अर्थ

भूकम्पपीडित बहालवाला र अवकाश प्राप्त सेनालाई दुई अर्ब

२०७२ असार ९ गते १४:०८

नुवाकोट,९ असार-‘नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन तथा भेटघाट कार्यक्रम–२०७२’ अवसरमा बुधबार आयोजित समारोहमा भूकम्पपीडित अवकाश प्राप्त सैनिक तथा एकल महिलालाई राहत रकम वितरण पुनःस्थापनासम्बन्धी योजना सार्वजनिक भएको छ ।   प्रधानसेनापति गौरवशम्शेर राणाले क्षतिको विवरणका आधारमा सैनिक कल्याणकारी कोषबाट व्यवस्था गरिएको २५ देखि ७५...

कक्षा ११ मा भर्ना हुन फाराम शुल्क २५ रुपैयाँ मात्र

२०७२ असार ८ गते ११:५३

काठमाण्डु, ८ असार– कक्षा ११ मा भर्ना हुनका लागि उच्च माविहरुले फाराम शुल्कबापत २५ मात्रै लिन पाउने भएका छन् । कतिपय उच्च माविले जथाभावी धेरै शुल्क लिएको पाइएपछि उच्च माध्यमिक शिक्षा परिषद्ले २५ मात्रै शुल्क लिन पाउने नियम बनाएको हो । परिषद्ले आज एक...

तिब्बत र नेपालको सीमा क्षेत्रमा व्यापार मेला सुरु

२०७२ असार ८ गते १०:३७

मुस्ताङ, ८ असार–नेपाल र तिब्बतको सीमा क्षेत्रमा सोमबारदेखि व्यापार मेला सुरु भएको छ । नेपाली सीमादेखि ११ किलोमिटरको दूरीमा तिब्बतका व्यापारीले साताव्यापी व्यापार मेला सुरु गरेका हुन् । मेलामा तिब्बतमा उत्पादित लत्ताकपडा, फर्निचरका सामान र विभिन्न किसिमका कस्मेटिक सामान खरिद गर्न नेपाली व्यापारीको भीड...

महासङ्घ अध्यक्ष निर्विरोध चयन गर्न पूर्व अध्यक्षहरुको जोड

२०७२ असार ७ गते १८:४५

काठमाण्डु, ७ असार-नेपाल उद्योग वाणिज्य महासङ्घका नौजना पूर्व अध्यक्षले असार १८ गते हुन लागेको महासङ्घ अध्यक्षको निर्वाचन निर्विरोध हुनुपर्नेमा जोड दिएका छन् ।   उनीहरुले सोमबार ललितपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर महासङ्घको अध्यक्षको उम्मेदवारी दिनेले अहिलेको पदबाट राजीनामा दिई नैतिकताका आधारमा अगाडि बढ्नुपर्ने बताए...

दूतावासलाई बढी रकम तिरेर फर्कनुपर्दा नेपाली मारमा

२०७२ असार ७ गते १८:१४

काठमाण्डु, ७ असार-गैरआवासीय नेपाली सङ्घ मलेसियाले त्यहाँस्थित नेपाली दूतावासलाई तोकिएको भन्दा बढी रकम तिरेर फर्किनुपरेपछि नेपाली मारमा परिरहेका जनाएको छ ।   सङ्घले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी मलेसियामा रोजगारीका क्रममा दुःख पाएकालाई कम्पनीले राहदानी फिर्ता नदिने भएकाले नेपाली दूतावासमा निश्चित् रकम बुझाएर नेपाल...

सरकारको आयोजनामा हुन लागेको अन्तर्राष्ट्रिय दातृ सम्मेलनमा को–को आउने भए ? (हेरौं नाम)

२०७२ असार ७ गते १६:३५

काठमाण्डु, ७ असार-भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन असार १० गते आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा आउने अधिकांश सहभागीको टुङ्गो लागेको छ ।   सम्मेलनमा चीन र भारतका विदेश मामिला मन्त्रीहरु क्रमशः वाङ वी र सुष्मा स्वराज सहभागी हुने...

