अर्थ

भूकम्प पीडितका लागि नेपाल टेलिकमले दियो २७ करोड

२०७२ वैशाख २७ गते १२:५६

काठमाण्डु,२७ वैशाख-प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल टेलिकमले २७ करोड एक लाख ५७ हजार हस्तान्तरण गरेको छ ।   प्रधानमन्त्री सुशील कोइरालालाई आइतबार बालुवाटारमा टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुनीलबहादुर मल्लले सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।  ...

चेपाङ समुदायलाई प्रभु समूहकोे १५ लाख बराबरको राहत

२०७२ वैशाख २७ गते ११:५२

चितवन, २७ वैशाख–प्रभु समूहले चितवनका विकट वस्तीमा रहेको चेपाङ समुदायलाई १५ लाख बराबरको त्रिपाललगायतका राहत सामग्री वितरण गरेको छ । चितवन दारेचोक गाविसका वडा नं. ७, ८ र ९ मा बसोबास गरीरहेका चेपाङ समुदायले त्रिपाल नपाएको गुनासो आएपछि प्रभु समूहले जिल्ला प्रशाशन कार्यालय चितवनको...

लुम्बिनी करिडोरले ग¥यो २५ लाख बराबरको सहयोग

२०७२ वैशाख २७ गते ८:५३

सिद्धार्थनगर,२७ वैशाख-भूकम्पपीडितको सहयोगार्थ भैरहवा लुम्बिनी औद्योगिक करिडोर र वरपरका उद्योगको सक्रियतामा करिब २५ लाख बराबरको राहत सामग्रीसहितको टोली सिन्धुपाल्चोक पुगी पीडितलाई प्रत्यक्ष राहत उपलब्ध गराइएको छ ।   लुम्बिनी करिडोरमा रहेका सिमेन्ट उद्योगले सामूहिक रुपमा आर्थिक सङ्कलन गरी सहयोग उपलब्ध गराएको नेपाल अम्बुजा सिमेन्टका...

पर्यटक बिनाको सुनसान चितवन

२०७२ वैशाख २७ गते ७:२१

चितवन,२७ वैशाख-भूकम्पका कारण जिल्लाको पर्यटन क्षेत्र नराम्रो गरी प्रभावित बनेको छ ।   बेमौसम सुरु हुनुअघिको निकै राम्रो समय मानिने यतिबेला पर्यटकीय क्षेत्र सौराहा,पटिहानी,जगतपुर र मेघौली सुनसान बनेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका प्रथम उपाध्यक्ष सुमन घिमिरेका अनुसार गत वर्षमा ७० प्रतिशत बुकिङ...

चिनियाँ अर्बपतिले नेपालमा हजार घर बनाइदिने

२०७२ वैशाख २७ गते ६:५६

काठमाण्डु, २७ वैशाख– चीनका एक अर्बपति ज्याक माले नेपालका भूकम्प पीडितका लागि एक हजार घर बनाइदिने भएका छन् । नेपालको चाधरी ग्रुपसँग मिलेर ज्याकले एक हजार घर बनाउन आवश्यक रकम दिने भएको समाचारमा बताइएको छ । चौधरी गु्रपले यसअघि १० हजार घर बनाइदिने बताएको...

नहर निर्माणमा ७ करोड

२०७२ वैशाख २६ गते ११:१२

मोरङ,२६ वैशाख-मोरङको नगरोन्मुख गाविस मधुमल्लामा सात करोडको लागतमा पक्की नहर निर्माण कार्य सुरु गरिएको छ । आठ किलोमिटर लम्बाइ तीन किलोमिटर चौडाइ र छ मिटर गहिराइ रहेको उक्त नहर टाँडी गाविसस्थित रचना काली दह खोला छेउको पहाड काटेर नहर निर्माण कार्य सुरु गरिएको हो...

ढोरपाटनमा सिकार खेल्नेबाट उठ्यो ८५ लाख

२०७२ वैशाख २६ गते ११:०३

बागलुङ,२६ वैशाख-ढोरपाटन सिकार आरक्षमा वर्षको दोस्रो सिकार याममा १२ नाउर र पाँच झारलको सिकार भएको छ । गत फागुन १ देखि वैशाख ७ गतेसम्म चलेको सिकारयाममा चलेको यस सिकार याममा विदेशी सिकारीलाई १३ नाउर र छ झारलको सिकार अनुमति दिइए पनि एक नाउर र...

भूकम्प पीडितका लागि बाराका सहकारीहरुको सहयोग

२०७२ वैशाख २६ गते ८:५९

काठमाण्डु,२६ वैशाख-बारा जिल्लाका सहकारी सङ्घसंस्था र डुमरवानाका सामाजिक सङ्घसंस्थाले भूकम्पमा परेका स्थानीय मृतक परिवारलाई काजकिरिया खर्चस्वरुप १५ हजार एक सय र खाद्य तथा दैनिक उपभोगका सामाग्रीसहित २० हजार राहत उपलव्ध गराएको छ । भूकम्पमा परी निधन भएका लाल रतनपुरीका ठूलीमाया स्याङ्तान,भरतगन्ज सिंगोलका गणेश लोप्चन,...

दोलखामा प्रभु समूहको राहत वितरण

२०७२ वैशाख २५ गते १३:३६

काठमाण्डु, २५ वैशाख–प्रभु समूहले शुक्रबार भूकम्प प्रभावित दोलखा जिल्लामा १० लाख बराबरको राहत सामग्री वितरण गरेको छ । काठमाण्डु नजिक मात्रै राहतका सामग्री पुगिरहेको अवस्थामा सो समूहले शुक्रबार दोलखाको नाम्दु गाविसमा पुगेर राहत वितरण गरेको हो । भूकम्प गएको १३ दिन बितिसक्दा पनि आफूहरुले...

एभरेष्ट बैंकद्वारा एक करोड सहयोग गर्ने घोषणा

२०७२ वैशाख २५ गते १२:२९

काठमाण्डु, २५ वैशाख– विनाशकारी भूकम्पमा परेर पीडित भएकाहरुको राहत तथा पुनस्थापनाका लागि लागि एभरेष्ट बैंकले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बैंकद्वारा शुक्रबार विज्ञप्ती जारी गरी सो सहयोगको घोषणा गरेको हो । सो रकममध्ये ५० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको...

उद्धार कोषबाट एक अर्ब ८६ करोडभन्दा बढी निकासा

२०७२ वैशाख २५ गते ११:४३

काठमाण्डु,२५ वैशाख-केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट जिल्लाका दैवीप्रकोप उद्धार समितिलाई हालसम्म एक अरब ८६ करोड नौ लाख निकासा गरिसकिएको छ ।   वैशाख १२ गतेको भूकम्पबाट भएको जनधनको क्षति,खोज,उद्धार,राहत र परिचालनका सम्बन्धमा भइरहेका कार्यबारे व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा उपप्रधानमन्त्री वामदेव गौतमले विस्तृत जानकारी गराउँदै थप पाँच...

उद्धार कोषमा ग्लोबल आइएमई बैंकको दुई करोड ५० लाख

२०७२ वैशाख २५ गते ९:३९

काठमाण्डु,२५ वैशाख-आइएमई लि र ग्लोबल आइएमई बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषका लागि दुई करोड ५० लाख प्रदान गरेका छन् ।   प्रधानमन्त्री सुशील कोइरालालाई आइएमई लिमिटेड तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सो रकमको चेक हस्तान्तरण गरे । वैशाख...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us