अर्थ

भूकम्पका कारण राजस्व असुलीमा असर

२०७२ जेठ ४ गते ७:३२

वीरगन्ज,४ जेठ-वैशाख १२,१३ र २९ गते गएको विनाशकारी भूकम्प तथा पराकम्पनका कारण वीरगन्ज भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ ।   विनाशकारी भूकम्पका कारण भन्सार कार्यालयको राजस्व असुलीमा ठूलो घाटा लागेको छ । नेपालकै प्रमुख भन्सार असुली केन्द्रको राजस्व असुलीमा वैशाख महिनामा मात्र...

अब प्रतिअन्डाको मूल्य ८ रुपैयाँ मात्रै

२०७२ जेठ ४ गते ६:४५

काठमाण्डु, ४ जेठ उपभोक्ताले अवदेखि प्रतिअन्डाको मूल्य ८ रुपैयाँ मात्रै तिरे पुग्ने भएको छ ।   भूकम्पबाट प्रभावितलाई प्रोटिनयुक्त खाद्य तत्वको अभाव भएको भन्दै नेपाल अन्डा उत्पादक सङ्घले अन्डाको मूल्य घटाएको हो । यसअघि उपभोक्ताले प्रतिअन्डाको मूल्य १३ रुपैयाँ को हाराहारीमा तिर्ने गरेका थिए...

चितवनमा भूकम्पका कारण ४ करोडको खाद्यान्न नष्ट

२०७२ जेठ ४ गते ३:२०

चितवन, ४ जेठ–भूकम्पका कारण चितवनमा एक हजार १६० मेट्रिक टन सञ्चित खाद्यान्न क्षति भएको छ । घरमा थन्क्याएर राखिएको करिब चार करोड बराबरको खाद्यान्न क्षति भएको जनाइएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनले दिएको जानकारीअनुसार वैशाख १२ गते आएको भूकम्पले चितवनमा ठूलो परिमाणमा...

भूकम्पपछि मुस्ताङको होटल व्यावसाय धराशायी बन्दै

२०७२ जेठ ३ गते ११:२३

मुस्ताङ,३ जेठ-वैशाख १२,१३ र २९ गतेको विनाशकारी भूकम्प र पराकम्पनका कारण पर्यटकले धमाधम भ्रमण रद्द गरेपछि जिल्लाका होटल व्यवसाय धराशायी हुन थालेको छ ।   भूकम्पअघि भरिभराउ हुने होटलहरु अहिले सुनसान बनेका छन् । मौसमको समयमा आएको विपत्तिका कारण पर्यटक आउन छाडेपछि दैनिक ३७...

वीरगञ्ज नाकाबाट मात्र भित्रियो ६० करोड बढीको राहत, पीडित भने छट्टपटाउँदै

२०७२ जेठ ३ गते ११:१३

वीरगन्ज,३ जेठ-भूकम्पपीडितको राहत सहयोग स्वरुप अहिलेसम्म वीरगन्ज नाकाबाट ६० करोडभन्दा बढीको राहत सामग्री भूकम्प प्रभावित जिल्लामा पठाइएको जिल्ला दैवी प्रकोप उद्धार व्यवस्थापन समिति पर्साले जनाएको छ । भूकम्पपीडितको राहतका लागि वीरगन्ज नाका भएर आएका र स्थानीय विभिन्न गैरसरकारी सामाजिक सङ्घसंस्थाको सक्रियतामा हालसम्म सङ्कलन गरिएको...

धार्मिक महोत्सवबाट ५५ लाख

२०७२ जेठ ३ गते १०:४३

दाङ,३ जेठ-अमर उच्च मावि उरहरीमा सञ्चालित दाङ तुलसीपुर बबई उरहरी धार्मिक महोत्सवमा ५५ लाख छ हजार आर्थिक सङ्कलन भएको छ ।   स्नातक कक्षा सञ्चालन र विद्यालयको भौतिक निर्माणका लागि आर्थिक सङ्कलन गर्न महोत्सव सञ्चालन गरिएको हो । महोत्सवमा नेकपा एमालेका सभासद्हरुले चार लाख...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क बीउ वितरण गरिने

