कञ्चनपुर, ६ असार-कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडकमा गरिएको कालोपत्र दुई वर्ष नपुग्दै बिग्रिएको छ । एक करोडको लागतमा दुई हजार चारसय मिटर सडक कलुवापुरदेखि कालिका सामुदायिक वनसम्मको कालोपत्र गरिएको थियो । सडकका बीचबीचमा कालोपत्र उप्किएर बिग्रिएको हो । स्थानीय बासिन्दाका अनुसार सडकको...
म्याग्दी, ५ असार-म्याग्दीका व्यावसायिक पशुपालक युवा कृषकले यस वर्ष नौ लाख नगद अनुदान पाएका छन् । जिल्ला पशु सेवा कार्यालयले युवा लक्षित पशु विकास कार्यक्रमअन्तर्गत व्यावसायिक रुपमा बाख्रा र बङ्गुरपालन गरेका नौ जना कृषकलाई नगद अनुदान उपलब्ध गराएको हो । बाख्रापालन गरेका आठ...
काठमाण्डु, ५ असार-लामो समयदेखि नेपालमा च्याउखेती गरिँदै आएपनि यस खेतीको अत्याधुनिक विकास तथा प्रवद्र्धन हुन नसकेकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिइएको छ । चद्रागिरी नगरपालिका– १७ स्थित बलम्बुमा शनिबार आयोजना गरिएको दोस्रो राष्ट्रिय च्याउ परिकार महोत्सव– २०७२ मा सहभागी सरोकारवालाले च्याउखेतीलाई अत्याधुनिक प्रविधिमार्फत...
काठमाण्डु, ५ असार-यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.७५ अङ्कले घटेर अन्तिम दिन ९२४.६० अङ्कमा पुगेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६.७९ अङ्कले बढेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा १५१ कम्पनीहरुको सात हजार ५८ कारोबारबाट...
बनेपा, ५ असार-घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले भूकम्पबाट प्रभावित जिल्लामा अस्थायी संरचना निमाणका लागि जनशक्ति उत्पादन गर्ने भएको छ । भूकम्पबाट जनजीवन अस्तव्यस्त भएका बेला पुनर्निर्माणका लागि आवश्यक हुने डकर्मी, सिकर्मी, हाउस वायरिङ, प्लम्बिङको काम गर्ने...
मोरङ, ५ असार-सिँचाइमन्त्री एनपी साउदले सिँचाइ व्यवस्थापनमा देखिएका कमजोरी हटाउन तथा कृषि उत्पादकत्व बढाउनका लागि सिँचाइ ऐन ल्याउने तयारी भएको बताएका छन् । मोरङको सुनसरी मोरङ सिँचाइ योजनाको दुई पक्की पुलको एवम् नहर व्यवस्थापन हस्तान्तरण कार्यक्रमको शनिबार सुनसरीको भलुवामा उद्घाटन गर्दै मन्त्री साउदले...
म्याग्दी, ४ असार- म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार आइभिआरसिएलसँगको ठेक्का सम्झौता खारेज भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको ३२ मेगावाट क्षमताको सो आयोजनाको बाँध, सुरुङ, विद्युत्गृह र सडक बनाउने ठेक्का पाएको भारतीय कम्पनी आइभिआरसीएलको कमजोर आर्थिक अवस्थाका कारण काम...
पोखरा, ४ असार-कास्कीको छिनेडाँडामा निर्माण गरिन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो र दोस्रो चरणमा गरी हालसम्म ६३ जग्गाधनीलाई करिब २३ करोड मुआब्जा वितरण गरिएको छ । पहिलो चरणमा ८० रोपनी जग्गाको मुआब्जा वितरणका लागि सूचना प्रकाशित गरिएकामा ४१ जना जग्गाधनीले १५ करोड र...
काठमाण्डु, ४ असार-असार १० गते नेपालमा हुने अन्तर्राष्ट्रिय दातृ निकायको सम्मेलनबाट सरकारले भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका लागि ६६६ अर्बभन्दा बढी सहायता जुटाउने लक्ष्य लिएको छ । विनाशकारी भूकम्प र त्यसपछिका ठूला परकम्पबाट मुलुकभर विभिन्न २३ क्षेत्रमा पु¥याएको क्षतिको अध्ययनले पाँच खर्ब १२...
गोरखाबजार, ४ असार-उत्तरी गोरखाको ३० गाविसमा सञ्चालनमा रहेका लघुजलविद्युत् आयोजना हालै गएको भूकम्पले बिग्रेपछि यहाँका मानव बस्तीहरु विद्युत्विहीन बनेका छन् । त्रिपाल, टहराभित्र बस्दै आएका भूकम्पपीडितले विद्युत् सेवाबाट वञ्चित हुनुपरेको हो । उत्तरी भेगमा रहेका विभिन्न खोलाबाट निकालिएको विद्युत्ले गाउँ विद्युत्भार कटौतीमुक्त थियो...
बागलुङ, ४ असार-मध्यपहाडी लोकमार्ग कालोपत्रे हुन थालेपछि बागलुङ–बुर्तिवाङ सडकको यातायात भाडा घटेको छ । भाडा निर्धारण समितिले बागलुङ–बुर्तिवाङ सडकमा गुड्ने सवारीको भाडादर कटौती गर्ने निर्णय गरेसँगै यात्रुहरु सस्तो भाडामा यात्रा गर्न पाउने भएका छन् । यातायात भाडा निर्धारण समितिको बिहीबार बसेको बैठकले...
काठमाण्डु, ३ असार –भूकम्पबाट प्रभावित नेपालको पर्यटन क्षेत्रको भौतिक संरचना पुनःनिर्माणका साथै नेपालको बारेमा सकारात्मक प्रचार प्रसार गर्न व्यवसायीले आग्रह गरेका छन् । नेपाल पर्यटन पत्रकार मञ्चले बिहिबार गरेको अन्तरक्रियामा वक्ताले अबको तीन महिनाभित्र नेपालको पर्यटनलाई सकारात्मक गतिदिन सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी भएको...