ललितपुर, १५ असार-कृषि विकास मन्त्रालयले मंगलबार १२ औ राष्ट्रिय धान दिवसको अवसर पारेर पहिलोपटक प्रदान गरिएको राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार– २०७२ कैलाली जिल्ला टीकापुर नगरपालिका–७ बस्ने केरा व्यवसायी कृषक कालु हमालले पाएका छन् । सर्वोत्कृष्ट पुरस्कारको राशि दुई लाखको छ । अन्य उत्कृष्ट...
कञ्चनपुर, १५ असार-कञ्चनपुरको शङ्करपुरमा रहेको सामुदायिक बीउ विकास बैंक स्थानीय जातका लोपोन्मुख अवस्थामा पुगेका धानका प्रजाती जोगाउने कार्यमा सक्रिय भएको छ । बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका १९ प्रजातीका धानका बीउ संरक्षण गरेको छ । दुलहनीया, मन्सरा, सिमटारी, निमै, घिउपुरी, मुटमुर, अञ्जना, बगटी,...
म्याग्दी, १५ असार-जिल्ला कृषि विकास कार्यालयले युवा कृषकलाई व्यावसायिक बनाउन ५४ लाख ५६ हजार अनुदान प्रदान गरेको छ । युवा लक्षित कार्यक्रम अन्तर्गत १२० जना युवा कृषक र भकारो सुधार कार्यक्रम अन्तर्गत २८० जना कृषकले यो वर्ष अनुदान प्राप्त गरेका छन् । सरकारी...
सर्लाही, १५ असार-मुलुकभर मंगलबार राष्ट्रिय धान दिवस मनाउँदै गरेको अवस्थामा सर्लाहीमा भने हालसम्म एक प्रतिशत क्षेत्रमा पनि रोपाइँ भएको छैन । पर्याप्त पानी नपरेका कारण रोपाइँ हुन नसकेको हो । जिल्लामा छपन्न हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छ । जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा मनुष्मारा...
काठमाण्डु, १४ असार– आगामी अक्टोबरबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको एसियन इन्फ्रास्टक्चर इन्भेष्टमेन्ट बैंकको विधान (आर्टिकल अफ एग्रिमेन्ट) मा ५० मुलुकका अर्थमन्त्रीहरुले बेइजिङमा हस्ताक्षर गरेका छन् । अन्य सात मुलुकले आफ्नो मुलुकबाट संस्थापक बन्ने प्रस्ताव पारित गर्न बाँकी रहेको जनाइएको छ । नेपालको तर्फबाट अर्थमन्त्री...
काठमाण्डु, १४ असार – कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले नेपालका राइस मिलहरुको चर्को शुल्कको कारण चामल आयात बढेको बताएका छन् । सोमबार भएको अन्तरक्रियामा मन्त्री पराजुलीले तराइका मिलहरुले चर्को शुल्क लिएर धान कुटानी पिसानी गर्ने गरेकाले सीमा क्षेत्रका किसानहरु भारतकै मिलमा पुग्ने हुँदा आयात...
काभ्रेपलाञ्चोक, १४ असार – काभ्रेमा धानको सघनीकरण एसआरआइ पद्धतिको प्रविधि परीक्षणका रुपमा सञ्चालन भए पनि प्रभावकारी देखिएको छैन । नयाँ प्रविधिबाट खेती गर्दा अभ्यास झन्झटिलो भएकाले कृषकका लागि प्रभावकारी नभएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थर्कबहादुर जिसीले बताए । छिटो, धानको कलिलो...
मुस्ताङ, १४ असार – हिमाली जिल्ला मुस्ताङमा भारतीय पर्यटकको संख्या वृद्धि भएको छ । भूकम्पका कारण एक महिना ठप्प बनेको यस क्षेत्रमा भारतीय पर्यटकको चहलपहलले पर्यटन व्यवसायी राहतको महसुस गर्न थालेका छन् । बेनी–जोमसोम सडक एक महिना पछि असार ९ गतेदेखि सञ्चालनमा आएपछि सडक र...
म्याग्दी, १४ असार – ग्रामीण क्षेत्रमा लघु जलविद्युतको प्रयोग गरेर सञ्चालित पश्चिमाञ्चल विकास क्षेत्रका १ सय ५० लघु तथा साना उद्योगलाई वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले यसवर्ष एक करोड ७५ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । घरेलु तथा साना उद्योग विकास समितिले सोमबार बेनीमा...
म्याग्दी, १४ असार – साल्टटे«डिङ कर्पोरेसनले बर्षा यामका लागि धौलागिरिमा डेढ करोड रुपैयाँ बढी मूल्यको रासायनिक मल बिक्री गरेको छ । कर्पोरेसनको बागलुङस्थित डिपोबाट असार १३ गतेसम्म ३ सय ४३.५ मेट्रिकटन युरिया, १ सय ६५ मेट्रिक टन डिएपी र सात मेट्रिक टन पोटास मल...
काठमाण्डु, १४ असार – गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफ नेपालले काठमाण्डुको कागेश्वरी–मनहरा नगरपालिका वडा नं १ गागलफेदी, सुवेदीगाउँमा रोपाइँ महोत्सव गर्ने भएको छ । पर्यटकलाई विशेषगरी गाउँ उन्मुख गराएर पर्यटकीय गाउँको विकासका लागि अझ प्रेरणा मिलोस् भन्ने उद्देश्यले भिटोफले विगत वर्ष झैँ यस वर्ष...
सप्तरी, १४ असार –‘आँप एक स्वाद अनेक’ नाराका साथ पूर्व–पश्चिम राजमार्गसँग जोडिएको सप्तरीको कुसहा गाविसमा शुक्रबारदेखि सुरु भएको तीन दिने सप्तरी आँप महोत्सव २०७२ तथा बृहत् कृषि मेला प्रदर्शनी सोमबार सम्पन भएको छ । महोत्सवका अवसरमा कृषकको उल्लेख्य सहभागिता रहेको थियो । महोत्सवमा विभिन्न कृषिजन्य...