अर्थ

भूकम्पका कारण दुई हजार बढी कामदार स्वदेश फर्किए

२०७२ जेठ २१ गते १७:००

काठमाण्डु, २१ जेठ-भूकम्पका कारण दुई हजार २५३ कामदार स्वदेश फर्किएका छन् ।   भूकम्पका कारण आफन्त गुमाएका वैदेशिक रोजगारीमा रहेका १०७ कामदार स्वदेश फर्किएको पनि श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सो तथ्याङ्क दिएपनि सोभन्दा ठूलो सङ्ख्यामा कामदार स्वदेश फर्किएको अनुमान...

भूकम्पले बिपी संग्राहलयमा चार करोड बराबरको क्षति

२०७२ जेठ २१ गते १४:३२

काठमाण्डु, २१ जेठ-गत वैशाख १२, १३ र २९ गतेको भूकम्प तथा पटक पटकका परकम्पले बिपी सङ्ग्रहालयमा चार करोड बराबरको क्षति भएको छ ।   सभासद् रामचन्द्र पोखरेलको नेतृत्वमा पूर्वसभासद् एवम् काँग्रेस नेता पुरुषोत्तम बस्नेत, राष्ट्रिय समाचार समिति ९रासस०का अध्यक्ष कुलचन्द्र वाग्ले र नेपाल प्रेस...

जुम्लाको विकास योजनाको प्रगति २० प्रतिशत मात्र

२०७२ जेठ २१ गते १४:१३

जुम्ला, २० जेठ-आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकी हुँदा पनि जिविसअन्तर्गत आव २०७१/७२ का लागि स्वीकृत योजनाको भौतिक प्रगति २० प्रतिशत मात्र भएको छ । कर्णाली विकास आयोगले आयोजना गरेको प्रगति समीक्षा गोष्ठीमा जिविसले प्रस्तुत गरेको प्रतिवेदनअनुसार विकासको प्रगतिको अवस्था थाहा भएको हो...

वानाले दियो २५ हजार डलर

२०७२ जेठ २१ गते १२:५८

मेरिल्यान्ड (बाल्टिमोर),२१ जेठ- भूकम्प पीडितको सहयोगार्थ बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (वाना) ले आफूले सङ्कलन गरेको २५ हजार अमेरिकी डलर अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीलाई बुधबार एक समारोहबीच हस्तान्तरण गरेको छ । राजदूत डा कार्कीको स्वागत कार्यक्रममा बुधबार सो रकम हस्तान्तरण...

उखुको खोस्टाबाट ९० मेघावाट विद्युत उत्पादन गर्ने सरकारको तयारी !

२०७२ जेठ २० गते १९:०२

काठमाण्डु, २० जेठ-उद्योगमन्त्री महेश बस्नेतले हालसम्म सञ्चालनमा रहेका ११ भन्दा बढी चिनी उद्योगले सुक्खा याममा ९० मेगावाट विद्युत् उत्पादन गर्ने बताएका छन् । मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिको बुधबारको बैठकमा उद्योगमन्त्रालयको प्रयास तथा ऊर्जा मन्त्रालयको प्रस्तावमा ‘चिनी उद्योगबाट विद्युत् सहउत्पादनको प्रवद्र्धन गर्ने’ प्रस्ताव बुधबार...

सुरक्षाको कारण देखाउँदै गाविस सचिव १५ हजार वितरणमा जान मानेनन् !

२०७२ जेठ २० गते १८:४७

दोलखा,२० जेठ-अस्थायी आवासवापतको १५ हजार रकम बाँड्न समस्या देखाउँदै दोलखाका गाविस सचिवहरू गाउँ जान मानेका छैनन् ।   राहत वितरण गर्दा भूकम्पपीडितको पहिचान गर्न समस्या भएको र रकम दुरुपयोग हुनसक्ने कारण देखाउँदै सचिव गाउँ जान नमानेका हुन् । उनीहरूले स्थानीयस्तरमा राजनीतिक संयन्त्रले समेत सहयोग...

