अर्थ

आगलागीमा पाँच लाख बराबरको क्षति

२०७२ माघ १६ गते ९:३०

इनरुवा, १६ माघ– सुनसरीको दुई वटा गाविसमा शुक्रबार मध्यरात आगलागी हुँदा पाँच लाख ५० हजार बराबरको क्षति भएको छ । जिल्लाको छिटहा गाविसमा बिजुली सर्ट भई बच्चालाल यादव र नरेश यादवको घरमा आगलागी हुँदा दुई वटा घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन, गरगहना जलेर...

घरमा रङ लगाए कर छुट पाइने

२०७२ माघ १६ गते ९:१५

मोरङ, १६ माघ– विराटनगर उपमहानगरपालिकाले तोकेको रङ आफ्नो घरमा लगाउने नगरवासीले घरजग्गा करमा तिर्दा छुट पाउने भएका छन् । रङ भोटिङको शुक्रबार उद्घाटन गर्दै विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले भने, ‘जसले उपमहानगरपालिकाको छनोटमा परेको रङ घरमा लगाउँछ त्यसले २० देखि ३० प्रतिशत घरजग्गा...

पिपल्सले ४८.८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने

२०७२ माघ १५ गते १८:३३

काठमाण्डु, १५ माघ– ४८.८ मेगावाट क्षमताको खिम्ती २ जलविद्युत आयोजनाको निर्माण कार्य २०७३ साल कात्तिकबाट सुरु हुने भएको छ । २०७७ असार मसान्तभित्र विद्युत उत्पादन थालिने गरी काम भइरहेको प्रवद्र्धक कम्पनी पिपल्स हाइड्रो सहकारी संस्थाका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिएका छन् । उक्त आयोजना...

अर्थमन्त्री भारत जाँदै

२०७२ माघ १५ गते १८:२८

काठमाण्डु, १५ माघ-अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारतीय विदेशमन्त्री सुष्मा स्वराजको औपचारिक निमन्त्रणामा यही माघ २४ गते भारत भ्रमणमा जाने भएका छन् । भारतमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको कार्यसूची र नेपाल–भारतबीच सहयोग आदानप्रदानका विषयमा भारतीय नेता र आफ्ना समकक्षीसँग छलफल गर्ने...

उर्जा क्षेत्रमा उथलपुथल ल्याउने टोपबहादुरको घोषणा

२०७२ माघ १५ गते १८:१८

काठमाण्डु, १५ माघ– सरकारले छिट्टै उर्जा संकटकाल घोषणाको तयारी गरेको छ । पिपुल्स हाइड्रो सहकारी संस्थाको छैटौं वार्षिक साधारणसभाको शुक्रबार राधजानीमा उद्घाटन गर्दै उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले उक्त जानकारी दिए । आइतबार पूर्वाधार आयोजना अनुगमन तथा निर्देशन उच्चस्तरीय समितिको बैठक बसी संकटकालको अवधारणालाई अन्तिम...

कृषि विकास बैंकको ६ महिनाको नाफा पौने दुई करोड

२०७२ माघ १५ गते १७:२९

झापा, १५ माघ – कृषि विकास बैंक विर्तामोड शाखाले चालु आवको छ महिनामा एक करोड ७० लाख ९० हजार रुपैयाँ नाफा गरेको छ । यो अघिल्लो आवको भन्दा ३७ प्रतिशतले बढी हो । अघिल्लो आवको यही अवधिमा बैंकले एक करोड २४ लाख ४४ हजार...

दस वर्षभित्र दस हजार मेगावाट बिजुली निकाल्ने तयारी

२०७२ माघ १५ गते १७:१५

काठमाण्डु, १५ माघ – आगामी दस वर्षभित्र दस हजार मेगावाट विद्युत् उत्पादन गर्ने र निर्माणाधीन आयोजनालाई तत्काल सम्पन्न गर्ने उद्देश्यका साथ सरकारले ऊर्जा सङ्कटकाल घोषणाको अन्तिम तयारी गरेको छ । ऊर्जा मन्त्रालयले तयार गरिरहेको कार्ययोजनामा विशेष गरी चालु आवको अन्त्यसम्म निर्माण सम्पन्न हुने आयोजनालाई...

भारतबाट तीन सय मेगावाट विद्युत् आयात गरिने

२०७२ माघ १५ गते १७:०६

काठमाण्डु, १५ माघ-सरकारले आगामी डेढ वर्षभित्र भारतबाट तीन सय मेगावाट विद्युत् आयात गर्ने भएको छ । शुक्रबार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समितिस्तरीय बैठकले आगामी तीन साताभित्र ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट विद्युत् आयात गर्ने सहमति भएको हो । यस्तै सो प्रसारण...

खेती छाडेर सहरमा रमाउँन थाले गाउँका जनता

२०७२ माघ १५ गते १७:०४

काठमाण्डु, १५ माघ – ‘षानी भएका ठाउँमा गाउँ भयापनि गाउँ अरु जग्गामा सारिकन पनि षानी चलाउनु, षेत बन्या जग्गामा घर भया पनि घर अन्त जग्गामा सारी कुलो काटी षेत बनाई आवाद गर्नु, आफ्ना देशको जिनिस जडीबुटी देस लैजानु र नगद खिच्नु ।’ नेपालको एकीकरण...

ट्राफिक कार्यालयमा डेढ लाख राजस्व सङ्कलन

२०७२ माघ १५ गते १६:०७

बैतडी, १५ माघ – ट्राफिक नियम विपरीत चल्ने सवारीसाधनबाट चालु आर्थिक वर्षको छ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाले एक लाख ७२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनमा राजस्वबापत २७ हजार १००, भदौमा ३५ हजार, असोजमा ३२ हजार ४००,...

अब पर्वतमा पनि प्याराग्लाइडिङको मज्जा लिन सकिने

२०७२ माघ १५ गते १४:५१

पर्वत, १५ माघ – पर्यटकीय सहर पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य सञ्चालनसँगै विस्थापित हुने अवस्थामा रहेको सराङकोटको प्याराग्लाइडिङ उडान पर्वतमा व्यावसायिक रुपमा सञ्चालन गर्ने तयारी भएको छ । विगत दुई सातायता पर्वतको आकासमा प्याराग्लाइडिङ उडान कार्य नियमित भएपछि व्यावसायिक रुपमै अघि बढाउन थालिएको हो ।...

दुई करोडको चिस्यान केन्द्र

२०७२ माघ १५ गते १४:३४

तनहुँ, १५ माघ – दुग्ध उत्पादक सहकारी सङ्घले ब्यास नगरपालिका– ३ स्थित रानीगाउँमा दुई करोड रुपैयाँको लागतमा चिस्यान केन्द्र स्थापना गरेको छ । तनहुँ, लम्जुङ र गोरखाका दुग्ध उत्पादक कृषकहरुलाई लक्षित गरी उक्त चिस्यान केन्द्र स्थापना गरिएको हो । सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष एवम्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us