भक्तपुर ३०, जेठ– व्यवस्थापिका संसदको विकास सतितिले काठमाण्डु नजिकैको पर्यटकीय क्षेत्र नगरकोट सुरक्षित रहेको जनाएको छ । गत वैशाख १२ र २९ गएको भूकम्पले पर्यटन क्षेत्रमा पनि ठुलो प्रभाव पारेको सन्देश गइरहेका बेला विकास समितिले गलत सन्देश चिर्न नगरकोटमा छलफल गरेको हो । संघीय...
काठमाण्डु, ३० जेठ– यो साता नेप्से परिसूचकमा पहिलो दिनको तुलनामा ६.७९ अङ्कले बढेर अन्तिम दिन ९३७.९६ अङ्कमा पुगेको छ । गत साता नेप्से ५४.९० अङ्कले बढेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीहरुको १० हजार ७७६ कारोबारबाट एक अर्ब ६२ करोड पाँच...
काठमाण्डु, ३० जेठ– भूकम्पपीडितको सहयोगका निमित्त प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सिङ्गापुरमा रहेका नेपालीको संस्था सिङ्गापुर गोर्खा कम्युनिटी, ब्रिटिस गोर्खा नेपाल मानभवन, जावलाखेलले भूकम्पपीडित नेपालीको सहयोगार्थ कोषमा ९० लाख ८३ हजार २७६ र २२ पैसा सहयोग गरेको छ । कम्युनिटीका गङ्गाबहादुर पुनले सो रकम प्रधानमन्त्री...
काठमाण्डु, ३० जेठ- अर्थमन्त्री रामशरण महतले प्रमुख चार दलबीच भएको १६ बुँदे सहमतिले नेपालमा अब संविधान निर्माणको बाटो खुलाएको भनी भारत सरकार र त्यहाँका नेताहरुले प्रशंसा व्यक्त गरेको बताएका छन् । नेपालमा वैशाख १२ गते गएको भूकम्पबाट ध्वस्त भौतिक संरचनाको पुनःनिर्माण र नव...
स्याङ्जा, ३० जेठ-भूकम्पबाट प्रभावित ऋणी सदस्यलाई मुक्तिनाथ विकास बैंकले शुक्रबार राहतस्वरुप रकम वितरण गरेको छ । लघुवित्त ग्राहक सदस्यको क्षतिको लगत लिई पूर्ण क्षति पुगेका सदस्यलाई जनही दुई हजार ५०० र आंशिक क्षति पुगेका परिवारलाई एक हजार प्रदान गरिएको हो । बैंकका...
काठमाण्डु, २९ जेठ-नेपाल राष्ट्र बैंकले आह्वान गरेको सरकारी ऋण पत्रमा सर्वसाधारणको आकर्षण बढेको पाइएको छ । आह्वान गरिएको रकमभन्दा सातगुणाले बढी रकमसम्मको ऋणपत्र जनसाधारणले किन्न चाहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले पाँच अर्बको नौ वर्षीय विकास ऋणपत्र आह्वान गरेकामा बोल रकम...
काठमाण्डु, २९ जेठ-गुम्बा विकास समितिले भूकम्पका कारण देशभर महायानी सम्प्रदायका गुम्बामा १५ अर्बको क्षति भएको जनाएको छ । देशभर रहेका एक हजार ५०० गुम्बामा क्षति भएकोमा करिब एक हजार गुम्बा पूर्णक्षति भएको, ५०० गुम्बामा भने आंशिक क्षति तथा त्यसरी क्षति भएका गुम्बामा १०...
झापा, २९ जेठ-पूर्वोत्तर झापाको शान्तिनगरमा नमुना भ्यू टावर निर्माण कार्य सुरु भएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने मुख्य उद्देश्यका साथ शान्तिनगर– ६ मा नमुना भ्यू टावरको निर्माण सुरु भएको हो । एक करोडको लागतमा निर्माण कार्य सुरु भएको भ्यू टावर...
दाङ,२९ जेठ-तुलसीपुरस्थित राप्ती अञ्चल अस्पताल परिसरमा तुलसीपुर– ५ निवासी समाजसेवी वामदेव शर्माले ६० लाखको लागतमा रक्त सञ्चार केन्द्रको निर्माण गर्न लागेका छन् । उनले आफ्नी श्रीमती स्वर्गीय कालिकादेवी आचार्यको स्मृतिमा त्यहाँ रक्तसञ्चार केन्द्र निर्माण गर्न सो रकम रक्त सञ्चार केन्द्र निर्माण समितिलाई प्रदान...
काठमाण्डु, २८ जेठ-भूकम्पका कारण सहकारी क्षेत्रमा पाँच अर्ब ४२ लाखबराबरको क्षति भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । मुलुकको अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा रहेको सो क्षेत्रमा विपत्तिले ठूलो क्षति पारेको र थप क्षतिको लगत सङ्कलनको क्रममा रहेकाले बढ्न सक्ने देखिएको छ । व्यवस्थापिका–संसद्...
काठमाण्डु, २८ जेठ-व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिले भूकम्प प्रभावित जिल्लाका जनतालाई सरकारले हालसम्म प्रदान गरेको राहत वितरणको सम्पूर्ण विवरण दुई दिनभित्र जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ । सो समितिको बिहीबार बसेको बैठकले राहत तथा पुनःनिर्माणमा भएका प्रगति तथा आवश्यक व्यवस्थापनका सम्बन्धमा सत्यतथ्य जानकारी...
जुम्ला, २८ जेठ-एक वर्षअघि विस्तृत अध्ययन सर्वेक्षणको काम सम्पन्न भइसकेको चुकेनीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य बजेट अभावले रोकिएको छ । जिल्लाको पातारासी गाविस–७ गडीगाउँ जुम्लाको निर्माण कार्य बजेट व्यवस्था नहुँदा हालसम्म थालनी हुन सकेको छैन । विद्युत् विकास विभागले ५०० किलोवाट क्षमताको अनुमति...