अर्थ

मूक्त हलियाका लागि सहकारी वरदान सावित

२०७२ असार ११ गते १३:४२

कञ्चनपुर, ११ असार-सहकारी संस्थामा आबद्ध भएपछि कञ्चनपुरका मुक्त हलिया परिवारको आर्थिक अवस्थामा सुधार आउन थालेको छ ।   सात वर्षअघि हलिया मुक्तको घोषणापछि जिल्लाका विभिन्न क्षेत्रमा छरिएर बस्दै आएका हलिया परिवार सङ्गठित हुँदै सहकारीमा आबद्ध भएका हुन् । मुक्त हलिया परिवारलाई आर्थिक रुपमा सशक्त...

सम्मेलन अत्यन्त सफल भयो: अर्थमन्त्री

२०७२ असार १० गते १८:५४

कठमाण्डु, १० असार-अर्थमन्त्री रामशरण महतले ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन–२०१५’ अत्यन्त सफल भएको बताएका छन् ।   राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै सम्मेलनका संयोजक महतले सम्मेलनमा आफूहरुले अपेक्षा गरेभन्दा पनि राम्रो उपस्थिति र प्रतिबद्धता प्राप्त भएको तथा यसबाट नेपालको पुनःनिर्माणमा महत्वपूर्ण सन्देश मिलेको बताए...

एघार करोड बढीको स्याउ भित्रियो

२०७२ असार १० गते १७:५४

झापा, १० असार-पूर्वी नाका काँकडभिट्टा भएर दुई महिनामा ११ करोड ९६ लाख ६१ हजार बराबरको स्याउ भित्रिएको छ ।   भूकम्पका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि यो नाका भएर चिनियाँ स्याउ भारत हुँदै नेपाल भित्रिएको हो । गत वैशाख १२ गतेपछि काँकडभिट्टा भएर...

राजस्व चुहावटका मुद्दामा वृद्धि

२०७२ असार १० गते १७:३८

कठमाण्डु, १० असार-राजस्व न्यायधिकरण कार्यालयमा राजस्व चुहावट सम्बन्धी विभिन्न किसिमका मुद्दा बढेको पाइएको छ ।   चालु आर्थिक वर्षको जेठ महिनासम्म एकहजार ४३२ राजस्व सम्बन्धी मुद्दा परेकामा जम्मा ७१९ मुद्दाको फैसला गरिएको छ । आयकर ६९२, मूल्य अभिवृद्धि कर ५१३, भन्सार १६० तथा अन्य...

२ दिने आँप महोत्सव हुने

२०७२ असार १० गते १७:३६

काठमाण्डु १० असार– फलको राजा मानिने आँंपसम्बन्धि पहिलो राष्ट्रिय आँंप महोत्सव हुने भएको छ । बिहिबार पत्रकार सम्मेलन गरेर नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वर तथा फलफूल विकास निर्देशनालय कीर्तिपुरले संयुक्त रुपमा शुक्रबारदेखि आँप महोत्सवको आयोजना गर्ने जनाएको हो । महोत्सवमा ११ वटा स्टल...

एडिबीले २० अर्ब सहयोग गर्ने

२०७२ असार १० गते १६:४८

कठमाण्डु, १० असार-एसियाली विकास बैंक ९एडिबी० ले भूकम्पपछिको पुनःनिर्माणका लागि तत्काल २० अर्ब सहयोग गर्ने भएको छ ।   बैंकले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका अध्यक्ष ताकेहिको नाकाओले उक्त सहयोग विद्यालय, स्वास्थ्य चौकी, ग्रामीण सडक पुनःनिर्माणमा लगानी गरिने बताए ।   उक्त सहायताका...

स्थानीय निकायमा करोडौं रकम दुरुपयोग हुने ठहर

२०७२ असार १० गते १६:३१

काठमाण्डु, १० असार-स्थानीय निकायमा निर्वाचित प्रतिनिधि नभई कर्मचारीको भरमा यी निकाय सञ्चालन हुँदा लक्षित समुदायसम्म सार्वजनिक सेवा पुग्न नसकेको पाइएको छ ।   ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रमका सहभागीहरुले स्थानीय निकायमा जननिर्वाचित सरकारको अभावमा देशमा भ्रष्टाचार थप मौलाएको बताएका हुन् । स्थानीय सरकारको जवाफदेहिता...

अठासी लाखमा पाँच कि.मी. सडक निर्माण

२०७२ असार १० गते १५:४६

जुम्ला, १० असार-जुम्लामा बड्की–ओदी ग्रामीण सडक निर्माण कार्य सम्पन्न भएको छ ।   दुर्गम क्षेत्रमा पर्ने बड्की गाविसमा ८८ लाख रुपैयाँको लागतमा पाँच किलोमिटर लम्बाइ भएको सो सडक निर्माण गरिएको हो । सदरमुकामदेखि करिब ४८ किलोमिटर टाढा रहेको बड्कीमा उक्त सडक गाविसको ७० लाख...

अर्थमन्त्रीले भने, ‘दाताहरुबाट सम्मेलनमा व्यक्त भावनाबाट थप उत्साहित बनाएको छ’

२०७२ असार १० गते १३:०३

काठमाण्डु, १० असार- अर्थमन्त्री रामशरण महतले पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटनसत्रमा व्यक्त भएका भावनाले नेपाल र नेपाली अझ सबल र सक्षम नेपाल निर्माणमा उत्साहित बनाएको बताएका छन् ।   सोल्टी होटलमा बिहीबार बिहानदेखि सुरु भएको सम्मेलनको उद्घाटनसत्रको समापनपछि पत्रकारलाई छोटो प्रतिक्रिया दिँदै उनले भने,...

यो हो एक करोड विद्युत महसुल नतिर्ने अस्पताल

२०७२ असार ९ गते १७:१५

मोरङ, ९ असार– विराटनगरको कोशी अञ्चल अस्पतालले एक करोड पाँच लाख विद्युत महसुल तिरेको छैन । बिगत दुई वर्षदेखि अस्पतालका विभिन्न बिभागमा प्रयोग गरिएको विद्युतको महसुल नतिरेको विद्युत प्राधिकरणले जनाएको छ । बिद्युत प्राधिकरण विराटनगरले शाखाले १५ दिन भित्र महसुल नबुझाए बिद्युत कटौती गर्ने...

उपत्यका पुनःनिर्माणबारे सरकारलाई ३३ बुँदे सुझाव

२०७२ असार ९ गते १४:५९

कठमाण्डु, ९ असार-भूकम्पपछिको काठमाण्डु उपत्यकाको अवस्थामा यहाँको संरचना निर्माणबारे तत्काल ठोस पहल गर्न तीनवटै जिल्लाका सभासद्हरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।   सभासद् नवीन्द्रराज जोशी नेतृत्वमा १५ जना सभासद्को टोलीले बुधबार प्रधानमन्त्री सुशील कोइरालालाई उनकै निवास बालुवाटारमा भेटी लिखित रुपमा ३३ बुँदे ध्यानाकर्षणपत्र पेस...

बीस लाखको लागतमा उदाहरणीय ‘होम स्टे’

२०७२ असार ९ गते १४:३८

इलाम, ९ असार- इलामका एक युवाले लखौँ लगानी गरेर ग्रामीण भेगमा ‘होम स्टे’ सञ्चालन गरेका छन् ।   माइमझुवाका पुरन गुरुङले बीस लाखको लागतमा पर्यटन प्रवद्र्धनका लागि गाउँमै ‘होम स्टे’ सुरु गरेका हुन् । होम स्टेका लागि भवन निर्माणमा १२ लाख ५० हजार खर्च...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us