अर्थ

यार्सागुम्बा संकलन सुरु, यो वर्ष प्रतिकिलो १५ लाखभन्दा बढी बजार भाउ हुने अनुमान !

२०७२ जेठ ८ गते १०:११

भीमदत्तनगर, ८ जेठ-उच्च हिमाली भेगमा पाइने जडीबुटी यार्सागुम्बाको सङ्कलन सुदूरपश्चिमका पहाडी जिल्ला दार्चुला र बझाङ्मा सुरु भएको छ । दार्चुलाको ब्याँश, राप्ला, घुसा, खण्डेश्वरी, सित्तोला र गुल्जर गाविसमा यार्सागुम्बा सङ्कलन गर्न स्थानीय हिमाली भेगतर्फ प्रस्थान गरिसकेको अपि नाम्पा संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अशोककुमार...

भूकम्पले त्रिभुवन विश्वविद्यालयमा २ अर्ब बढीको क्षति

२०७२ जेठ ८ गते ८:२८

काठमाण्डु, ८ जेठ-नेपालकै पुरानो विश्वविद्यालय त्रिविमा विनाशकारी भूकम्पका कारण दुई अर्बभन्दा बढीको भौतिक क्षति भएको छ । भूकम्पले कीर्तिपुरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयदेखि केन्द्रीय पुस्तकालय र अन्य विभिन्न क्याम्पसको भौतिक संरचना ध्वस्त भएको छ । भूकम्पले त्रिविको केन्द्रीय कार्यालयसहित विभिन्न  अनुसन्धान केन्द्र तथा आङ्गिक क्याम्पसमा...

अमेरिकामा बस्ने नेपालीले विद्यालय पुनः निर्माणका लागि दिए १५ लाख

२०७२ जेठ ७ गते ११:४८

सिन्धुपाल्चोक,७ जेठ-अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संस्थाले भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विद्यालय पुनःनिर्माण गरिदिने भएको छ । अमेरिकामा रहेर शिक्षाको क्षेत्रमा काम गरिरहेको संस्था हिमालयन फाउन्डेसन कर्प तथा ‘करि विदाआउट वरी’नामक संस्थाले सिन्धुपाल्चोकको दुवाचौर गाविसमा रहेका पाँच विद्यालय पुनःनिर्माणका लागि १५ लाख हस्तान्तरण गरेको छ ।...

भूकम्पमा मृत्यु भएका भोम्जनको परिवारलाई इक्यानको सहयोग

२०७२ जेठ ७ गते ११:१९

काठमाण्डु,७ जेठ-नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले भूकम्पका कारण ज्यान गुमाएका खेलकुद पत्रकार सुमन भोम्जनको परिवारलाई आर्थिक सहयोग गरेको छ । इक्यानका अध्यक्ष राजेन्द्र बरालले नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष अजय फुयाँललाई बिहीबार ५१ हजार १११ को चेक हस्तान्तरण गरे । इक्यानका निवर्तमान अध्यक्ष...

नेप्से केन्द्रीय कार्यालयमा सिडिएस र ग्लोबल आइएईको कार्यालय !

२०७२ जेठ ७ गते ९:२५

काठमाण्डु,७ जेठ-भूकम्पका कारण १८ दिनदेखि ठप्प भएको पुँजी बजारलाई पुरानै अवस्थामा फर्काउने पहलस्वरुप सिडिएस एन्ड क्लियरिङ लिमिटेड र ग्लोबल आइएई बैंकको शाखा कार्यालय नेपाल स्टक एक्सचेन्जको केन्द्रीय कार्यालयमा सारेर काम सुरु गरिएको छ । सिडियस र बैंक रहेको थापाथलीस्थित भवन भूकम्पका कारण भत्किएपछि करिब...

अमेरिकी इन्जिनियहरुद्वारा भूकम्पबाट क्षतिग्रस्त २ हजार भवन परीक्षण

२०७२ जेठ ७ गते ९:१३

काठमाण्डु,७ जेठ-ग्लोबल फेयरनेस इनिसियटिभ एन्ड ब्रिक क्लिन ग्रुप नेपालले सहरी विकास मन्त्रालयको सहकार्य र अमेरिकी इन्जिनियरको सक्रियतामा दुई हजार भवनको प्राविधिक परीक्षण गरेको छ । प्राविधिक जाँच गरी प्रतिवेदन मन्त्रालयमा बुझाइएको अभियानकर्मी  होमराज आचार्यले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताए । ‘मन्त्रालयले उपयुक्त समयमा प्रतिवेदन...

