अर्थ

नेप्सेमा सामान्य सुधार

२०७२ माघ ९ गते १४:१३

काठमाण्डु, ९ माघ – गत साता पहिलो दिनको तुलनामा २२.९८ अङ्कले बढेको नेप्से यो साता पनि सकारात्मक नै रहेको छ । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.३२ अङ्कले बढेर अन्तिम दिन १२१२.३२ अङ्कमा पुगेको हो । यस साता नेपाल स्टक एक्सचेन्जमा १०६...

जुम्लाबाट स्याउका बिरुवा अन्य जिल्लामा पुर्र्याइँदै

२०७२ माघ ९ गते १३:२२

जुम्ला, ९ माघ – माघको पहिलो सातासम्म जुम्लाबाट २५ हजार स्याउका बिरुवा बाहिरी जिल्लामा निर्यात गरिएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको सिफारिसमा कृषकले स्याउका बिरुवा निर्यात गरेका हुन् । पश्चिम नेपालका रोल्पा, बाजुरा, अछाम र पूर्वी नेपालको सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा किसानले...

रोकिएका निर्माणका काम सुरु

२०७२ माघ ९ गते ९:००

मोरङ, ९ माघ– आन्दोलनका कारण अवरुद्ध मोरङका विकास निर्माणका काम फेरि सुरु भएको छ । मोरङका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीका अनुसार बन्द हडताल पूर्णरुपमा हटेको र इन्धन अभावको स्थिति सहज बन्दै गएका कारण जिल्ला विकास समितिबाट सञ्चालित ३०० भन्दा बढी विकास निर्माणका योजना...

विदेशबाट फर्किएपछि पशुपालनमा सक्रिय

२०७२ माघ ८ गते १७:०६

म्याग्दी, ८ माघ – म्यादीको बेनी नगरपालिका–१३ बास्कुनाका स्थानीयवासी कृषि र पशुपालनबाट आत्मनिर्भर बन्न थालेका छन् । रोजगारीका लागि विदेश पुगेर फर्किएका युवा गाउँमै पशुपालन र व्यावसायिक रुपमा तरकारी तथा फलफूलखेतीमा लागेपछि गाउँकै मुहार फेरिएको छ । विदेशबाट फर्किएर गाउँमै व्यावसायिक रुपमा दुग्ध उत्पादन...

तातोपानीमा अब इन्टरनेटको पनि सुविधा !

२०७२ माघ ८ गते १६:०८

म्याग्दी, ८ माघ – म्याग्दीको प्रमुख पर्यटकीयस्थल भुरुङ्ग–तातोपानीमा इन्टरनेट सेवा जडान गरिएको छ । जिल्ला सदरमुकाम बेनीदेखि करिब २५ किलोमिटर उत्तरतर्फ अवस्थित तातोपानीमा म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडले फाइवरमार्फत ईन्टरनेट सेवा विस्तार गरेको हो । ग्रामीण क्षेत्रमा पर्ने भुरुङ्ग–तातोपानीमा इन्टरनेट सुविधा भएपछि आन्तरिक तथा...

६९ करोडको अदुवा बिक्री

२०७२ माघ ८ गते १५:४७

इलाम, ८ माघ – भारतीय नाकाबन्दीका बाबजुद पनि यो वर्ष जिल्लाबाट ६९ करोड रुपैयाँ को अदुवा भारत निर्यात भएको छ ।   जिल्ला कृषि विकास कार्यालयका अनुसार ४५ हजार ९९४ मेट्रिक टन अदुवा उत्पादन भएकोमा १८ हजार ३९८ मेट्रिक टन मात्र निकासी भएको हो...

साहुको खेतमा जान छाडे, आफ्नै व्यावसायमा व्यस्त मुक्तकमैया महिला

२०७२ माघ ८ गते १५:३६

भीमदत्तनगर, ८ माघ – एक दशकअघि कञ्चनपुरको सुडामा साहुको खेतमा काम गरेर छोराछोरीको स्याहारमा जुटेकी मुक्तकमैया सुनिता चौधरी हिजोआज च्याउखेती गरेर गाउँमा व्यवसायीका रुपमा चिनिन थालेकी छन् । सरकारले कमैयालाई मुक्त गरेपछि जिल्लाको बेदकोट नगरपालिका– ५ मा रहेको जङ्गल फाँडेर मुक्तकमैया बस्तीमा परिणत गरयो...

आइतबारदेखि भरी सिलिण्डर ग्यास पाइने

२०७२ माघ ८ गते १५:३४

काठमाण्डु, ८ माघ– ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले आधा सिलिण्डर ग्यास वितरण गर्दा लागत बढेको र उपभोक्तालाई पनि असहज भएकोले पुरा सिलिण्डर वितरणको अनुमति दिन सरकारलाई लिखित आग्रह गरिसकेको जानकारी दिदै सरकारले वास्ता नगरे दुई तीन दिनभित्र पुरै सिलिण्डर वितरण गर्ने बताए ।...

अर्को सातादेखि पेट्रोल र डिजल सहज हुने

२०७२ माघ ८ गते १५:२९

काठमाण्डु, ८ माघ– नेपाल आयल निगमका प्रवक्ता मुकुन्द प्रसाद घिमिरेले आगामि एक साताभित्र पेट्रोल र डिजेलको सहज वितरण हुने दावी गरेका छन् ।   रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले देश भरीका आयाल निगमका डिपोहरुलाई काठमाण्डु तेल पठाउन निर्देशन दिईसकेको जानकारी दिदै...

काठमाण्डुमा दक्षिण एसियाली आर्थिक मोडलबारे यस्तो बहस

२०७२ माघ ८ गते १४:५४

  काठमाण्डु, ८ माघ- विश्वको कुल जनसङ्ख्याको २३ प्रतिशत जनताको बासस्थान दक्षिण एसियाली मुलुकहरुमा गरिबी र अविकासजस्ता साझा समस्याहरुमा एकीकृत प्रयास अपरिहार्य भएको उद्योग–वाणिज्य क्षेत्रका जानकारहरुले बताएका छन् । विश्वका ५० प्रतिशत गरिब बस्ने दक्षिण एसियाली क्षेत्रले संसारको कुल गार्हस्थ्य उत्पादनमा मात्र तीन प्रतिशतले...

नेपालकै प्रमुख भन्सारबाट दुई अर्बभन्दा बढी राजस्व घाटा

२०७२ माघ ८ गते १२:१४

वीरगन्ज, ८ माघ – भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र वीरगन्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट आयातनिर्यात प्रभावित भएपछि दुई अर्ब रुपैयाँभन्दा बढी राजस्व घाटा भएको छ । आयात निर्यात प्रभावित हु“दा सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालु आवको पहिलो पाँच महिनामा यतिधेरै राजस्व घाटा भएको...

राजस्व सङ्कलन उकालो लाग्न थाल्यो

२०७२ माघ ८ गते ११:३९

चितवन, ८ माघ – नाकाबन्दीको प्रभावका कारण ओरालो लागेको राजस्व सङ्कलन नाका सहज भएसँगै उकालो लाग्न थालेको छ । चितवन र नवलपरासीको दाउन्ने पूर्वका क्षेत्र हेर्दै आएको आन्तरिक राजस्व कार्यालय भरतपुरमा भदौ, असोज र कात्तिक महिनामा निकै कम मात्र राजस्व उठेकामा मङ्सिर र पुस...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us