पर्यटकलाई स्वागत गर्दै एमाले

२०७२ असार ७ गते १५:०४

काठमाण्डु, ७ असार-नेकपा एमालेका राष्ट्रिय स्वयम्सेवक अभियानअन्तर्गत मङ्गलबार मुलुकका पर्यटकीय केन्द्र या पदमार्गमा पार्टी नेताको उपस्थितिमा स्वदेशीरविदेशी पर्यटकलाई स्वागत सत्कारलगायत विशेष कार्यक्रम गरिने भएको छ ।   कार्यक्रमको तयारीका सन्दर्भमा मंगलबार सो पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यकर्ता भेलामा स्वदेशीरविदेशी पर्यटकलाई स्वागत सत्कार, पर्यटकीय सम्पदाको...

दूधको मूल्य घट्दैन: पन्त

२०७२ असार ७ गते १३:४३

चितवन, ७ असार-दुग्ध विकास बोर्डले भूकम्पकै कारण दूधको मूल्य नघट्ने भन्दै किसानलाई आश्वस्त पारेको छ ।   दूध किसानको समस्या बुझ्न चितवन आएका बोर्डका कार्यकारी निर्देशक बाबुकाजी पन्तले दूधको मूल्य घट्न नदिने प्रतिबद्धता जनाए । होलिडे गर्नु नपर्ने वातावरण निर्माणमा बोर्ड लागेको उनले बताए...

सडक निर्माणका लागि तीस अर्ब छुट्याइएको छः निधि

२०७२ असार ७ गते १२:४६

मोरङ,७ असार-भौतिक योजना तथा पूर्वाधार मन्त्री विमलेन्द्र निधिले मुलुकभरका सडक निर्माणका लागि आफ्नो मन्त्रालयले यस वर्ष ३० अर्ब बजेट छुट्याएको बताएका छन् ।   विराटनगरमा सोमबार कार्यकर्तासँग भेटघाटका अवसरमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै मन्त्री निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको बेला दिएको एक...

सस्तोमा डलर साट्ने प्रलोभन देखाएपछि…

२०७२ असार ६ गते १७:३८

काठमाण्डु, ६ असार– सस्तोमा डलर साट्ने प्रलोभन देखाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रविसे–४ बस्ने २६ बर्षीय गंगा बहादुर दुम्जनलाई महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । स्वयम्भू बस्ने मुस्ताङ्ग मुक्तिनाथ–१ घर भएका २६ बर्षीय पाल्साङ, टाँसी गुरुङ्गलाई अपरिचित फोनबाट भुकम्पमा परेर...

चितवनमा जग्गा प्लटिङ रोक्का

२०७२ असार ६ गते १६:४४

चितवन, ६ असार-भूमिसुधार तथा व्यवस्थापन विभाग र भरतपुर उपमहानगरपालिकाले पत्राचार गरेपछि मालपोत कार्यालय चितवनले प्लटिङ कार्यमा पूर्णरुपमा रोक लगाएको छ ।   कार्यालयले आइतबारबाट जग्गामा बाटो खोलेर प्लटिङ गर्ने कार्यलाई रोकेर घडेरीको रजिस्ट्रेसन पारित खुल्ला गरेको छ । कार्यालयका प्रमुख टङ्कप्रसाद उपाध्यायका अनुसार भरतपुर...

जडीबुटी प्रवद्र्धन योजना सुरु

२०७२ असार ६ गते १५:२३

पाल्पा, ६ असार-जिल्ला वन कार्यालय पाल्पाले दोभान गाविस– ८ पाटनस्थित केरेनी रानीवन सामुदायिक वनमा व्यावसायिक जडीबुटी प्रवद्र्धन योजना सुरु गरेको छ ।   समुन्द्र सतहदेखि १७ सय मिटर उचाइमा रहेको सामुदायिक वनको साँढे दुई हेक्टर क्षेत्रफलमा उपभोक्ताले वन कार्यालयको सहयोगमा चिराइतोको बीउ छरिसकेका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us