काठमाण्डु, २८ जेठ-भूकम्पपीडितको सहयोगार्थ नबिल बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा बिहीबार दुई करोड एक लाख सहयोग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले दिएको सो रकमको चेक ग्रहण गर्दै प्रधानमन्त्री सुशील कोइरालाले आफू लोकतान्त्रिक संविधान, शान्ति, स्थायित्व...
जाजरकोट, २८ जेठ– जिल्लाको पजारु गाविसमा खोरेत रोगका कारण पशु चौपाया धमाधम बिरामी पर्न थालेका छन् । खेती गर्ने समयमा पशु चौपाया बिरामी भएपछि गाउँले समस्यामा परेका छन् । विशेषगरी पजारु गाविसको वडा नं ३ र ४ मा रोगका कारण एकै घरका सबै पशुचौपाया...
काठमाण्डु, २७ जेठ – नेपाल राष्ट्र बैंकले जारी गरेको दुई अर्ब ५० करोड बराबरको नागरिक बचतपत्रमध्ये रु दुई अर्ब ३३ करोड ९४ लाख ३० हजारको मात्र बचतपत्र बिक्री भएको छ । बैंकले जेठ १२ गतेदेखि ८ प्रतिशत ब्याजदिने गरि हिजोसम्मको समयावधि दिएर...
चितवन, २७ जेठ– डेनमार्ककी ग्रीना चितवनको सौराहामा बसेको दुई हप्ता पुग्न लाग्यो । उहाँलगायत छजनाको समूह अहिले सौराहामा बसेर नेपालको रहनसहनबारे अध्ययन गर्दै हुनुहुन्छ । भूकम्प आउनु अघि नै नेपाल आएकी ग्रीनासँगै जोसिया पनि छन् । “सौराहा ठिक छ , यहाँ बस्न कुनै समस्या...
अमेरिका– उत्तर अमेरिकाको सर्वोच्च शिखर आरोहणको तयारीमा रहेका विश्व पर्बतारोही एवंम अल्ट्रा धावक संजय पण्डितलाई न्युयोर्कमा बस्ने समाजसेवी कृष्ण बहादुर बिस्टले दुई लाख रुपैया सहयोग गरेका छन् । बुधबार न्युयोर्कको रिज्वूदमा आयोजित कार्यक्रममा उक्त रकम हस्तारन्तरण गरिएको हो । सात महादेशका सातै सर्वोच्च शिखर आरोहणको...
नकपुरधाम, २७ जेठ– नेपाल सरकारले बढीभन्दा बढी करदातालाई करको दायराभित्र ल्याउने अवधारणा अघि सारेपछि भ्याट नतिर्ने तथा वास्तविक विवरण लुकाउने उद्योगी तथा व्यापारी क्रमिक रुपमा करको दायरामा आउन थालेका छन् । आन्तरिक राजस्व कार्यालय जनकपुरका अनुसार उद्यमी तथा व्यापारीमा भ्याट छल्ने, वास्तविक बिक्री विवरण...
काठमाण्डु, २७ जेठ– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भूकम्पका कारण ज्यान गुमाएका बिमितका परिवारलाई करिब दुई करोड भुक्तानी दिइसकेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाका अनुसार जीवन बिमा गर्नेमध्येबाट भूकम्पमा परी हालसम्म ३० वटा बीमामा लेखको दाबी परेको र मृतकका परिवारलाई सहज हुने...
काठमाण्डु, २६ जेठ-विश्व बैंक सडक सुरक्षा सहयोग परियोजन कार्यान्वयनका लागि ७६ करोड ३८ लाख अनुदान सहयोग गर्न सहमत भएको छ । अर्थ मन्त्रालयमा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख मधुकुमार मरासिनी र विश्व बैंकका देशीय निर्देशक ताकुया कामाताले उक्त सम्भौतामा हस्ताक्षर गरेका हुन्...
बेइजिङ, २६ जेठ-चीनको अग्रसरतामा स्थापित एसियाली पूर्वाधार लगानी बैंकमा अन्ततः चीनकै विशेषाधिकार रहने बताइएको छ । चीनले यसअघि उक्त बैंकमा आफ्नो विशेष कुनैपनि अधिकार नहुने र यो सबै सदस्य राष्ट्रहरुको निर्णयअनुसार सञ्चालन गर्ने बताएको थियो । तर एक अमेरिकी प्रसिद्ध पत्रिका वाल...
पर्वत, २६ जेठ-उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको सेतीवेणी–मिर्मी खण्डमा यसै आर्थिक वर्ष भित्रमा ट्र्याक खोलिने भएको छ । लोकमार्गमा पर्ने पर्वतको सेतीवेणीदेखि स्याङ्जाको पिँडीखोला–मिर्मीसम्मको बाँकी ट्र्याक आगामी असारसम्ममा पूरा गर्ने तयारी भएको हो । भारतसँगको सिमाना सुनौलीदेखि उत्तरमा चीनको तिब्बती सीमा कोरल्लासम्म पुग्ने...
प्यूठान, २६ जेठ-बढ्दो गर्मीसँगै झिमरुक नदीमा पानी सुकेपछि बुटवल पावर कम्पनी ९विपिसी० दारिमचौरको विद्युत् उत्पादनमा ८३ प्रतिशतले ह्रास आएको छ । अहिले १७ प्रतिशत मात्रै विद्युत् उत्पादन हुने गरेको छ । कम्पनीका वितरण शाखा प्रमुख श्याम थापाका अनुसार यसअघि नियमित्त १२ मेगावाट विद्युत्...
काठमाण्डु,२५ जेठ-भूकम्पपीडितको सहयोगका लागि नेदरल्याण्डस् सरकारले दुई अर्ब २६ करोडबराबरको सहयोग तत्काल उपलब्ध गराउने भएको छ । नेपालको भ्रमणमा रहेकी नेदरल्याण्डस्की वैदेशिक व्यापार तथा विकास मन्त्री लिलियान प्लोउमेनले नेपाल रेडक्रस सोसाइटीमार्फत उक्त रकम उपलब्ध गराउने घोषणा गरेकी हुन् । उनले विगतको सहयोगलाई...