पोखरा, १२ माघ –कास्की जिल्लाको सिल्दुजुरे गाविसमा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको काम सुरु भएको छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले इन्धन तथा आयोजनालाई चाहिने अत्यावश्यक वस्तुको अभाव भएपछि असोजको पहिलो हप्तादेखि नै आयोजनाको सम्पूर्ण काम बन्द भएको थियो ।...
रुपन्देही, ११ माघ-नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले मुलुकको आर्थिक समृद्धिका लागि एक दशकसम्म राजनीतिक स्वार्थ छाडेर बिना अवरोध निजी क्षेत्रलाई काम गर्न दिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । तिलोत्तमा उद्योग वाणिज्य सङ्घ रुपन्देहीको दोस्रो वार्षिक साधारणसभाको सोमबार यहाँ उद्घाटन गर्दै अध्यक्ष...
वीरगन्ज, ११ माघ – तेस्रो मुलुकबाट आयातित सामान सडकमार्गबाट ल्याउन अवरोध सिर्जना हुन थालेपछि व्यवसायीले रेलमार्गलाई बढी सदुपयोग गर्न थालेका छन् । आयातित सामान बोकेर भारतको कोलकाता बन्दरगाहबाट आउने कन्टेनर मालबाहक रेलमार्फत आउन थालेपछि अहिले वीरगन्जस्थित सुख्खा बन्दरगाहमा अत्यधिक चाप बढेको छ । वीरगन्जस्थित...
काठमाण्डु, ११ माघ– नेपाल आयल निगमले १४ वटा निजी कम्नपीलाई पेट्रोलियम आयातको लागि ‘नो अब्जेम्सन लेटर’ दिएको छ । नेपाल सरकारको कात्तिक २ गतेको निर्णय अनुसार निजी कम्पनीलाई पनि पेट्रोलियम आयातका लागि ‘नो अब्जेक्सन लेटर’ प्रदान गरिएको निगमले जनाएको छ । धेरै वटा कम्पनीले...
वीरगन्ज, ११ माघ – क्षेत्रीय विकासको असुन्तलनलाई घटाउन र वित्तीय सेवाको पहुँच विस्तार गरी वित्तीय समावेशीकरणलाई अभिवृद्धि गर्न नेपाल राष्ट्र बैंकले क्षेत्रीयस्तरमा वित्तीय क्षेत्र समन्वय संयन्त्र गठन गरेको छ । नेपाल राष्ट्र बैंक वीरगन्जका निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा सात सदस्यीय संयन्त्र गठन गरिएको हो...
खोटाङ, ११ माघ – किबी खेतीप्रति जिल्लाका किसानको आकर्षण बढ्दै गएको छ । बजारको माग बढ्दै गएपछि तथा मनग्य आम्दानी हुने भएपछि किबी खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । जिल्लाको उत्तरी गाविस फेदी–६ का युवा कृषक धनकुमार राईले यसवर्ष ४३३ किलो किबी उत्पादन...
चितवन, ११ माघ – पर्यटकीय मौसममा समेत नाकाबन्दीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा कमी आएको छ । मुख्य पर्यटकीय याम मङ्सिर–पुस महिनामा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्या घटेको छ । पुसमा आठ हजार २२ जना पर्यटक मात्रै निकुञ्ज प्रवेश गरेका छन् । विदेशी...
काठमाण्डु, १० माघ-ऐनलाई परिपत्र र परिपत्रलाई टेलिफोनको घन्टीले काट्न सक्ने कानुन नबनाउन निजी क्षेत्रले संसदीय समितिलाई सुझाव दिएको छ । व्यवस्थापिका–संसद् अर्थ समितिको आइतबारको बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७२ माथि एसोसिएसन र निजी क्षेत्रका प्रतिनिधिबाट सुझाव...
भीमदत्तनगर, १० माघ- महिला तथा बालबालिका कार्यालय कञ्चनपुरले अनुदान दिएपछि जिल्लाका विभिन्न ग्रामीण भेगका सात सयभन्दा बढी आर्थिक अवस्था कमजोर भएका महिला आयमूलक व्यवसायमा लागेका छन् । महिलाको आर्थिक स्थितिमा सुधार ल्याउन सरकारले व्यवसायमा लाग्न अनुदान दिएपछि यहाँका महिला तरकारी खेती, बाख्रा पालन, बङ्गुरपालन,...
काठमाण्डु, १० माघ– भारतबाट इन्धन आयात बढ्न थालेपछि नेपाल आयल निगमले परिमाण बढाएर इन्धन बेच्न थालेको छ । यसअघि दैनिक डेढ लाख लिटर इन्धन उपलब्ध गराएको निगमले अहिले दैनिक झण्डै साढे ३ लाख लिटर बिक्री गरिरहेको हो । स्टकमा भएको पेट्रोल र डिजेल उपभोक्तालाई...
पोखरा, ९ माघ – कास्की निर्वाचन क्षेत्र नं ३ को विकासका लागि संसद् विकास कोष र क्षेत्र विकास पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत २७ विकास योजना सञ्चालन हुने भएका छन् । निर्वाचन क्षेत्रका आगामी योजनाका सम्बन्धमा जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा...
दाङ, ९ माघ – त्रिपुर नगरपालिका–४ स्यानी गाउँका स्थानीय बासिन्दाले उखुखेतीबाट लाखौँको आम्दानी गरेका छन् । उखु खेतीबाट गाउँका सबैजसो किसानले राम्रो आम्दानी समेत लिएको बताउँछन् । उनीहरुले आफनो बारीमा लगाउने उखु खेतीबाट आएको आम्दानीबाट आत्मनिर्भर हुँदै आएको किसानको भनाइ छ । किसानले अन्यखेती...