौतिक प्रगति २० प्रतिशत मात्र भएको छ । कर्णाली विकास आयोगले आयोजना गरेको प्रगति समीक्षा गोष्ठीमा जिविसले प्रस्तुत गरेको प्रतिवेदनअनुसार विकासको प्रगतिको अवस्था थाहा भएको हो...

वानाले दियो २५ हजार डलर

२०७२ जेठ २१ गते १२:५८

मेरिल्यान्ड (बाल्टिमोर),२१ जेठ- भूकम्प पीडितको सहयोगार्थ बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (वाना) ले आफूले सङ्कलन गरेको २५ हजार अमेरिकी डलर अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीलाई बुधबार एक समारोहबीच हस्तान्तरण गरेको छ । राजदूत डा कार्कीको स्वागत कार्यक्रममा बुधबार सो रकम हस्तान्तरण...

उखुको खोस्टाबाट ९० मेघावाट विद्युत उत्पादन गर्ने सरकारको तयारी !

२०७२ जेठ २० गते १९:०२

काठमाण्डु, २० जेठ-उद्योगमन्त्री महेश बस्नेतले हालसम्म सञ्चालनमा रहेका ११ भन्दा बढी चिनी उद्योगले सुक्खा याममा ९० मेगावाट विद्युत् उत्पादन गर्ने बताएका छन् । मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिको बुधबारको बैठकमा उद्योगमन्त्रालयको प्रयास तथा ऊर्जा मन्त्रालयको प्रस्तावमा ‘चिनी उद्योगबाट विद्युत् सहउत्पादनको प्रवद्र्धन गर्ने’ प्रस्ताव बुधबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us