भक्तपुर,२५ वैशाख-विनाशकारी भूकम्पका कारण ऐतिहासिक सहर भक्तपुर नगरका ११६ सम्पदामा क्षति पुगेको छ । नगरभित्र रहेका सम्पदामध्ये ६७ सम्पदा पूर्ण रुपमा क्षति भएको र ४९ सम्पदामा आंशिक क्षति पुगेको भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत उद्धव रिजालले जानकारी दिए । पूर्णरुपमा क्षति भएका नगरपालिका भवन,फसि...
काठमाण्डु,२४ वैशाख-राष्ट्रिय बिमा संस्थानका कर्मचारीले भूकम्प प्रभावितको राहत,उद्धार तथा पुनःनिर्माणका लागि ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोष’मा एक करोड जम्मा गर्ने निर्णय भएको छ । संस्थानका सहायक प्रशासक शालिग्राम पराजुलीले बिहीबार जारी गरेको विज्ञप्तिमा बुधबार बसेको सञ्चालक समितिको बैठकले सो रकम जम्मा गर्ने निर्णय...
काठमाण्डु,२४ वैशाख-वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट काठमाण्डु उपत्यका खानेपानी लिमिटेडका चार भवन पूर्ण रुपमा क्षति हुनाका साथै २० करोड बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ । भूकम्पले फर्पिङको पानी उत्पादन प्रणाली पूर्ण रुपमा भत्किँदा दैनिक दुई करोड लिटर पानी उत्पादन बन्द भएको छ...
काठमाण्डु, २४ वैशाख– ‘हामी सक्छौँ’ भन्ने नाराका साथ नेपाली विद्यार्थीको एक समूहले ललितपुरको बुङ्मति क्षेत्रमा २० देखि ३० हजारमै नयाँ घर बनाउने भएको छ । इन्जिनियरहरु समेत सम्मिलित उक्त टोलिमा विद्यार्थीले भूकम्पबाट प्रभावित मानिसहरुलाई कसरी पहिलेकै जीवनमा फर्काउन सकिन्छ भन्ने उद्धेश्यले यस्तो अभियान चालेका...
सप्तरी,२४ वैशाख-सप्तरीको कविलास–९ मा बुधबार राति भएको आगलागीमा परी एक दर्जन घर जलेर नष्ट हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ । स्थानीय सलमा खाँको घरबाट एक्कासि सल्केको आगोले छिमेकी उमर,फुलोसरी खातुन, कोदामदसहितको घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालयले जनाएको छ...
काठमाण्डु,२४ वैशाख-स्विट्जरल्यान्डले भूकम्पपीडितको सहयोगार्थ नौ करोड ७२ लाख उपलब्ध गराउने भएको छ । रामेछाप,ओखलढुङ्गा,खोटाङ र दोलखाका २० हजार भूइँचालो पीडितलाई अस्थायी बासको व्यवस्था तथा दोलखाका पाँच हजार पीडितलाई खाद्य सामग्री वितरणमा उक्त सहायता रकम खर्च गरिने यहाँस्थित स्विस राजदूतावासले जनाएको छ । विकासका...
एजेन्सी– बुधबार बलिउडका चर्चित हस्ती सलमान खान १३ वर्षअघिको हिट एण्ड रन मुद्धामा पाँच वर्ष जेल परे । उनी जेल परेपछि उत्पादनकोे अन्तिम चरणमा रहेका उनका फिल्मको भने बेहाल भएको छ । प्रेम रतन धन पायो र बजरंगी भाइजान यसका केही उदाहरण हुन् ।...
काठमाण्डु,२३ वैशाख-प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सतसट्ठी करोड ५२ लाख नौ हजार ३२७ दाखिला भएको छ । भूकम्पपीडितहरूको सहयोगका लागि विभिन्न सरकारी एवम् गैरसरकारी संस्थाबाट आजसम्म उक्त रकम प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । बुधबार उक्त कोषमा १९ सङ्घसंस्थाले सहायता रकम दाखिला...
काठमाण्डु,२३ वैशाख-नेपाल प्रहरीले भूकम्पपीडितको सहयोगार्थ १० करोड एकसय ११ प्रदान गरेको छ । नेपाल प्रहरीका सबै दर्जाका कर्मचारीको तलब कट्टा गरी उक्त रकम बुधबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दाखिला गरिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।...
काठमाण्डु,२३ वैशाख-अर्थ मन्त्रालयले वैशाख १२ गते शनिबार आएको भूकम्पले पु¥याएको भौतिक क्षतिको पुनःनिर्माणमा सहयोग पु¥याउन दातृ निकायलाई आग्रह गर्ने भएको छ । यसका लागि मन्त्रालयले नेपालको आर्थिक एवम् सामाजिक विकासमा सहयोग गरिराखेका नेपालस्थित दातृ निकायसित छिट्टै छलफल गर्न लागेको अर्थमन्त्री रामशरण महतले जानकारी...
रुकुम,२३ वैशाख-जिल्ला दैवीप्रकोप उद्धार समिति रुकुमले विनाशकारी भूकम्पपीडितलाई राहात वितरणलाई तीव्र पारेको छ । समितिले अहिलेसम्म जिल्लाका विभिन्न ठाउँमा रहेको पीडितलाई ३१ लाख ५० हजार रुपैयाँ राहत वितरण गरिसकेको समितिका अध्यक्ष एवम् प्रजिअ अन्तरबहादुर सिलवालले जानकारी दिए । अहिलेसम्म जिल्लामा ५५ घर बस्न...
रुपन्देही,२३ वैशाख-लमजुङका भूकम्प पीडितलाई भैरहवाका लायन्स र लियो क्लबले संयुक्तरुपमा २० लाख मूल्य बराबरका राहत सामग्री सहयोग गरेका छन् । दुई क्लबले लमजुङको पाचौक गाविसमा पुगेर ७८ घर परिवारलाई खाद्यान्न,लत्ताकपडा,भाँडा र टेन्ट वितरण गरिएको लियो क्लब सिद्धार्थनगरका जनसम्पर्क अधिकृत मनोज क्षेत्रीले जानकारी दिए...