अमेरिका– उत्तर अमेरिककाको सर्वोच्च शिखर डेनाली आरोहणको तयारीमा रहेका अल्ट्रा धावक तथा कृतिमानी पर्वतारोही संजय पण्डितलाई जनसम्पर्क समिति अमेरिकाले बिहीबार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । समारोहमा संजयलाई सम्मान गर्नुका साथै सफलताको कामना गर्दै करिब तीन लाख आर्थिक रकमसमेत हस्तान्तरण गरियो । सात...
पर्सा, ३ असार– भूकम्पका कारण वीरगन्ज भन्सार कार्यालयलाई डेढ अर्ब बढीको नोक्सानी भएको छ । भूकम्पका कारण जेठ महिनामा रु एक अर्ब ७५ करोड ३७ लाख दुई हजार राजस्व क्षति भएको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई जेठ महिनामा आठ अर्ब...
काठमाण्डु, २ असार-माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सेयर नपरेका आवेदकको भुक्तानी फिर्ता गर्ने कार्य बुधबारदेखि सुरु भएको छ । नागरिक लगानी कोषका अनुसार फिर्ता भुक्तानी कार्य उक्त कोष, एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड, राष्ट्रिय वाणिज्य बैंकका नयाँ बानेश्वर, विशालबजार, पुल्चोक र भक्तपुरको सूर्यविनायकस्थित शाखाबाट भइरहेको...
कठमाण्डु, २ असार-अर्थमन्त्री रामशरण महतले बजेटको स्रोत जुटाउन समस्या नभएपनि कार्यान्वयनमा समस्या रहेको बताएका छन् । उनले भने, ‘आर्थिक वर्ष समाप्त हुन लाग्दा अधिकाशं मन्त्रालयका विकास बजेट पचास प्रतिशत पनि खर्च हुन सकेका छैनन्, जुन दुःखद् कुरा हो ।’ विपी चिन्तन प्रतिष्ठान...
मुस्ताङ, २ असार-चिसोले चार हजार बढी भेडाच्याङग्रा मरेपछि उपल्लो मुस्ताङका ६ गाविसका किसानले ४५ करोडको नोक्सानी व्यर्होनु परेको छ । असोजदेखि फागुनसम्म पटकपटक परेको हिमपातसँगै बढेको चिसोले लोमान्थाङ, छोसेर, छोन्हुप, घमी, चराङ र झोङ गाविसमा भेडाच्याङग्रा, लुलुगाई, घोडा, झोपालगायत चार हजार पशुचौपाया मरेका...
परासी, २ असार-नवलपरासीको गण्डक बाँध क्षेत्रमा भारत सरकारले जीर्ण बि ग्याप बाँधको ठोकर नं १२ ‘ए’ र ठोकर नं १३ को बीच भागमा कामको थालनी गरेको गरेको छ । यस अगावैको वर्षाले भत्काएको ठोकर वरपरको ब्लकको स्थानमा पछिल्लो भागको मर्मतसम्भार साथै थप ब्लक...
लहान, २ असार– लामो समयदेखि कर नबुझाएका २२ करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानुनी कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका मूल्यअभिवृद्धि करतर्फका २२ करदाताको जग्गा, धरौटी , बैंक खाता रोक्का गरी कानुनी कारबाही अघि बढाएको आन्तरिक राजस्व कार्यालय...
काठमाण्डु, १ असार-उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले ताप्लेजुङ र सङ्खुवासभामा जेठ २७ गते गएको पहिरोमा परेर ३७ जनाको मृत्यु भएको जानकारी दिएका छन् । व्यवस्थापिका–संसद राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिको मंगलबारको बैठकमा उहाँले उक्त घटनामा १८ जना बेपत्ता हुनका साथै...
काठमाण्डु, १ असार– प्रधानमन्त्री सुशील कोइरालाले दमक–चिसापानी–रवि हुँदै ताप्लेजुङ्ग छिचोल्ने फाल्गुनन्द मार्गलाई उच्च प्राथामिकतामा राख्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन् । ताप्लेजुङ्ग,पाँचथर,इलाम र झापा जिल्लाको मुख्य राजनीतिक दलका सभासद र जिल्ला नेताहरु सम्मिलित प्रतिनिधि मण्डलले बुझाएको ज्ञापनपत्र मंगलबार बुझेपछि प्रधानमन्त्री कोइरालाले सो निर्देशन...
काठमाण्डु, १ असार-उद्योगमन्त्री महेश बस्नेतले भूकम्पमा क्षति भएका कलकारखाना, उद्योगलाई सहुलियत ऋण उपलब्ध गराउने बताएका छन् । जुत्ता उत्पादक सङ्घ नेपालले मंगलबार आयोजना गरेको जुत्ता तथा चप्पल डिजाइन तालिमको उद्घाटनमा उनले क्षतिग्रस्त उद्योगलाई ऋण उपलब्ध गराउन मन्त्रालयले पहल गरेको बताए । उनले भूकम्पपछि...
काठमाण्डु,१ असार-विश्व बैंकले भूकम्पबाट नेपालको अर्थतन्त्रमा भएको क्षति दुरुस्त तुल्याउन तथा थप नेपालीलाई गरिबीको दुष्चक्रमा फस्नबाट जोगाउन दीर्घकालीन सहयोग अपरिहार्य भएको बताएको छ । नेपाल सरकारले घोषणा गरेको विपद्पछिका आवश्यकताको मूल्याङ्कन (पिडिएनए) का प्रमुख परिणामप्रति प्रतिक्रिया जनाउँदै उक्त बैंकले अर्थतन्त्रलाई भूकम्पअघिको अवस्थामा फर्काउन...
झापा, १ असार-जिल्ला विकास समितिअन्तर्गत स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) ले झापाका ३७ गाविसमा एक करोड ५३ लाख ५५ हजार लगानी गरेको छ । गरिबी न्यूनीकरण गर्ने मुख्य उद्देश्यले सञ्चालित सामुदायिक विकास पूर्वाधार अनुदान कार्यक्रम अन्तर्गत उक्त रकम लगानी गरिएको हो...