दमौली, १ जेठ-गोरखामा भूकम्पबाट मृत्यु भएका परिवारलाई दुई करोड १० लाख राहत वितरण गरिएको छ । मृतकका परिवारलाई काजकिरियाबापत प्रतिपरिवार ४० हजार र राहतस्वरुप एक लाख वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवराज तिमल्सेनाले बताए । गोरखा जिल्लामा पहिलोपटकको भूकम्पमा परी ४१२ र...
काठमाण्डु,३१ वैशाख-वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट नेपाल राष्ट्र बैंकको भवन भत्किएपछि अव्यवस्थित कार्यसम्पादनलाई सहजरुपमा सञ्चालनका लागि केन्द्रीय बैंकका केही शाखा प्रभु बैंकको लैनचौर भवनमा सारिने भएको छ । भीम शम्शेरले विसं १९८८ मा बनाएको राष्ट्र बैंकको पुरानो भवन र थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा...
मोरङ,३१ वैशाख- वैशाख १२ गतेदेखि अहिलेसम्म विभिन्न चरणमा भूकम्पका कारण मोरङ, सुनसरी औद्योगिक करिडोर क्षेत्रले एक अर्ब ४४ करोड घाटा बेहोर्नु परेको उद्योग सङ्गठन मोरङले जनाएको छ । उद्योग सङ्गठन मोरङका कार्यालय सचिव सोम अधिकारीका अनुसार मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योग पूर्णरुपमा सञ्चालन हुन नसकेका...
कपिलवस्तु, ३१ वैशाख-कपिलवस्तु जिल्लाको क्षेत्र नं ५ का युवा सभासद् अभिषेकप्रताप शाहले हालैको विनाशकारी भूकम्पबाट प्रभावित भएकालाई आफूले पाउने एक वर्षको तलब दिने घोषणा गरेका छन् । कपिलवस्तुको सदरमसकाम तौलिहवामा मधेस मिडिया सोसाइटीले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रेस विज्ञप्तिमार्फत उनले उक्त कुराको घोषणा गरेका हुन्...
रसुवा, ३१ वैशाख – विनाशकारी भूकम्पका कारण रसुवा जिल्लामा मरेका चौपायाको प्रारम्भिक लगत सङ्कलन भएको छ । जिल्ला पशुसेवा कार्यालय रसुवाका अनुसार भैँसी ४९०, मझौलाखाले गाईगोरु एक हजार १२९ र पक्षी ११ हजार, घर गोठ, मचानले च्यापेर मृत्यु भएको छ । कुहिएर मानव जनजीवनमा...
काठमाण्डु, ३० वैशाख– साना किसान विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २३ लाख रुपैयाँभन्दा बढी रकम प्रदान गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले २३ लाख ९ हजार ९८ रुपैयाँको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका थिए...
काठमाण्डु, ३० वैशाख-प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा नेपालको व्यापारिक घराना आइसिटिसी ग्रुप अफ कम्पनीजले एक करोड सहयोग गरेको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आइसिटिसी ग्रुप अफ कम्पनीजका अध्यक्ष दिनेशलाल श्रेष्ठले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण...
नवलपरासी,३० वैशाख-विनाशकारी भूकम्पले नवलपरसाीमा २२ करोडको क्षति गरेको अनुमान गरिएको छ । जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले २२ करोडको क्षति पु¥याएको अनुमान गरेको हो । जिल्लामा सङ्कलन भएको विवरणको आधारमा सो मूल्यबराबरको क्षति भएको आङ्कलन गरिएको हो । भूकम्पबाट २३३ घर पूर्ण...
काठमाण्डु, २९ वैशाख–कृषि विकास बैंक नेपाल वित्तीय संस्था कर्मचारी संघले भूकम्प पीडितलाई ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पका पीडितलाई राहत उपलब्ध गराउन सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा संघले चेकमार्फत...
ललितपुर, २८ वैशाख-ललितपुरमा वैशाख १२ गते गएको भूकम्पमा परी ध्वस्त भएका स्वास्थ्य संस्थामा करिब दुई करोड बरावरको क्षति भएको छ । जिल्लाभर रहेका स्वास्थ्य संस्थामध्ये आठ वटा पूर्णरुपमा क्षति भएको,कालेश्वर, माल्टा, शङ्खु, चौघरे गाविसमा रहेका स्वास्थ्य चौकी तथा मानिखेल, ठूलादुर्लुङ, दलचोकी र लामाटारमा...
पोखरा,२८ वैशाख-पोखरा बाराही चोककी बालकुमारी कुँवरले फिस्टेल हस्पिटल एन्ड रिसर्च सेन्टरमा १० लाख एक हजार १०५ को बालकुमारी कुँवर ९गीता० एवम् धन कुँवर अक्षयकोष स्थापना गरेका छन् । पोखरामा मंगलबार भएको एक कार्यक्रमबीच कुँवरले उक्त रकम हस्पिटल सञ्चालक समितिका अध्यक्ष डा प्रदीप घिमिरेलाई हस्तातरण...
काठमाण्डु, २८ वैशाख– वित्तीय कारोबार गर्दै आएको प्रभु समूहले आफ्नो सामाजिक दायित्व पुरा गर्न चितवनका चेपाङ समुदायलाई १५ लाख रुपैयाबराबरको त्रिपाल लगायत सामग्री वितरण गरेको छ । चितवन दारेचोक–७, ८ र ९ मा बसोबास गरिरहेका चेपाङ समुदायले त्रिपाल नपाएको गुनासो आएपछि प्रभु समूहले जिल्ला...