अर्थ

ग्यास बिक्रेतालाई तीन दिनभित्र प्रमाणीकरणको दायरामा आउन आग्रह

२०७२ असार १८ गते १८:५६

काठमाण्डु, १८ असार–वाणिज्य तथा आपूर्ति व्यबस्थापन विभागले तीन दिनभित्र ग्यास डिलर प्रमाणीकरणको दायरनमा आउन आग्रह गरेको छ । ग्यास विक्रेताको डिपो प्रमाणीकरणको म्याद शुक्रबार सकिए पनि तीन दिनको म्याद थप गरिएको विभागले जनाएको छ । शुक्रबार मिडिया इन्टरनेसनलले काठमाण्डुमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा वाणिज्य...

‘ठोरी–केरुङ लोकमार्ग निर्माणलाई बजेट छुट्टयाऊ’

२०७२ असार १८ गते १६:४८

काठमाण्डु, १८ असार-ठोरी–केरुङ लोकमार्गलाई राष्ट्रिय महत्वको परियोजनाका रूपमा प्रस्तावित गरी आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ ।   चीन र भारतबीचको व्यापारिक सम्बन्ध र विकासका निम्ति निर्णायक पुलका रूपमा रहेको सो लोकमार्ग निर्माण गर्न आगामी आर्थिक वर्ष २०७२/७३ को बजेटमा पारिनुपर्ने नागरिक समाजका...

बनेपा–बर्दिवास सडक नेपाल सरकारलाई हस्तान्तरण

२०७२ असार १८ गते १५:५०

काभ्रे, १८ असार– जापान सरकारको अनुदानमा निर्माण भएको बनेपा–सिन्धुली–बर्दिवास बिपी राजमार्ग शुक्रबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री सुशील कोइरालाले हस्तान्तरण कार्यक्रमको उद्घाटन गरे । हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले मुलुकमा सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारशून्य अवस्था भए अबको १० वर्षमा नै मुलुकमा...

महासङ्घको अध्यक्षमा मुरारका निर्वाचित

२०७२ असार १८ गते १५:३२

काठमाण्डु, १८ असार-निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष पदमा पशुपति मुरारका निर्वाचित भएका छन् । महासङ्घको शुक्रबार सम्पन्न विशेष साधारण सभाले कार्यवाहक अध्यक्ष मुरारकालाई सर्वसम्मत रुपमा औपचारिक रुपमा अध्यक्ष चयन गरेको हो । अध्यक्ष पदका लागि प्रत्यासी भास्करराज राजकर्णिकार र भवानी...

दैनिक तीन हजार मेट्रिक टन उत्पादन गर्ने चिनी मिल सञ्चालन हुँदै

२०७२ असार १८ गते १३:४४

लहान, १८ असार-सिरहाको चन्द्रदयपुर गाविसस्थित चोहर्वामा स्थापना गरिएको हिमालय चिनी मिल आउँदो मङ्सिर १ गतेबाट सुचारु गर्ने तयारी गरेको छ ।   दैनिक ५० क्विन्टल उखु क्रसिङ गरी तीन हजार मेट्रिक टन चिनी उत्पादन गर्ने क्षमताको उक्त चिनी मिल सञ्चालन भएपछि उखु किसानलाई सहज...

महासङ्घद्वारा संविधानको प्रारम्भिक मस्यौदाको स्वागत

२०७२ असार १८ गते १३:१९

काठमाण्डु, १८ असार-निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले संविधानसभाले संविधानको प्रारम्भिक मस्यौदा प्रस्तुत गरेकोमा यसको स्वागत गरेको छ ।   अब मुलुकमा राजनीतिक स्थायित्व आउने र आर्थिक विकासको ढोका खुल्ने भन्दै महासङ्घले आर्थिक समृद्धिमा लाग्न सरकार तथा राजनीतिक दलहरुसँग आह्वान गरेको छ...

