अर्थ

पुँजी बजारसम्बन्धी सूचना अब ‘एप्स’मा

२०७२ असार २० गते १८:०१

काठमाण्डु, २० असार-मुलुकको पुँजी बजारसम्बन्धी सम्पूर्ण सूचना अब ‘मोबाइल एप्स’मा उपलब्ध हुने भएको छ ।   नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले लगानीकर्ता र पुँजी बजारमा चासो राख्नेलाई लक्ष्यित गरी थालिएको उक्त एप्सको अर्थमन्त्री रामशरण महतले आइतबार सुभारम्भ गरे । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एप्सको सुभारम्भ...

आँधीखोला चिनियाँ कम्पनीलाई दिनेबारे पुनःविचार गर्न आग्रह

२०७२ असार २० गते १६:४८

कठमाण्डु, २० असार-नेपाल विद्युत् प्राधिकरणका क्रियाशील कर्मचारी सङ्घ तथा सङ्गठनले आँधीखोला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउन चिनियाँ कम्पनीलाई दिने निर्णयबारे पुनःविचार गर्न आग्रह गरेका छन् ।   कुल १८० मेगावाट क्षमताको सो आयोजना चिनियाँ गेजुवा समूहलाई बिनाप्रतिस्पर्धा दिन लागिएकामा ऊर्जा मन्त्रालय, नेपाल विद्युत्...

कति चोरेको यी चोरले हेरौँ त ! (चोरसहित)

२०७२ असार २० गते १६:०९

काठमाण्डु, २० असार– दुई हप्ता अगाडि काठमाण्डुको ठमेलको एक अपार्टमेन्टबाट १० तोला सुनको गरगहना, एक हजार आठ सय पाउण्ड स्ट्रलिङ, ३० हजार नेपाली रुपैयाँ र दुई हजार चार सय अमेरिकी डलर चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानबाट मुख्य अभियुक्त काभ्रेका २२ वर्षीय...

मुग्लिनमा वैकल्पिक पुल निर्माण हुँदै

२०७२ असार २० गते १६:०५

दमौली, २० असार-पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको आँबुखैरेनी र चितवनको मुग्लिन जोड्ने त्रिशूली नदीमाथि वैकल्पिक मोटर जाने पुलको निर्माण कार्य सुरु गरिएको छ ।   नेपाल सरकार र विश्व बैंकको नौ करोड ८५ लाखको लागतमा सो पुल निर्माण गरिने पुल योजना सेक्टर नम्बर २ मध्यक्षेत्र...

आगामी बजेटमा ‘पुनःनिर्माण’को छुट्टै शीर्षक

२०७२ असार २० गते १४:४५

कठमाण्डु, २० असार-अर्थमन्त्री रामशरण महतले आगामी आर्थिक वर्षको बजेटमा भूकम्पपछिको पुनःनिर्माणका लागि छुट्टै शीर्षकअन्तर्गत बजेट छुट्याइने जानकारी दिएका छन् ।   व्यवस्थापिका–संसद्को अर्थ समितिको शुक्रबारको बैठकमा ‘विनियोजन विधेयक २०७२ को सिद्धान्त र प्राथमिकता’ सम्बन्धमा भएको छलफलमा मन्त्री महतले छुट्टै शीर्षकमा रहने उक्त बजेट अब...

नेविसंघद्वारा विद्यालय भवन निर्माणमा २ लाख खर्च

२०७२ असार २० गते १४:१३

काठमाण्डु, २० असार-नेपाल विद्यार्थी सङ्घले कीर्तिपुरस्थित कीर्तिपुर माध्यमिक विद्यालयको चारकोठे अस्थायी भवन दुई लाख २५ हजारको लागतमा निर्माण सम्पन्न गरेको छ ।   सङ्घका केन्द्रीय अध्यक्ष सभासद् आर्किटेक्चर इन्जिनियर रञ्जित कर्णको डिजाइनमा सो भवन निर्माण गरिएको संयोजक मोती भण्डारीले जानकारी दिए ।   भूकम्पले...

नेप्सेमा सामान्य सुधार

२०७२ असार १९ गते १६:४४

काठमाण्डु, १९ असार-साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.९६ अङ्कले बढेर अन्तिम दिन ९३८.९६ अङ्कमा पुगेको छ ।   गत साता परिसूचक १२ अङ्कले वृद्धि भएको नेप्सेमा सामान्य सुधार आएको हो । यस साता नेपाल स्टक एक्सचेन्जमा १६६ कम्पनीको नौ हजार ४६९ कारोबारबाट एक...

अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइयो

२०७२ असार १९ गते १६:३९

ललितपुर, १९ असार-राष्ट्रिय सहकारी सङ्घ लिमिटेडको आयोजनामा शनिबार भव्यताका साथ ९३ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ ।   सो दिवससँगै २१ औं संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवस एवम् २२ औं राष्ट्रिय सहकारी सङ्घ दिवस समेत सङ्घले मनाएको हो ।   उक्त अवसरमा...

आहा, रारा गोल्डकप फुटबल प्रतियोगितामा १५ लाखभन्दा बढी बचत

२०७२ असार १९ गते १६:२७

पोखरा, १९ असार-सहारा क्लब पोखराको आयोजनामा गत वर्षको माघ २० देखि फागुन २ गतेसम्म पोखरा रङ्गशालामा भएको तेह्रौ आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा १५ लाख ४५ हजार ७६४ बचत भएको छ ।   उक्त प्रतियोगितामा ६९ लाख ४३ हजार २६७ आम्दानी र ५३ लाख...

अमेरिकाले विश्व बैंक जोगाउने हो भने चीन लगायतका राष्ट्रहरुसँग मिल्न सक्नुपर्छ

२०७२ असार १९ गते १६:०९

हरित क्रान्तिलाई आर्थिक विकासको इतिहासमा ठूला सफलतामध्ये एकको रूपमा लिइन्थ्यो । सन् १९६० तथा १९७० को दशकमा उच्च उत्पादन दिने अन्नका प्रजातिको सिर्जना तथा उपयोगले भारतीय अर्थतन्त्रलाई परिवर्तन गरिदियो र विकासशील मुलुकमध्ये धेरैमा यसले अरबौँ जनतालाई भोकमरीबाट जोगायो ।   यसो भएपनि हरित क्रान्तिका...

भूकम्प प्रभावित चेपाङ विद्यालयलाई पाँच लाख

२०७२ असार १९ गते १५:४४

चितवन, १९ असार-नारायणगढको पुल्चोकमा मुख्य कार्यालय रहेको शुभेच्छा विकास बैंकले भूकम्पबाट प्रभावित अन्त्योदय जनजाति आवासीय विद्यालय खैरहनीको भौतिक पुनर्निर्माणका लागि पाँच लाख प्रदान गरेको छ ।   बैंकका प्रमुख कार्यकारी अधिकृत दक्षप्रसाद श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बोगटीलाई सो रकम...

सहकारी क्रियाकलापलाई लोकतन्त्रसँग जोड्नुपर्छ– मन्त्री निधि

२०७२ असार १९ गते ११:५९

काठमाण्डु, १९ असार – भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सहकारी क्रियाकलापलाई लोकतन्त्रसँग जोड्नुपर्ने बताएका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले ‘नेसनल कोअपरेटर्स एलाइन्स नेपाल’ का नवनिर्वाचित कार्यसमितिको स्वागतका लागि शनिबार गरेको कार्यक्रममा मन्त्री निधिले सहकारी सिद्धान्तअनुसार हुने जनताको सहभागिताले मात्र लोकतन्त्रको दिगो विकास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us