काठमाण्डु, ८ साउन-नेपाली बजारमा सुनको मूल्यमा अघिल्लो दिनको तुलनामा शुक्रबार प्रतितोला ८०० ले कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै जाने क्रमले निरन्तरता पाएसँगै अहिले नेपाली बजारमा त्यसको प्रभाव परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाला सुनको मूल्य शुक्रबार ४७...
काठमाण्डु, ८ साउन-नेपाल राष्ट्र बैंकले गत आव २०७१/७२ का लागि जारी गरेको मौद्रिक नीतिका अधिकांश लक्ष्य प्राप्त भएको छ । वित्तीय विस्तार तथा स्थायित्व कायम गर्ने उद्देश्यसहित सार्वजनिक गरिएको नीतिले वार्षिक औसत मुद्रास्फीति आठ प्रतिशत कामय गर्ने लक्ष्य लिएको थियो । त्यस लक्ष्यमा...
कैलाली, ८ साउन-आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०७१/७२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले सो आवमा एक अर्ब २३ करोड ८१ लाख राजस्व सङ्कलन गरेको हो । आन्तरिक राजस्व कार्यालयले दिएको जानकारीअनुसार २०७१/७२ मा एक अर्ब ११ करोड ५१...
कावासोती, ८ साउन-नवलपरासीमा वार्षिक ६३ हजार मेट्रिक टन दूध उत्पादनबाट जिल्लाले तीन अर्ब कमाएको छ । यसबाट वार्षिक चार हजार ३१५ जनालाई रोजगारी सिर्जना भएको छ । पशु फार्मले घाँस उत्पादनदेखि, दूध उत्पादन, डेरी सञ्चालन र मासुमा समेत काम गर्ने अवसर सिर्जना गरी...
झापा, ७ साउन– झापामा ट्राफिक नियम उल्लङ्घन गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । आव २०७१\७२ मा ट्राफिक नियम उल्लङ्घन गर्ने ५० हजार दुई वटा साना ठूला सवारीसाधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक नियम उल्लेङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दा रु...
काठमाण्डु, ७ साउन-चीनले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण आयोजना तत्काल कार्यान्वयन गर्ने तथा त्यस निम्ति एक अर्ब नगदसमेत उपलब्ध गराउने घोषणा गरेको छ । भूकम्पपछिको पुनःनिर्माण तथा आर्थिक विकासलगायत आपसी हित र चासोका विविध विषयमा बिहीबार सम्पन्न सचिवस्तरीय द्विपक्षीय संयुक्त वार्तामा चीनले उक्त...
काठमाण्डु, ७ साउन-‘हलोदेखि हाइड्रोसम्म लगानी’ भन्ने नाराका साथ स्थापना भएको मेगा बैंक नेपाल लिमिटेडले गत आव २०७१/७२ मा २१ अर्ब १३ करोड बराबरको निक्षेप सङ्कलन गरेको छ । करिब एक लाख ४३ हजार ग्राहक सङ्ख्या पुगेको सो बैंकले निक्षेपित रकममध्ये १७ अर्ब ९९...
खोटाङ, ७ साउन-उपभोक्ता समितिको लापर्बाहीका कारण जिविसमा आएको नौ करोड बढी रकम फिर्ता भएको छ । सुनौलो हजार, साना सिँचाइ, स्थानीय सडक, ग्रामीण खानेपानी तथा सरसफाइ, सामाजिक सुरक्षालगायतका शीर्षकमा आएको नौ करोड ३१ लाख रकम फिर्ता भएको हो । आर्थिक वर्ष २०७१/७२ मा...
दाङ, ७ साउन-आन्तरिक राजस्व कार्यालय तुलसीपुरले पहिलो पटक सेवा प्रवाह सहज बनाउन कार्यालय परिसरमा नागरिक सहायता कक्षको स्थापना गरेको छ । सेवाग्राहीलाई छिटो छरितो र सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले राप्ती अञ्चलका सबै उद्योग वाणिज्य सङ्घहरुको सहकार्यमा कार्यालय परिसरमा नागरिक सहायता कक्ष...
काठमाण्डु, ६ साउन– सुनको मूल्य लगातार आरालो लाग्ने क्रम बुधबार पनि जारी छ । बुधबार यसको मूल्य एक १५ सय रुपैयाँले घटेको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रभाव नेपालमा पनि परको हो । मूल्य घटेपछि अब सुन प्रतितोला ४८ हजार रुपैयाँ...
मोरङ, ६ साउन – आर्थिक वर्ष २०७१/७२ मा मोरङका एक हजार ६३ सहकारी संस्थाले १६ अर्ब ५२ करोड १८ लाख २१ हजार ७ सय ७३ रुपैयाँको कारोबार गरेका छन् । जिल्ला सहकारी भिडिजन कार्यलयका अनुसार जम्मा सेयर पँुजी एक अर्ब ६७ करोड ६४ लाख...
चितवन, ६ साउन– चितवनमा सञ्चालित एक गाउँ एक उत्पादन कर्याक्रम सफल भएको छ । उद्योग वाणिज्य सङ्घको अगुवाइमा २०६८ सालदेखि सुरु भएको उक्त कार्यक्रम प्रभावकारी भएको जनाइएको छ । उक्त कार्यक्रम केराखेतीमा प्रयोग गरिएको थियो । जसअनुसार पाँच वर्षको अन्तरालमा जिल्लामा केराखेती गर्ने किसान...