डिसहोममा एक महिना निशुल्क नेपाली सिनेमा हेर्न पाइने

२०७२ असार १७ गते १९:२९

काठमाण्डु, १७ असार– डिसहोमले गरी एक महिनाका लागि ‘मुभी अन डिमान्ड’ सेवा निशुल्क प्रदान गर्ने जनाएको छ ।   कम्पनीले बिहीबार विज्ञप्ती जारी गरेर विहीबारदेखि लागु हुनेगरी ग्राहकहरुको सुविधाका लागि च्यानल नम्बर एक सय १२ मा प्रसारण हुने ‘मुभी अन डिमान्ड’ सेवा नयाँ नेपाली...

भेटीघाटी पारदर्शी नगरे नवीकरण नहुने

२०७२ असार १७ गते १८:२२

काठमाण्ड, १७ असार-काठमाण्डुको बागबजारमा रहेको अद्वैत संस्थाले मन्दिरमा उठेको भेटीघाटी पारदर्शी नराखेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डुले विवरण बुझाएर सन्तोषजनक जवाफ नपठाएसम्म नवीकरण नगर्ने निर्णय गरेको छ ।   संस्थामा १७ वर्षसम्म काम गरेका सदस्य गङ्गाबहादुर श्रेष्ठले पारदर्शीरुपमा हिसाब राख्न माग गर्दा निकालिनुपरेको उजुरी...

भूकम्पपीडितका लागि सेनाले ४.५ प्रतिशतमा ऋण दिने

२०७२ असार १७ गते १६:५०

बनेपा, १७ असार-भूकम्पबाट अतिप्रभावित जिल्लामा आवासका लागि नेपाली सेनाले न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।   सैनिक कल्याणकारी कोषमार्फत भूकम्पबाट पीडित आफ्ना सैनिकलाई लक्षित गरेर न्यूनतम ४।५ प्रतिशत ब्याज दरमा सो ऋण उपलब्ध गराउने नेपाली सेनाका प्रधान सेनापति गौरवशम्शेर जबराले जानकारी दिए...

कालोपत्रे गरिदै कागबेनी–मुक्तिनाथ सडक

२०७२ असार १७ गते १६:३०

मुस्ताङ, १७ असार-जिविस मुस्ताङले ११ किलोमिटर कागबेनी–मुक्तिनाथ सडकखण्ड कालोपत्र गरिने भएको छ ।   हिन्दु र बौद्ध धर्मालम्बीको आस्थाको केन्द्रविन्दु मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटकको सुविधाका लागि ग्रामीण पूर्वाधार तथा पुनः स्थापना आयोजनाको सहयोगमा १४ करोडको लगानीमा कालोपत्र गर्न लागिएको हो ।...

जाजरकोट–डोल्पा सडकको एक सय किलोमिटर ट्र्याक खुल्यो

२०७२ असार १७ गते १५:५४

जाजरकोट, १७ असार-जाजरकोट–डोल्पा सडकखण्डको निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको नेपाली सेनाले जनाएको छ ।   कुल ११८ किलोमिटर मध्ये सेनाले हालसम्म एक सय किलोमिटर सडकको ट्र्याक खोलेको नेपाली सेनाको सडक निर्माण कार्य दलका प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिए । जाजरकोट खण्डदेखि रुकुमको...

ताल संरक्षणका लागि पञ्चवर्षीय योजना

२०७२ असार १७ गते १५:०५

कञ्चनपुर, १७ असार-जैविक विविधताले भरिपूर्ण कञ्चनपुरका दुईवटा ताल संरक्षणका लागि पञ्चवर्षीय योजना तयार गरिएको छ ।   वन कार्यालय कञ्चनपुरले यहाँका प्याराताल र बन्दाताल संरक्षणका लागि पञ्चवर्षीय योजना तयार गरेको हो । योजनाअनुसार पहिलो चरणमा तालको सीमाङ्कन निर्धारण गर्ने, तारवार गर्ने र अतिक्रमणमा परेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us