म्याग्दी, १३ माघ – जिल्लाको रुम गाविस– ६ जेमका एक युवाले वैदेशिक रोजगारी त्यागेर सुरु गरेको चाउमिन उद्योगबाट मनग्य आम्दानी गर्न सफल भएका हुन् । दरबाङ बजारमा ‘आशिष एण्ड आशा’ उद्योग सञ्चालन गरेका २७ वर्षीय प्रेम रोकाले मनग्य आम्दानी गरेका छन् । भारतबाट फर्किएपछि...
परासी, १३ माघ – नवलपरासीका छ वटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७३÷७४ का लागि ६७ करोड रुपैयाँको बजेट विनियोजन गरेका छन् । सरदमुकाम परासीमा रहेको रामग्राम, गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु र सुनवल नगरपालिकाले आगामी आवका लागि आ–आफ्नो नगरपरिषद्मार्फत सो बजेट विनियोजन गरेका हुन् ।...
काठमाण्डु, १३ माघ– उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले मुलुकको आर्थिक समृद्धिका कारण सहकारीलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् । मन्त्रालयमा बुधबार गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले सहकारी क्षेत्रमा भएका बिसङ्गतिलाई व्यवस्थित गर्न सहकारी ऐन २०७२ ल्याउने तयारीमा सरकार रहेको जानकारी दिए...
काठमाण्डु, १३ माघ – केन्द्रीय तथ्याङ्क विभागले वैशाख १२ को गोरखा भूकम्पबाट भएको क्षतिको लगत सङ्कलन कार्यमा खटिएका विभागका सर्भेक्षण टोलीलाई सहयोग गरिदिन अपिल गरेको छ । सङ्कलन गरेको तथ्याङ्कका आधारमा प्रत्येक आवासीय घरको क्षतिको विस्तृत आँकलन भई वास्तविक पीडितको पहिचान हुने र यसले...
म्याग्दी, १३ माघ – जिल्लाका कृषकले कृषिउपजको बजारीकरणका लागि सामाजिक सञ्जालको प्रयोग गर्न थालेका छन् । तरकारी, फलफूल र पशुजन्य उत्पादनको बजारीकरणका लागि आधुनिक सूचना प्रविधिको प्रयोगले कृषकलाई सहज भएको छ । मोबाइल, इन्टरनेट, फेसबुक, भाइबर, म्यासेन्जरजस्ता सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले कृषकको जीवनशैलीमा...
भक्तपुर, १३ माघ – भारतीय नाकाबन्दी र इन्धन अभावका कारण बन्द भएका जिल्लाका इँटा भट्टा सञ्चालनमा आएका छन् । विगतका वर्षमा पुसमा नयाँ इँटा उत्पादन गरी बिक्री गर्न सुरु हुने गरेकामा यस वर्ष माघ लाग्दा मुश्किलले जिल्लाका ६२ इँटा भट्टा सञ्चालनमा आएका हुन् ।...
काठमाण्डु, १३ माघ– बुधबार सुनचाँदीको मुल्यमा उतारचढाव आएको छ । अघिल्लो दिनको तुलनामा बुधबार सुनको मुल्य तोलामा ४ सय र चाँदी १० रुपैयाँले बढेको हो । मंगलबार तोलामा ५० हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा सुन बुधबार बढेर ५१ हजार ३ सय रुपैयाँ पुगेको...
विराटनगर, १२ माघ – मोरङको लेटाङ भोगटेनी–६ का कमल राई मौरीपालनलाई व्यावसायिक रुपमा अङ्गालेपछि उनको जीवनशैली नै फेरिएको छ । मौरी व्यवसायबाट बर्सेनि सरदर पाँच लाख रुपैयाँ आम्दानी भएपछि उनको जीवनशैली नै फेरिएको हो । सात वर्षअघि झापाबाट सात घार मौरी खरिद गरेर व्यवसाय...
पाँचथर, १२ माघ – नाकाबन्दीका कारण इन्धन आपूर्ति सहज नभएपछि हेवा खोला ‘ए’ जलविद्युत् आयोजनाको काम चार महिना लम्बिएको छ । जिल्लाको भारपा र याङ्नाम गाविसको सिमाना भएर बग्ने हेवा खोलाबाट निकाल्न लागिएको १६ मेगावाट क्षमताको सो आयोजना निर्माण कार्य चैत मसान्तसम्म सकिने भएको...
झापा, १२ माघ – जिविस झापाले सामाजिक संस्थामार्फत सञ्चालन हुने भनी आफैँले भन्दै आएको परियोजनाको बजेट निजी कम्पनीलाई बाँडेको आरोप लागेको छ । आव २०७२/७३ का लागि जिल्लाका क्रियाशील गैरसरकारी संस्थासँग साझेदारीमा सञ्चालन गर्ने कार्यक्रमका लागि भन्दै जिविसको सामाजिक विकास शाखाले गत कात्तिक १४...
काठमाण्डु, १२ माघ– सरकारले ताप्लेजुङका ओलाङ्चुङगोला, लेलेप, पापुङ, सङ्खुवासभाको किमथाङ्कादेखि दार्चुलाको व्यास गाविस क्षेत्रसमेत गरी १५ जिल्लाका विभिन्न स्थानमा पदयात्रा गर्न जाने पर्यटकका लागि अनिवार्य पदयात्रा अनुमतिपत्र लिनुपर्ने व्यवस्था गरेको छ । माथिल्लो डोल्पा र मुस्ताङको दश दिनको पदयात्रामा जान चाहने पदयात्रीले प्रतिव्यक्ति ५००...
वीरगन्ज, १२ माघ – तरकारी उत्पादनमा वृद्धि भएपछि खुसी भएका किसान लागत अनुसारको मूल्य नपाउँदा निरास भएका छन् । बारा र पर्साका किसानले काउली खेतबाट बजारसम्म पु¥याउँदासम्मको ज्यालासमेत नउठेपछि खेतबारीमै तरकारी नष्ट गर्नु परेको छ । काउली उत्पादनका लागि बीउ, मल, सिँचाइ, जोताइ, कीटनाशक...