अर्थ

मुना टिप्न नपाउँदा १० करोड नोक्सान

२०७२ जेठ ११ गते ११:२१

ललितपुर, ११ जेठ– कृषकहरूले समयमा चिया बगानबाट मुना टिप्न नपाउँदा रु १० करोड बराबरको आर्थिक भार व्यहोर्नु पर्ने भएको छ । जिल्लाको दुर्गम क्षेत्र चन्दनपुर, कालेश्वर, मानिखेल, बुखेल, घुसेल, चौघरे, इकुडोल, गोटीखेल र शङ्खु गाविसमा रोपिएका अर्गानिक चियाको मुना भूकम्पका कारण समयमा टिप्न नपाएको...

हेभेन्ली पाथले दियो ४५ लाख बराबरको राहत सहयोग

२०७२ जेठ ११ गते ९:५५

काठमाण्डु,११ जेठ-आध्यात्मिक संस्था हेभेन्ली पाथले भूकम्प प्रभावित जिल्लाका जनताका लागि राहतस्वरुप ४५ लाख बराबराको नगद तथा खाद्य सहयोग उपलब्ध गराएको छ ।   विश्वका एक दर्जन देशमा सक्रिय उक्त संस्थाले सोमबार पत्रकार सम्मेलन गरी संस्थापक हिज होलिनेस मास्टर गड्यान्जलको नेतृत्वमा थप २० लाख बराबरको...

भूकम्पले काभ्रेका लघु जलविद्युत आयोजना बन्द

२०७२ जेठ ११ गते ८:४३

बनेपा,११ जेठ-भूकम्पले सबै क्षेत्रलाई तहसनहस बनाइरेहका बेला काभ्रेपलाञ्चोकमा रहेका केही लघु जलविद्युत् आयोजना बन्द भएका छन् ।   महाभारत शृङ्खला डाडाँपारी रहेको फलामेटार,फोक्सिङटार,मिल्चे माझिफेदालगायतका गाविसमा १५ देखि २० किलोवाट क्षमताका लघु जलविद्युत् आयोजना भूकम्पका कारण पूर्ण रुपले क्षति हुँदा बन्द भएका हुन् । जिविसको...

यार्सागुम्बा संकलनमा एउटै विद्यालयका २ सय विद्यार्थी !

२०७२ जेठ ११ गते ७:५४

जुम्ला,११ जेठ-जिल्लाको चौधबीस भेकमा पर्ने ऋणमोक्ष उच्च माध्यमिक विद्यालका दुई सयभन्दा बढी विद्यार्थीले यार्सागुम्बा टिप्न प्रधानाध्यापकसमक्ष सामुहिक निवेदन पेस गरेका छन् ।   निवेदनमा उनीहरूले ‘यार्सा टिप्न पाटन जान पाऊँ’भनेका छन् । निवेदन उद्धृत गर्दै उक्त उच्च माविका सहायक प्रधानाध्यापक जगतबहादुर शाहीले भने, ‘बर्सेनि...

भूकम्प पीडित कृषकका लागि निःशुल्क दश मेट्रिक टन धान दिइने

२०७२ जेठ १० गते ११:१६

ललितपुर,१० जेठ-भूकम्पबाट कृषि क्षेत्रमा पुगेको क्षतिलाई मध्यनजर राख्दै कृषकका लागि कृषि विकास मन्त्रालयवाट निःशुल्क रुपमा १० मेट्रिक टन धानको बीउ उपलब्ध गराउन लागिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।   विभिन्न जातका तरकारीका बीउ, स्प्रेयर, हजारी, प्लास्टिक सिड, सिड बिनलगायत कृषकलाई अति आवश्यक...

स्याउ किलो कै ४ सय !

२०७२ जेठ १० गते ८:२३

काठमाण्डु, १० जेठ– काठमाण्डुमा स्याउको मूल्य अकाशिएको छ । केही जातका स्याउ प्रतिकिलो ४ सय पुगेको छ । फलफुल आयातकर्ताहरुका अनुसार माग बमोजिम आयात नहुँदा त्यसको सीधा प्रभाव मूल्यमा परेको छ । दुई तीन हप्तासम्म प्रतिकेजी १५०–२०० सम्म रहेको स्याउको मूल्य अहिले ३ सयदेखि...