इलाममा दश महिनामा आठ करोड विद्युत् महसुल उठ्यो

२०७२ जेठ २० गते १५:४३

इलाम, २० जेठ-चालु आर्थिक वर्षको दश महिनामा नेपाल विद्युत् प्राधिकरण शाखा इलाम वितरण केन्द्रले सात करोड ९६ लाख ७४ हजार ५८४ विद्युत् महसुल सङ्कलन गरेको छ ।   सूर्योदय नगरपालिकाको फिक्कल शाखा कार्यालय र पशुपतिनगर शाखा कार्यालयबाहेक केन्द्रले आफ्नो कार्य क्षेत्रभित्र आव २०७१/७२ को साउन...

एसओएसले एक अर्ब २५ करोड सहयोग गर्ने

२०७२ जेठ २० गते १५:१८

भक्तपुर,२० जेठ- एसओएस बालग्राम अन्तर्राष्ट्रियले नेपालमा भूकम्पमा घरबार गुमाएका बालबालिका र परिवारको पुनःस्थापनाका लागि करिब एक अर्ब २५ करोड सहयोग गर्ने भएको छ ।   एसओएस बालग्राम नेपालको केन्द्रीय कार्यालय सानोठिमीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा एसओएस बालग्रामका अन्तर्राष्ट्रिय अध्यक्ष सिद्धार्थ कौलले सो रकमबाट नेपाल...

पुनर्निर्माणको ठेक्का विदेशिलाई दिनुहुँदैन : निजी क्षेत्र

२०७२ जेठ २० गते १५:१२

काठमाण्डु, २० जेठ–अर्थतन्त्रलाई मजबुत बनाउनका लागि निजी क्षेत्रले सहुलियत ऋणको माग गर्नुका साथै नेपाली उद्योग र नेपाली जनशक्ति परिचालन गर्न माग गरेको छ । सस्तो ब्याजमा उद्योग व्यवसायीलाई ऋण प्रवाह नगरे निजी क्षेत्रले कर, राजश्व तिर्न नसक्ने अवस्थामा रहेको उनीहरुले बताएका छन् । नेपाल...

राजस्व संकलनमा वार्षिक लक्ष्य पूरा गर्न गाह्रो !

२०७२ जेठ २० गते १३:५८

मोरङ, २० जेठ- विराटनगर भन्सार कार्यलयले यो वर्षको कार्तिक, मङ्सिर र वैशाख महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन नभएकाले वार्षिक लक्ष्यमा पुग्न गाह्रो हुने जनाएको छ ।   तथ्याङ्क अनुसार कार्तिक महिनामा एक अर्ब ५४ करोड लक्ष्य तोकिएकोमा एक अर्ब २१ करोड र मङ्सिर महिनामा एक...

ललितपुरमा भूकम्प पीडितलाई १५ हजार राहत दिन शुरु

२०७२ जेठ १९ गते १७:५१

ललितपुर, १९ जेठ-भूकम्पपीडित परिवारलाई सरकारले राहतस्वरुप प्रदान गरिने १५ हजार दुर्गम गाविसबाट वितरणको थालनी गरिएको छ । भूकम्पका कारण पूर्ण रुपमा क्षति भएका घरको लगत सङ्कलन भएपछि पीडितलाई दिइने सहयोगलाई निरन्तरता दिइएको सहायक प्रजिअ होमनाथ थपलियाले बताए । हालसम्म भारदेउ, ठूलादुर्लुङ र कालेश्वर गाविसका...

मङ्गलबार नेप्सेमा १२ अङ्को वृद्धि

२०७२ जेठ १९ गते १७:२०

काठमाण्डु, १९ जेठ-बजार खुल्ने समयमा केही तल रहेको नेप्से परिसूचक मंगलबार बजार बन्द हुँदासम्म ११ दशमलव ५५ अङ्कले वृद्धि भएको छ ।   नेप्सेका अनुसार मंगलबार नेप्से ९०१.९८ मा पुगेको छ । एक हजार ५०९ पटक भएको पाँच लाख ४९ हजार ८९९ को सेयर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us