म्याग्दी, १५ माघ – प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकन र अध्ययनको लागि नेपाल घुम्न आउने विदेशी पर्यटकका लागि राउण्ड धौलागिरि पदमार्ग आकर्षक गन्तव्यस्थल बन्दै जान थालेको छ । पोखरा काटेर राउण्ड अन्नपूर्णको भ्रमणका लागि आउने पर्यटकमध्ये अधिकांश पर्यटक आफ्नो नेपाल बसाईलाई लम्ब्याउँदै राउण्ड...
पोखरा, १४ माघ-पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका जिल्ला वन कार्यालय, भूसंरक्षण कार्यालय एवम् मातहतका कार्यालय, आयोजना र परियोजनाको क्षेत्रीय योजनातर्जुमा गोष्ठी बिहीबारदेखि यहाँ सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय पोखराको आयोजनामा भएको दुईदिने सो गोष्ठीमा ती निकायका १६० प्रमुखको सहभागिता छ । वन तथा...
काठमाण्डु, १४ माघ – सरकारले भूकम्पबाट क्षति भएका प्रमुख पर्यटकीय गन्तव्यको पुनःसंरचनाको काम सुरु गरेको छ । पर्यटन विभागले पर्यटन पूर्वाधारको कामलाई गति दिँदै भूकम्पबाट बढी क्षति भएका सात वटा पद मार्गको निर्माणको प्रक्रिया अघि बढाएको छ । विभागका महानिर्देशक गोबिन्दबहादुर कार्कीका अनुसार लाङटाङ,...
जनकपुरधाम, माघ १४ – विगत ५ महिनाभन्दा बढी समयदेखि बन्द रहेको तराईमा यातायात सेवा सञ्चालनमा आएपछि भारतीय पर्यटकको आगमनमा वृद्धि भएको छ । धार्मिक पर्यटनको एक प्रमुख गन्तव्य स्थलको रुपमा स्थापित हुने प्रशस्त आधार रहेको जनकपुरधामको मठमन्दिर तथा धार्मिक स्थल हेर्न आउने भारतीय पर्यटक...
चितवन, १४ माघ – जिल्लाको माडी उपत्यकामा हालै खुलेको सुविधायुक्त होमस्टेमा पर्यटकको आकर्षण बढ्दै गएको छ । स्थापना भएको तीन महिनामा ४०० बढी पर्यटक आइसकेका छन् । होमस्टेका अध्यक्ष मोहनबहादुर पुन मगरले प्रचार प्रसार हुनसके होमस्टेमा पर्यटकको सङ्ख्या बढ्ने स्थिति रहेको बताए । यहाँ...
तनहुँ, १४ माघ – सधैँ चुलो र चौकामा मात्र सीमित रहने जिल्लाका महिला पछिल्लो समय सामाजिक क्रियाकलापमा समेत सक्रिय हुन थालेका छन् । मिर्लुङ गाविस–३ स्थित ओखलपानी देवी आमा समूहले धान, मकै र कोदो पिस्ने मिल सञ्चालनमा ल्याएको छ । गाउँमा मिल नहुँदा कुटानी...
इलाम, १४ माघ – इलाम नगरपालिका कार्यालयले समयमा नै खानेपानीको महसुल नबुझाउने ग्राहकको धमाधम पानीको लाइन काट्न थालेको छ । दुई वर्षअघि देखिको पनि महसुल नउठेका कारण लाइन काट्न थालिएको हो । कार्यालयले आदर्श उच्चमाविसहित छ उपभोक्ताको धाराको लाइन काटिसकेको छ भने ८५ उपभोक्ताको...
खोटाङ, १४ माघ – बाढीले पावरहाउस बगाएपछि अवरुद्ध बनेको खोटाङको तावाखोला लघुजलविद्युत् आयोजना आठ महिनापछि पुनः सञ्चालनमा ल्याइएको छ । गत असार १९ गते आएको बाढीले बगाएको १७ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना बुधबारबाट पुनः सञ्चालनमा ल्याइएको हो । बाढीले क्षतिग्रस्त जलविद्युत् सञ्चालनमा ल्याउन कसैको...
भक्तपुर, १४ माघ – नेपाल विद्युत् प्राधिकरण भक्तपुर शाखाअन्तर्गत विद्युत् महसुलबापत करिब १३ करोड आठ लाख रुपैयँ बाँकी बक्यौता रहेको छ । सरकारी कार्यालयले नै विद्युत् प्रयोग गर्ने महसुल नतिर्ने गरेपछि बाँकी बक्यौता बढेको हो । विद्युत् महसुलबापत बाँकी बक्यौताका रूपमा रहेको उक्त रकममध्ये...
काठमाण्डु, १३ माघ– उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले मुलुकको आर्थिक समृद्धिका लागि सहकारीलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री केसीले सहकारी क्षेत्रमा भएका विसङ्गतिलाई व्यवस्थित गर्न सहकारी ऐन–२०७२ ल्याउने तयारीमा सरकार रहेको जानकारी दिए...
काठमाण्डु, १३ माघ – आगामी तीन वर्षभित्र मुलुकलाई अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने सरकारी प्रयास प्रारम्भ भएको छ । पशुपक्षी विकास मन्त्रालयले ४० बुँदे प्रतिवद्धता सार्वजनिक गर्दै पशुपक्षीजन्य पदार्थको आयातप्रतिस्थापन गरी उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । अण्डा, मासु र दूधमा क्रमशः...
काठमाण्डु, १३ माघ– नेपाल स्टक एक्सचेन्जमा सोमबारदेखि कारोबार ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ । सोमबार झण्डै ५० करोडको कारोबार भएको नेप्सेमा मंगलबार ३८ करोड हुँदै बुधबार ३६ करोडको कारोबारमा सिमित भएको छ । बुधबार दिनभरमा १ सय वटा कम्पनीको १ हजार ८ सय...