एनसीसी बैंकले ग¥यो राहत वितरण

२०७२ जेठ १० गते ७:४१

काठमाण्डु, १० जेठ– नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले भूकम्पपीडितको सहयोगार्थ स्थापना गरेको २८ लाखको “एनसीसी बैँक राहत कोष” बाट राहत वितरण गरेको छ । सो बैँकले शनिवार सिन्धुपाल्चोकको कालिका गाविस–६ का भूकम्पपीडितलाई राहत स्वरुप ७६ बण्डल जस्तापाता, ७५ किलोग्राम जि.आई. वायर र एक...

भक्तपुरमा गहुँ भित्र्याउँदै कृषि मन्त्रालयका कर्मचारी !

२०७२ जेठ ९ गते १०:१८

भक्तपुर,९ जेठ-भूकम्पका कारण पीडामा परेका कृषकले बाली भित्र्याउन नसकेपछि कृषि विकास मन्त्रालयले शनिबारदेखि ताथलीबाट बाली भित्र्याऊ अभियान सुरु गरेको छ । साबिक ताथली गाविस वडा नं ८ सौडोल (हाल महामञ्जुश्री नगरकोट नगरकोट–३) मा शनिबार कृषि मन्त्रालयअन्तर्गत विभिन्न विभाग तथा कार्यालयका कर्मचारीले गहुँ काट्ने, चुट्ने...

भूकम्पछि राजस्व संकलनमा कमी !

२०७२ जेठ ९ गते १०:०४

चितवन,९ जेठ-भूकम्पपछि आर्थिक क्षेत्रमा परेको प्रभावका कारण राजस्व सङ्कलनमा झन्डै आधा कमी आएको छ । मदिराजन्य पदार्थको ठूलो हिस्सा ओगटेको आन्तरिक राजस्व कार्यालय भरतपुर गएको वैशाख महिनामा ५९.०८ प्रतिशतमात्र राजस्व उठाउन सफल भएको छ । यस क्षेत्रमा देशको कुल उत्पादनको ८० प्रतिशतभन्दा बढी बियर...

भूकम्प पीडित विद्यार्थीलाई जनही १३ हजार बाटो खर्च !

२०७२ जेठ ९ गते ९:४४

गोरखाबजार, ९ जेठ-वैशाख १२ मा गएको विनाशकारी भूकम्पबाट पीडित गोरखाको उहिया गाविस–१,२ र ३ खोर्ला गाउँका विद्यार्थीलाई स्थानीय एक संस्थाले बाटा खर्च दिएको छ । सामुदायिक जनसेवा केन्द्र खोर्ला नामक संस्थाले सातकन्यादेवी मावि खोर्लाबाट प्रवेशिका दिएर विभिन्न उच्च मावि तथा क्याम्पसमा अध्ययनरत १८ जना...

कृषि मन्त्रीले भने, ‘भूकम्पका कारण मुलुकको अर्थतन्त्र १० वर्ष पछि धकेलियो’

२०७२ जेठ ८ गते १३:२७

भक्तपुर,८ जेठ– कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले विनाशकारी भूकम्पले देशको अर्थतन्त्र १० वर्षपछि धकेलिएको बताएका छन् । पराजुलीले भूकम्प क्षति पु¥याएको भौतिक संरचनाको पुनः निमार्ण गर्न खर्बौं रुपैयाँ लाग्ने भएकाले त्यसले मुलुकको विकास निर्माणमा असर पर्ने बताउँदै देशको अर्थतन्त्र १० वर्षपछि धकेलिएको विश्लेषण गरेका हुन्...

जापानले दश करोड सहयोग गर्ने

२०७२ जेठ ८ गते ११:२२

काठमाण्डु,८ जेठ-जापानले भूकम्पबाट क्षतविक्षत भएका भवनका भग्नावशेष हटाउन तथा कामका लागि दाम कार्यक्रमका माध्यमबाट आपत्कालीन रोजगारी सिर्जना गर्न १० करोड प्रदान गर्ने भएको छ । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा भग्नावशेष व्यवस्थापन,भत्केका भवन सुरक्षित ढङ्गले लडाउने, उपकरण र औजार सहयोगका साथै चाँडोभन्दा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us