अर्थ

विदेशीले दिएको सहयोगले मात्र मुलुक बन्दैन : अर्थमन्त्री

२०७२ असार २२ गते १६:४३

काठमाण्डु, २२ असार–अर्थमन्त्री डा. रामशरण महतले विदेशी दाताहरुले दिएको सहयोगले मात्रै मुलुक नबन्ने बताएका छन् । पूर्वप्रधानमन्त्री तथा कंग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९२ औं जन्म जयन्तीको अवसरमा राजधानीमा मंगलबार आयोजित ‘भूकम्पछिको पुनर्निमाण तथा व्यवस्थापन’ विषयक विचार विमर्श कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले सरकारले व्यवस्थित एकिकृत...

भूकम्पपीडितलाई हिमालय बैंकको दुई करोड

२०७२ असार २२ गते १४:४६

काठमाण्डु, २२ असार– भूकम्पपीडितको राहत र पुनःस्थापना कार्यलाई सघाउन हिमालय बैंक लिमिटेडले दुई करोड प्रदान गरेको छ ।   मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा हिमालय बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा र वरिष्ठ महाप्रबन्धक इसाज गिलले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण...

माथिल्लो कर्णालीको पीडिएबारे स्थानीयनै अनविज्ञ

२०७२ असार २२ गते १४:४०

दैलेख, २२ असार-माथिल्लो कर्णाली जलविद्युत् परियोजना निर्माण कम्पनी जिएमआर र नेपाल सरकार लगानी बोर्डले पीडिए गरेको आठ महिना नाध्यो । तर, यस अवधिभित्र प्रभावित क्षेत्र र जिल्लामा एक पटक अन्तक्र्रिया बाहेक कुनै कार्यक्रमनै हुनसकेको छैन् ।   माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको आयोजना विकास सम्झौता...

घुम्ती कोषको रकम फिर्ता नगर्नेलाई कारबाही

२०७२ असार २२ गते १४:३२

बनेपा, २२ असार-काभ्रेपलाञ्चोकमा झन्डै १० वर्षदेखि भाका नाघेको पशुसेवा स्वास्थ्य घुम्ती कोषको रकम असुल उपर नभएका पशुसेवा स्वास्थ्य कार्याकर्तालाई कारबाही हुने भएको छ ।   पशुसेवा स्वास्थ्य घुम्ती कोषका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालको अध्यक्षतामा मंगलबार धुलिखेलमा बसेको बैठकले सो निर्णय गरेको...

रुपन्देही अध्यागमनले दश करोड उठायो

२०७२ असार २२ गते १३:४९

रुपन्देही, २२ असार-अध्यागमन कार्यालय बेलहियाले आर्थिक वर्ष २०७१/७२ मा दश करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।   कार्यालयले विदेशी मुलुकबाट नेपाल भित्रिने पर्यटकबाट लिइने भिसा शुल्क पर्यटकको म्याद थप तथा दण्डजरिवाना शुल्कबाट यस आर्थिक वर्षमा १० करोड ६६ लाख ९६ हजार ६७० राजस्व...

यी हुन् महिनाको १५ करोड तलव खाने व्यक्ति

२०७२ असार २१ गते १६:४३

एजेन्सी– भारतीय धनाढ्य तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीको मासिक तलव १५ करोड रुपैयाँ रहेको खुलासा भएको छ । कम्पनीले नयाँ नियम लागू गरेपछि उनको तलव कर्मचारीको औसत तलवभन्दा दुई सय गुणा बढी भएको हो । तर, उनको तलव सात वर्षदेखि बढेको छैन ।...

‘जङ्क फुड’ उत्पादनमा कर वृद्धि गरिनुपर्छ: पोखरेल

२०७२ असार २१ गते १५:२९

काठमाण्डु, २१ असार-राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्दराज पोखरेलले तयारी हल्का तयारी खाना ९जङ्क फुड० उत्पादनमा करको दायरामा वृद्धि गरिनुपर्ने बताएका छन् ।   ‘बजारमा पाइने चाउचाउ, बिस्कुट, कुरकुरे, कुकिचजस्ता खानाले हाम्रा स्थानीयस्तरमा पाइने खाद्यान्न भुटेको मकै, भटमास, गहुँ, जौ, कोदो, फापरका रोटीलाई विस्थापित गर्दै...

पर्यटन प्रवद्र्धन समितिको संयोजकमा शाक्य

२०७२ असार २१ गते १३:१६

कठमाण्डु, २१ असार-राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन गर्न वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्यको संयोजकत्व र अर्का व्यवसायी लाक्पा सोनाम शेर्पाको सहसंयोजकत्वमा एक कार्यकारी समिति गठन गरिएको छ ।   भूकम्पपछिको पर्यटनको पुनरुत्थान तथा प्रवद्र्धनका लागि मन्त्रिपरिषद्को गत जेठ ३१ गतेको निर्णयअनुसार,...

अठार महिनामै आठ हजार पाँच सय किलोवाट बिजुली उत्पादन

२०७२ असार २१ गते १२:५४

काठमाण्डु, २१ असार-जलविद्युत् आयोजनाहरुको निर्माण कार्य निर्धारित समयभन्दा ढिलो मात्र सम्पन्न हुने गरेको समयमा अपि पावर कम्पनीले छोटो समयमै जलविद्युत् उत्पादन गर्न सफल भएको छ । निर्माण सुरु गरेको १८ महिनाको अवधिमै कम्पनीले आठ हजार ५०० किलोवाट क्षमताको नौगड गाड साना जलविद्युत् आयोजनाबाट विद्युत्...

वैदेसिक रोजगारीमा जानेलाई निशुल्क भिषा र टिकट

२०७२ असार २१ गते ११:५९

कठमाण्डु, २१ असार– व्यवसायीहरुको चर्को विरोधकाबीच सरकरले नेपाली कामदारलाई मलेसियासहित ६ खाडि मुलुकमा जान निशुल्क भिषा र टिकट पाउने व्यवस्था लागु गरेको छ । मंगलबारबाट लागु हुनेगरी श्रम मन्त्रालयले बहराइन, कतार, साउदी अरब, दुबई, ओमान, कुवेत र मलेसियामा काम गर्न जाने कामदारहरुका लागि निशुल्क...

विश्व बैङ्कले चीनको आलोचना गरिएको भाग हटायो

२०७२ असार २० गते १९:१५

बेइजिङ, २० असार-विश्व बैङ्कले चीनको अर्थतन्त्रका विषयमा हालै प्रकाशित प्रतिवेदनमा वित्तीय प्रणालीमा सुधार गर्न भनिएको भाग पर्याप्त रुपमा पुनरावलोकन नभएको र त्यसमा शब्द चयन अनुपयुक्त भएको भनी हटाएको छ ।   वासिङटनमा केन्द्रीय कार्यालय रहेको संस्थाले बुधबार चीनको पछिल्लो आर्थिक प्रतिवेदन सार्वजनिक गरेको थियो...

पत्रकारको पारिश्रमिकमा पुनरावलोकन गर्न सिफारिस

२०७२ असार २० गते १८:३९

काठमाण्डु, २० असार-न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आइतबार नेपाल सरकारलाई आफ्नो प्रतिवेदन पेस गरेको छ ।   श्रमजीवी पत्रकार ऐन, २०५१ ले तोकेको जिम्मेवारी पूरा गर्ने क्रममा न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको साविकको न्यूनतम् पारिश्रमिकमा पुनरावलोकन गरी आइतबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us