२०७२ जेठ ३ गते ७:०८

कञ्चनपुर, ३ जेठ– कञ्चनपुरका बाढीपीडितलाई निःशुल्क धानको बीउ वितरण गरिने भएको छ । गत वर्षको बाढीले प्रभावित कञ्चनपुरको दोधारा–चाँदनी, भीमदत्तनगरपालिका, झलारी–पिलाडी, देखतभूली, शङ्करपुर, पुनर्वासलगायतका स्थानमा रहेका १६ वटा समूहलाई निःशुल्क धानको बीउ वितरण गरिने भएको हो । जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरका अनुसार यस...

कृषिजन्य वस्तुमा कालोबजारी गर्नेलाई कानुनी कार्बाही हुन्छः कृषिमन्त्री

२०७२ जेठ २ गते ११:५०

काठमाण्डु,२ जेठ-कृषि विकास मन्त्री हरीप्रसाद पराजुलीले रासायनिक मल, बीउबिजन  एवम् पशुपक्षीको रोग विरुद्धका औषधिको कालोबजारी गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्ने बताएका छन् । मन्त्री पराजुलीले आपतकालिन अवस्थामा वितरण गर्न लागिएका उक्त सामग्रीमा कालोबजारी गर्ने कोही पनि कानुनबाट उम्कन नसक्ने बताए । वैशाख...

सहकारीले दियो भूकम्प पीडितलाई राहत

२०७२ जेठ २ गते ९:४९

बागलुङ,२ जेठ-वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण परिवारजन गुमाएका तित्याङ–७ तौलडाँडाका राजन बोसेलको परिवारलाई आस्था सहकारीले राहत प्रदान गरेको छ । आस्था बचत तथा ऋण सहकारीले आफ्नो चौथो स्थापना दिवसमा लाग्ने खर्च भूकम्पबाट पीडित परिवारलाई राहतस्वरुप दिएको हो । सहकारीका पदाधिकारीसहितको टोलीले शुक्रबार...

पर्यटन क्षेत्रको पुनरोत्थान सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

२०७२ जेठ २ गते ७:२६

काठमाण्डु, २ जेठ–प्रधानमन्त्री सुशील कोइरालाले नेपालको आर्थिक विकासको आधारको रुपमा लिइएको पर्यटन उद्योगलाई पुनरोत्थान गर्न सरकारले उच्च प्राथमिकता दिएको बताएका छन् । प्रधानमन्त्री कोइरालाले सो कुरा शनिबार बिहान प्रधानमन्त्री निवासमा होटल संघ नेपालले भूकम्प पीडितहरुको लागि प्रदान गरेको राहत रकम ग्रहण गर्दै बताएका हुन्...

भूकम्पबाट ध्वस्त संरचनाको पुनःनिर्माणका लागि ५ खर्बभन्दा बढी रकम लाग्ने

२०७२ जेठ १ गते ११:०४

काठमाण्डु,१ जेठ-नेपालस्थित स्थानीय दातृ निकायले गत वैशाख १२,१३ र २९ गते गएको भूकम्प र पराकम्पनका कारण भएको क्षतिलाई पुनःनिर्माणमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्थमन्त्रालयले शुक्रबार आयोजना गरेको बैठकमा सहभागी दातृ निकायका प्रतिनिधिले भूकम्पबाट नेपालले अकल्पनीय मानवीय एवम् भौतिक क्षति व्यहोर्नु परेको उल्लेख...

भूकम्पका कारण होटल व्यावसायमा ३८ करोड घाटा

२०७२ जेठ १ गते १०:५४

मोरङ,१ जेठ-वैशाख १२,१३ र २९ गते आएको भूकम्प र पराकम्पनहरुबाट मोरङमा सञ्चालित होटल व्यवसायीलाई ३८ करोड घाटा भएको छ ।   भूकम्पका विभिन्न पराकम्पन आउन थालेपछि भारतीय तथा अन्य देशका पर्यटक विराटनगर आउने क्रम रोकिएकाले होटलको व्यापारमा घाटा भएको पूर्वाञ्चल होटल व्यवसायी सङ्घले जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us