काठमाण्डु,२२ वैशाख- युरोपेली आयोगले नेपाललाई एक करोड ६६ लाख युरो प्रदान गर्ने घोषणा गरेको छ । आयोगले प्रदान गर्ने उक्त रकम आगामी एक साताभित्र नेपाल सरकारलाई सोझै उपलब्ध गराइने आयोगको प्रधान कार्यालय ब्रसेल्सबाट मंगलबार अपराह्न जारी गरिएको विज्ञप्तिमा जनाइएको छ । वैशाख १२ गतेको...
काठमाण्डु,२२ वैशाख-केही दिनअघि आएको विनाशकारी भूकम्पमा परी पीडित भएका परिवारलाई राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत दुई हजार ६ सय कर्मचारीले पाँचदेखि १५ दिनसम्मको तलब सहयोग गरेका छन् । छुट्याएको तलब एक करोड २२ लाख जम्मा गरी कर्मचारीहरु आफैं राहत वितरण कार्यमा समेत जुटेका छन् ।...
काठमाण्डु, २२ वैशाख– संयुक्त राज्य अमेरिकाले नेपालमा गएको भूकम्पपीडितलाई सहयोगका लागि १ अर्ब १० करोड दिने भएको छ । अमेरिकी सहयोग नियोग युएसएआइडीका कार्यवाहक प्रमुख एलफन्सो लेन्हार्टले सहयोगको घोषणा गरेका हुन् ।...
मुस्ताङ,२२ वैशाख-विनाशकारी भूकम्पका कारण राउन्ड अन्नपूर्ण पदमार्गमा पर्ने पर्यटकीय जिल्ला मुस्ताङ सुनसान बनेको छ । वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि पर्यटकले भ्रमण रद्द गरेपछि मुस्ताङ सुनसान बनेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) ले जनाएको छ । वैशाख १२ गतेपछि २५५ जना पर्यटकमात्र जिल्लाको...
काठमाण्डु, २२ वैशाख– अमेरिकाको वासिङ्टन डीसी तथा भारतको नयाँ दिल्लीबाट संचालित सगुन कर्पोरेशनले प्रवद्र्धन गरेको सामाजिक मञ्च (sagoon.com) को संयोजनमा काभ्रेको विकट जिल्लामा भूकम्पपीडितका लागि राहत वितरण गरिएको छ । मंगबार सगुनको संयोजनमा ३ ट्रक राहत सामग्रीसहित गएको टोलीले स्थानीयलाई चामल, दाल, तेल, म्याट,...
काठमाण्डु, २२ वैशाख– अस्ट्रेलिया सरकारले नेपालको भूकम्प पीडितका लागि करिब रु एक अर्ब ९१० मिलियन अमेरिकी डलर० सहयोग प्याकेज घोषणा गरेको छ । सो सहयोग अति आवश्यक भएका प्रभावित जनतालाई खाद्य सुरक्षा, स्वास्थ्य, आश्रय, पानी र सरसफाइमा प्रयोग हुनेछ । सो सहयोग गोरखा जिल्लास्थित...
काठमाण्डु, २२ वैशाख– जगदम्बा स्टिलले धरहरा पुननिर्माणको जिम्मेवारी दिन सरकारसँग आग्रह गरेको छ । सरकारले अनुमति दिएमा सबै खर्च व्यहोरेर पहिलेको जस्तै धरहरा निर्माण गर्ने सो कम्पनीले जनाएको छ । कम्पनीले सोमबार जारी गरेको विज्ञप्तीमा सरकारले अनुमति दिएमा पहिलेकै स्वरुपमा पुनःनिर्माण सुरु गर्ने उल्लेख...
काठमाण्डु,२१ वैशाख-गत साता गएको विनाशकारी भूकम्पका कारण ४९ करोड बराबरको पशुधन र दुई अर्ब बराबरको खाद्यबाली क्षति भएको छ । कृषि विकास मन्त्रालयले हालसम्म भएको पशुपक्षी तथा बाली नालीको क्षतिको विवरण सङ्कलन गरी उक्त क्षतिको प्रारम्भिक अनुमान गरेको हो । मन्त्रालयअन्तर्गत सङ्कलित...
राजविराज,२१ वैशाख-यहाँ विश्व बैंकको पाँच अर्ब २० करोडको लागतमा नेपाल–भारतबीच ४०० केभी विद्युत् प्रसारण लाइनका लागि भूकम्पप्रतिरोधात्मक ८०० विद्युत् टावर निर्माणको कार्य भइरहेको छ । भारत विहारको मुजफ्फरपुर हुँदै जनकपुरको ढल्केवर,बर्दिवास,सप्तरीको कञ्चनपुर हुँदै सुनसरीको इनरुवासम्म ४०० मिटरको दूरीमा फलामे स्टिलको टावर निर्माण कार्य...
गौशाला,२१ वैशाख-महोत्तरीको डाम्ही मडै गाविसमा आइतबार राति भीषण आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको छ । डाम्ही मडै गाविस–७ बस्ने दाजुभाइ रामपदार्थ साह र रामस्वार्थ साहको गोठमा राति २ बजेको समयमा भएको भीषण आगलागीबाट दुई वटा भैँसी,एउटा पाडी र एक वटा गोरु जलेर...
बनेपा,२१ वैशाख-भूकम्पका कारण काभ्रेपलाञ्चोक जिल्लामा मृत्यु भएका परिवारलाई एक करोड २२ लाख ४० हजार वितरण गरिएको छ । भूकम्पबाट बढी प्रभावित भएका पाँचखाल नगरपालिका,गौरीविसौना देउपुर,बनेपा नगरपालिका, धुलिखेल नगरपालिका,कासीखण्ड नगरपालिका,कुशादेवी,विर्तादेउराली गाविसलगायत विभिन्न गाविसमा ४० हजारका दरले प्रतिव्यक्ति किरिया खर्च वितरण भएको जिल्ला प्रसासन कार्यालय काभ्रेपलाञ्चोकले...
काठमाण्डु, २० वैशाख– महानायक राजेश हमालले भूकम्पपीडितका लागि ९० लाख संकलन गरेका छन् । नेदरल्याण्डमा सहयोग संकलन गरिरहेकमा हमालले एक दिनमा मात्र यतिका रकम संकलन mगरेका हुन् । उनी त्यहाँबाट सहयोग उठाई आउादो बिहीबार नेपाल फर्कने जनाएका छन् ।...