तपाई किसान हो ? हो भने, जमिनको उर्वराशक्ति सुधार गर्न यसो गर्न सक्नुहुन्छ

२०७२ जेठ ७ गते ३:४९

म्याग्दी, ७ जेठ– गुणस्तरीय कम्पोस्ट मल उत्पादन गरी जमिनको उर्वराशक्ति बढाउने उद्देश्यले म्याग्दीको ताकम गाविसका कृषकले परम्परागत भकारोलाई सुधार गर्न थालेका छन् । खुला ठाउँको मलखादबाट नाइट्रोजन नष्ट हुने तथा मुत्र खेर जाने गरेको अवस्थामा गुणस्तरीय मल उत्पादन गरी जमिनको उर्वराशक्ति बढाउन भकारो सुधार...

बेलायतले १ अर्ब ५८ करोड रुपैया सहयोग गर्ने

२०७२ जेठ ६ गते १३:१७

काठमाण्डु, ६ जेठ–प्रधानमन्त्री सुशील कोइरालासंग नेपाल भ्रमणमा रहेकि संयुक्त अधिराज्य बेलायतको अन्तराष्ट्रिय विकास विभाग(डीएफआइडी)की सचिव तथा विधायिका सदस्य जस्टिन ग्रिनले प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भेट गरेकि छिन् । भेटका अवसरमा नेपालमा हालै आएको विनासकारी भूकम्पले पु¥याएको क्षति, उद्धार,राहत पुनस्थापना, पुनर्निर्माण ,नेपाल र बेलायतको सम्बन्ध...

इलामबाट एक करोड १४ लाख राहत सङ्कलन

२०७२ जेठ ६ गते ८:२६

इलाम, ६ जेठ– भूकम्पपीडितका लागि इलामबाट हालसम्ममा रु एक करोड १३ लाख ८३ हजार राहत सङ्कलन गरी पठाइएको छ ।   जिल्लास्थित सरकारी कार्यालयका कर्मचारी, निर्माण व्यवसायी, सहकारीकर्मी, गैरसरकारी संस्था तथा समाजसेवीले उक्त राहत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेका हुन् ।  ...

बजेट सिलिङ नतोडः कृषि समिति

२०७२ जेठ ५ गते १०:४९

काठमाण्डु, ५ जेठ– व्यवस्थापिका संसद अन्तर्गतको कृषि तथा जलश्रोत समितिले भूकम्पले कृषि क्षेत्रमा पु¥याएको गम्भीर क्षतिको तत्काल सम्बोधन नगरे उत्पादन घटेर खाद्यान्न संकट लगायत जनजीविकामा नकारात्मक प्रभाव पार्ने भएकाले कृषि क्षेत्रमा तोकिएको बजेट सिलिङ नतोड्न निर्देशन दिएको छ ।   मंगलबार सिंहदरवारमा बसेको समितिको...

दैवी प्रकोप उद्धार कोषमा विभिन्न संस्थाले दिए ६५ लाख बढी रकम

२०७२ जेठ ५ गते ८:०४

काठमाडु, ५ जेठ– प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मंगलबार नेपाल वायु सेवा निगम, प्रकृति संरक्षण कोष र इन्सेकले आर्थिक सहयोग प्रदान गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल वायु सेवा निगमका कामु महाप्रवन्धक किरण क्षेत्री(राणा)ले सत्तचालिस लाख छयानब्बे हजार नौ सय...

भूकम्पले छोएन तारे होटललाई !

२०७२ जेठ ४ गते ११:५५

काठमाण्डु,४ जेठ-विनाशकारी भूकम्प र पराकम्पन गइरहँदा पनि राजधानीका अधिकांश तारे होटलको संरचनामा कुनै असर पुगेको छैन । भवन संहिताको पालना गरी निश्चित मापदण्ड अपनाई बनाइएका तारे तथा विदेशी पर्यटकस्तरीय होटल भूकम्प र त्यसको पराकम्पनबाट सुरक्षित छन् । गत वैशाख १२ गते गएको ७.६ रिक्टर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us