अर्थ

माथिल्लो तामाकोशी आयोजनाका १० कन्टेनर बाढीले बगायो

२०७२ असार १ गते १४:४८

दोलखा, १ असार– दोलखामा निर्माणाधिन ४ सय ५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनको निर्माण स्थलमा बाढीले १० वटा कन्टेनर बगाएको छ । सामेबार राती परेको वर्षाले पावरहाउस रहेको गोँगर खोलाको दोभानका गएको पहिरोले करिव आधा घण्टा खोला थुनिएर एक्कसी खोलिएपछि बाढीले आयोजनाका कन्टेनरहरु बगाएको...

गुर्जामा पर्यटकका लागि ‘होम स्टे’ सुविधा

२०७२ असार १ गते १४:२३

म्याग्दी, १ असार-म्याग्दीको गुर्जामा पर्यटकको सुविधाका लागि ‘होम स्टे’ (घरबास) सञ्चालन गरिएको छ ।   स्थानीयवासीको पहल र अमेरिकी नागरिक ‘डोनी पोपिको’ सहयोगमा सीता छन्त्याल र भिममाया छन्त्यालले आठजना क्षमताको होम स्टे सुरु गरेका हुन् । मुलुककै एकमात्रै सिकार आरक्ष ‘ढोरपाटन सिकार आरक्ष’ क्षेत्रले...

पाँच करोडको लागतमा शीत भण्डारण गृह निर्माण सुरु

२०७२ असार १ गते ९:३५

डडेल्धुरा, १ असार – डडेल्धुरामा शीत भण्डारण गृह निर्माण सुरु गरिएको छ । कृषकको मागअनुसार जिल्लामा आधुनिक शीत भण्डारण गृहको निर्माण सुरु गरिएको हो । नेपालमै पहिलो पटक आधुनिक प्रविधिबाट निर्माण हुने शीत भण्डारण गृहको क्षमता एक हजार मेट्रिक टन रहनेछ । दुई वर्षभित्रै...

पशु बधशाला निर्माण

२०७२ जेठ ३२ गते १५:१७

भद्रपुर, ३२ जेठ –भद्रपुर नगरपालिका– ५ स्थित नयाँ बसपार्कको पश्चिमतर्फ पशु बधशालाको निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको छ । लामो समयदेखि नगरवासीले स्वस्थकर मासुका लागि पशु बधशालाको माग गर्दै आएका थिए । संघीय मामिला तथा स्थानीय विकास मन्त्राल, पशुपक्षी निर्देशनालय र भद्रपुर नगरपालिकाले...

खारेज हुन थाले चितवनका सहकारी संस्था

२०७२ जेठ ३२ गते १५:१०

चितवन, ३२ जेठ – चितवनमा सञ्चालित २९ वटा सहकारी खारेजीको सूचीमा परेका छन् । सबैभन्दा बढी बचत तथा ऋण सहकारी खारेजीको सूचीमा परेका छन् । दुई वर्षदेखि कारोबारमा निष्क्रिय रहेका र नियम बमोजिम विवरण नबुझाएका सहकारी खारेजीको सूचीमा परेको जिल्ला सहकारी प्रशिक्षण तथा डिभिजन...

बिमा हुने भएपछि कृषक उत्साहित

२०७२ जेठ ३२ गते १३:१८

कालीकोट, ३२ जेठ – जिल्लामा बाली तथा पशु बिमा हुने भएपछि कृषक उत्साहित भएका छन् । कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव शर्मा पोख्रेलका अनुसार जिल्लामा बाली बिमाको प्रक्रिया एक महिनाभित्र अघि बढाइने छ । बाली बिमाका लागि कृषकले २५ प्रतिशत र...

दलीय सहमतिले व्यवसायी उत्साहित

२०७२ जेठ ३२ गते १३:१२

चितवन, ३२ जेठ –दलहरुबीचमा संविधान निर्माण गर्ने गरी १६ बुँदे सम्झौता भएसँगै संविधान बन्ने करिब निश्चित भएपछि स्थानीय उद्योगी व्यवसायी उत्साहित भएका छन् । संविधान बनेसँगै राजनीतिक स्थायित्व हुने, सोही अनुरुपको सरकार बन्ने, नियम कानुन बन्ने र कार्यान्वयन हुने भएकाले लगानीको वातावरण खोजिरहेका उद्योगी...

