अर्थ

भारतको नाकाबन्दीका कारण तनहुँका इँटा उद्योग बन्द

२०७२ माघ १८ गते ९:३७

दमौली, १८ माघ– लामो समयदेखि भारतीय नाकाबन्दीका कारण तनहुँ जिल्लाभित्र सञ्चालित इँटा उद्योग धरासायी हुँदै गएका छन् । करोडौँ रुपैयाँ लगानी गरेर सञ्चालन गरिएका त्यस्ता इँटा उद्योग इज्जतका लागि पनि चलाउन परिरहेको सञ्चालकहरु बताउँछन् । भूकम्पपछि मारमा पर्दै आएका ती व्यवसायी भारतीय नाकाबन्दीपछि थप...

१२ करोडको नयाँ खानेपानी आयोजना निर्माण गरिदै

२०७२ माघ १८ गते ८:५१

कावासोती, १८ माघ– बढ्दो सहरीकरणले गर्दा कावासोती नगरमा खानेपानीको आपूर्ति बढ्दै गएपछि यस वर्ष झन्डै १२ करोडको नयाँ आयोजना थप गरिएको छ । विसं २०६१ मा सुरु भएको कावासोती साना सहरी खानेपानी आयोजनाले ११ वर्षमै यहाँको खानेपानी आपूर्ति गर्न नसकेपछि नयाँ आयोजना सुरु गरिएको...

बैंकभन्दा सहकारी नै सजिलो र भरपर्दो

२०७२ माघ १८ गते ८:४१

बाजुरा, १८ माघ– बाजुरा जिल्लाको पूर्वित्तर क्षेत्रका ११ गाविसका सहकारीले ग्रामीण क्षेत्रका बैङ्किङ कारोबारको समस्यालाई समाधान गर्ने प्रयास गरेका छन् । कोल्टीमा रहेका राष्ट्रिय वाणिज्य बैंक द्वन्द्वको समयमा सदरमुकाम मार्तडीको शाखामा गाभिएपछि हालसम्म पुनःस्थापना हुन सकेको छैन । कोल्टी गाविस वडा नं ३ विरसैनका...

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण अवधि बढ्यो

२०७२ माघ १७ गते १७:३१

काठमाण्डु, १७ माघ – तराई मधेसको शीतलहर, अत्यधिक चिसो तथा विगत केही दिन पहिलेको रङ्गेली घटनाका कारण ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न हुने समय एकाध दिन पर धकेलिएको छ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले आगामी फागुन ४ गतेसम्ममा भारतबाट ८०...

भारतसँग सत्तरी प्रतिशत व्यापारघाटा छ: श्रम मन्त्री

२०७२ माघ १७ गते १५:५६

भैरहवा, १७ माघ-श्रम तथा रोजगार र वाणिज्यमन्त्री दीपक बोहराले भारतसँग ६५ देखि ७० प्रतिशतसम्म व्यापार घाटा भएको बताएका छन् । लुम्बिनी प्रेस क्लब भैरहवाले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भारतसँग धेरै परनिर्भर भएकै कारण अत्यधिक व्यापार घाटा भएको बताएका हुन् । मन्त्री बोहराले...

युवा स्वरोजगार कार्यक्रममा दुइ करोड लगानी

२०७२ माघ १७ गते १०:४८

चितवन, १७ माघ – वाणिज्य बैंक गैंडाकोटमा अनुदानसहितको कृषि कर्जा लिने ऋणिको आकर्षण बढेर गएको छ । साना किसानले ब्याजमा चार प्रतिशत अनुदान पाउने प्रावधान छ । शाखा प्रवन्धक कुलबहादुर खत्रीका अनुसार शाखाको अधिकारभित्र रहेको १५ लाखसम्मको अनुदानसहितको कर्जामा दुई करोड लगानी भएको छ...

व्यवसाय विस्तारमा करिब दुई करोड लगानी

२०७२ माघ १७ गते १०:४४

कञ्चनपुर, १७ माघ – विपन्न वर्गको आयस्तरमा सुधार गर्नका लागि स्थापना गरिएको नवीकरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड झलारी कञ्चनपुरले एक करोड ७९ लाख ६२ हजार रुपैयाँ व्यवसाय बिस्तारका लागि प्रदान गरेको छ । एक वर्षको अवधिमै सहकारीमा आबद्ध ७०९ जना सदस्यलाई व्यवसाय...

बढी ब्याजको लोभले साँवा पनि डुब्यो

२०७२ माघ १७ गते ८:२६

पाल्पा, १७ माघ – करोडपति बन्ने सपनामा ‘कमोडोटिज विजनेस’ मा अवैध लगानी गर्ने व्यक्ति अहिले फसेका छन् । तानसेन शीतलपाटीस्थित शाक्यमुनि कमोडोटिजकी सञ्चालिका कल्पना घिमिरेले अवैध लगानीकर्तालाई साँवाब्याज दिन नसकेपछि लगानीकर्ताले आफूहरू फसेको गुनासो गर्दै आएका हुन् । शाक्यमुनि कमोडोटिजको नाममा सुनचाँदीको खरिद बिक्री...

सरकारको प्राथमिकतामा जलाशययुक्त आयोजना : १० बर्षभित्र दश हजार मेगावाट बिजुली

२०७२ माघ १६ गते १५:२२

काठमाण्डु, १६ माघ – नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाका कारण विद्युत्को माग बढी हुने समयमा सहज रुपमा विद्युत् प्राप्त हुन नसकेको ठहर गर्दै सरकारले जलाशययुक्त परियोजनालाई अगाडि बढाउने भएको छ । सरकारले केही दिनभित्रै जारी गर्न लागेको ऊर्जा सङ्कटकालमा विशेषगरी ठूला एवम् बहुउद्देश्यीय आयोजनालाई...

नेप्से चार अङ्कले घट्यो

२०७२ माघ १६ गते १४:३४

काठमाण्डु, १६ माघ – पुँजी बजार अभौतिकीकरण गरेसँँगै उकालो लागेको सेयर बजारको यो साता नेप्से परिसूचक ओरालो लागेको छ । गत साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०।३२ अङ्कले बढेर अन्तिम दिन एक हजार २१२.३२ विन्दुमा पुगेको थियो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा...

गुणस्तरीयताका लागि साना कुखुरा व्यवसायी सङ्गठित हुँदै

२०७२ माघ १६ गते १४:२३

इटहरी, १६ माघ – पूर्वी नेपालका साना कुखुरा उत्पादक किसान सङ्गठित भएर आफ्नो व्यवसायमा शुद्धताका लागि आवाज उठाउन थालेका छन् । अवैध रुपमा भारतबाट आयात गरिने गुणस्तरहीन चल्ला तथा दानाका कारण हैरानी र नोक्सानीमा पर्दै आएका साना कुखुरा उत्पादक किसान शुद्ध र गुणस्तरीय कुखुराका लागि...

चितवनका नगरपालिकाको बजेट डेढ अर्ब

२०७२ माघ १६ गते १२:२३

चितवन, १६ माघ -चितवनमा नगरपालिका बढेसँगै आम्दानीको स्रोत र सरकारी अनुदान थपिँदै जाँदा यहाँका एक उपमहानगरपालिकासहित आठ वटा नगरपालिकाले आउँदो वर्षका लागि रु एक अर्ब ४७ करोड रुपैयाँको प्रस्तावित बजेट सार्वजनिक गरेका छन् । गाविसको आम्दानी र सरकारी अनुदान थोरै हुने भए पनि नगरपालिका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us