काठमाण्डु, २५ जेठ-उद्योग मन्त्रालयले साना तथा लघु उद्यमका क्षेत्रमा योगदान गरेका ५१ महिला उद्यमीलाई सोमबार सम्मान तथा नगद प्रदान गरेको छ । कार्यक्रममा प्रत्येक उद्यमीलाई नगद पाँच हजारसहित सम्मान गरिएको हो । उद्योगमन्त्री महेश बस्नेतले सम्मान गर्दै देशका विभिन्न स्थानमा महिलाले सञ्चालन गरेका...
पर्वत, २५ जेठ-जिल्ला अस्पताल पर्वतलाई ब्रिटिस गोर्खा नेपालले झन्डै ७० लाख मूल्य बराबरका उपकरण सहयोग गरेको छ । ब्रिटिस गोर्खा नेपालले अस्पतालमा रेडियोलोजी तथा दन्त विभागका लागि आवश्यक पर्ने उपकरण तथा आवश्यक पर्ने अन्य सामग्री सहयोग गरेको हो । पर्वत जिल्ला अस्पतालका...
काठमाण्डु, २५ जेठ– नेपाली जनसम्पर्क समिति भारतले नेपालका भूकम्पपीडितका लागि ८८ लाख ३० हजार रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ । समितिले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई उहाँकै कार्यकक्षमा भेटेर पहिलो चरणमा ८८ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको विवरण पेस...
काठमाण्डु, २४ जेठ– केही समयदेखि बन्द रहेका नेपालका नौं वटा क्यासिनोबाट ९३ करोड ७३ लाख रुपैयाँ ६६ हजार १४७ रुपैयाँ असुल उपर गर्न बाँकी रहेको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले आइतबार सम्पन्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध...
काठमाण्डु, २४ जेठ-भूकम्पबाट पर्यटन तथा पुरातात्विक सम्पदा क्षेत्रमा ४३ अर्ब ९९ करोड नोक्सानी भएको छ । सो नोक्सानी भौतिक क्षति र पर्यटक नआउँदा भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । व्यापारिक नोक्सानीका कारण भएको विवरण संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रमसमितिको...
काठमाण्डु, २४ जेठ–राजधानीको न्युरोड र महाबौद्धमा थोक ब्यवसाय गरि बस्ने विभिन्नि विषयगत ब्यवसायी संघहरुले आफूहरुलाई त्यहाँबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् । त्यसक्षेत्रमा थोक ब्यापार गरेर बस्ने नौ वटा विषयगत संघहरुले आइतबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त पत्रकार सम्मेलन गरेर मुलुकको प्रमुख आर्थिक...
धनगढी, २४ जेठ-कैलाली उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा शङ्कर बोगटीको समूह विजयी भएको छ । निर्वाचनको आइतबार आएको अन्तिम परिणामअनुसार अध्यक्ष पदका प्रत्यासी बोगटी एक हजार ९०३ मत ल्याई अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष पदका अर्का प्रत्यासी मोहनराज शर्माले...
पर्वत, २४ जेठ-रोजगारीका सिलसिलामा लामो समयदेखि प्रवासमा रहेका यहाँका एक प्रवासीले आफ्नो जन्मगाउँलाई सम्झेर २६ लाख पठाएका छन् । विनाशकारी भूकम्पले आफू जन्मे हुर्केको गाउँ तहसनहस पारेको खबर पाएपछि पर्वतको ठूलीपोखरी गाविस–१ का भवानीशङ्कर सापकोटाले नगद २६ लाख पठाएका हुन् । विगत डेढ...
मोरङ, २४ जेठ-सुपारी आयातबाट यो वर्ष ५६ करोड ७३ लाख ३७ हजार ५५० राजस्व सङ्कलन भएको छ । विराटनगर भन्सार कार्यालयको तथ्याङ्कअनुसार यो वर्ष घटेर ८६ लाख ३९ हजार १५१ किलो सुपारी आयात भएको छ । नेपालबाट भारततर्फ अवैध रुपमा हुने सुपारीको चोरी...
बागलुङ, २४ जेठ– व्यावसायिक पशुपालन गरेका बागलुङका युवाले यस वर्ष करिब २४ लाख सरकारी अनुदान पाएका छन् । युवालक्ष्यित विशेष कार्यक्रममार्फत गाईभैँसी, बाख्रा र बङ्गुरपालनका लागि २३ लाख ७५ हजार अनुदान दिइएको हो । “युवा लक्ष्यित कार्यक्रमले व्यावसायिक पशुपालन गर्ने युवालाई प्रोत्साहन मिलेको छ,...
काठमाण्डु, २३ जेठ- गतसाताको नेप्से परिसूचक ५४.९० अङ्कले बढेको छ । पहिलो साता तल झरेको नेप्से परिसूचक यो साताको पहिलो दिनको तुलनामा अन्तिम दिन ९२६.८४ अङ्कमा पुगेको हो । गत साताको परिसूचक पहिलो दिनको तुलनामा ६७.८६ अङ्कले घटेर अन्तिम दिन ८४१.९६ अङ्कमा पुगेको...
सोलुखुम्बु, २३ जेठ-भूकम्पपीडितलाई आश्रयस्थल निर्माणका लागि १५ हजार वितरण सुरु भएको छ । शुक्रबारसम्म सबै गाविसका लागि निकासा दिइएको र शनिबारसम्ममा सबै गाविसमा टोली पुगेको दैवीप्रकोप उद्धार समिति सोलुखुम्बुका अध्यक्ष एवम् प्रजिअ झङ्कनाथ ढकालले जानकारी दिए । सदरमुकामबाट तीन दिनसम्म पैदल...