रेमिट्यान्स हुन्डीमार्फत नपठाऊ: अर्थ विज्ञहरु

२०७२ जेठ ३१ गते १७:१७

काठमाण्डु, ३१ जेठ-  विप्रेषण (रेमिट्यान्स)  हुन्डीमार्फत नपठाउन कामदार वर्गमा अनुरोध गरिएको छ ।   वैदेशिक रोजगारमा गएका कामदारले स्वदेशमा पठाउने रकमलाई विप्रेषण रकम भनिन्छ । हुन्डीमार्फत रकम पठाउँदा विदेशी मुद्राको सञ्चितीमा कमी आउने भएकाले विज्ञहरुले सो अनुरोध गरेका हुन् । हुन्डीबाट रकम पठाउँदा गैरकानुनी...

गाईघाट–बुइपा विद्युत् लाइनको परीक्षण प्रसारण सुरु

२०७२ जेठ ३१ गते १६:१६

खोटाङ, ३१ जेठ-जिल्लामा बिस्तार गरिएको गाईघाट–बुइपा ३३ केभी विद्युत् प्रसारण लाइनको परीक्षण प्रसारण सुरु गरिएको छ ।   हालसम्म ११ केभी क्षमताको विद्युत् प्रसारण हुँदै आएको गाईघाट–बुइपा प्रसारण लाइनलाई ३३ केभीमा ‘अपग्रेड’ गरिएसँगै यसको परीक्षण सुरु गरिएको हो । बुइपामा निर्माण गरिएको विद्युत्को सवस्टेसनलाई...

अलपत्र पर्दै देवघाट गुरुयोजना !

२०७२ जेठ ३१ गते १५:३२

चितवन, ३१ जेठ-पवित्र तीर्थस्थल देवघाटधामको विकासका लागि ६ वर्षअघि निर्माण गरी मन्त्रालयले अनुमोदन गरेको गुरुयोजना बजेट अभावका कारण अलपत्र परेको छ ।   गुरुयोजना अलपत्र परेपछि देवघाटको विकासमा बाधा पुगेको छ । तत्कालीन गुरुयोजना मूल्याङ्कन तथा अनुगमन समितिका संयोजक टङ्कनाथ पौडेलका अनुसार २०६६ साल...

योजना आयोगको पुननिर्माणको प्रस्तावबारे सभासदलाई जानकारी

२०७२ जेठ ३१ गते १४:५७

काठमाण्डु, ३१ जेठ – राष्ट्रिय योजना आयोगले भूकम्पबाट भएको क्षति र पुनःनिर्माणका लागि आवश्यकताको मूल्याङ्कनसम्बन्धी प्रतिवेदन पिडिएनए बारे सांसदहरुलाई जानकारी गराएको छ । व्यवस्थापिका–संसदको अर्थ समितिको आइतबारको बैठकमा योजना आयोगले तयार गरिरहेको प्रतिवेदनबारे जानकारी गराएको हो । भूकम्पपछिको उद्धार र राहत, जनजीवन सामान्यीकरण, असरको...

क्याम्पस सञ्चालनका लागि सुरु गरिएको यज्ञमा डेढ करोड उठ्यो

२०७२ जेठ ३१ गते १४:०३

अर्घाखाँची, ३१ जेठ-नेपालमा दिगो शान्तिको कामना गर्दै र क्याम्पसको अस्तित्व बचाउने उद्देश्यले सन्धिखर्कको टुँडिखेलमा गएको सोमबारदेखि सुरु भएको अर्घाखाँची पाणिनी धार्मिक ज्ञान महायज्ञमा डेढ करोड रुपैयाँभन्दा बढी आर्थिक सङ्कलन भएको छ ।   महोत्सवमा जिल्ला विकास समिति अर्घाखाँचीले ३५ लाख, सन्धिखर्क नगरपालिकाले ३२ लाख,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us