जाजरकोट, २२ माघ – रोजगारीको खोजीमा युवा विदेश गइरहेका बेला जिल्लाको भेरीमालिका नगरपालिका– १ रिम्नाका रामबहादुर पुनले गाउँमै बङ्गुरपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् । धेरै पटक रोजगारीका लागि भारतको कालापहाड गएका पुनले त्यहाँको कमाइले घरखर्च चलाउन धौधौ भएपछि बङ्गुरपालन व्यवसाय थालेका हुन् ।...
जनकपुरधाम, २२ माघ – विश्व सम्पदा स्थलको सम्भाव्य सूचीमा रहेका जनकपुरघामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न क्षेत्र निर्धारण, दायित्व र एकीकृत व्यवस्थापन संरचनाको स्पष्टताको खाँचो महसुस गरिएको छ । यस क्षेत्रमा अद्वितीय सांस्कृतिक परम्परा जीवन्तरुपमा विद्यमान रहेकाले सांस्कृतिक विश्व सम्पदामा सूचीकृत गराउन प्रक्रियागत रुपमा...
पोखरा, २१ माघ- उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अबको दुई दशकलाई ऊर्जा उत्पादन दशकका रुपमा लिएर पहिलो दशकमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढ्ने बताएका छन् । रामबजारस्थित कालिका उमाविको स्वर्ण महोत्सव समापन समारोहलाई बिहीबार सम्बोधन गर्दै ऊर्जामन्त्री रायमाझीले देशलाई ऊर्जा...
काठमाण्डु, २१ माघ– पब्लिक एलाएन्स फर एन्टीकरप्सन नामक संस्थाले राष्ट्रिय गौरबको रुपमा रहेको नलसिंहगढ जलविद्युत आयोजनाको परामर्शदाता छनौटमै करोडौ भ्रष्टाचार भएको दावी गरेको छ । संस्थाले आयोजनाको प्रमुख मोतीबहादुर कुँवर र परामर्शदातामा लडेको स्मेक एमडब्लुएच र उदय कन्सल्टेन्सीका स्थानीय एजेण्टहरुको मिलेमतोमा भ्रष्टाचार भएको दावी...
चितवन, २१ माघ– भूकम्प र त्यसपछिको नाकाबन्दी र बन्द, हड्तालले पोल्ट्रीजन्य क्षेत्रमा तीन अर्ब ३१ करोड ७१ लाख बराबरको नोक्सान भएको छ । भूकम्पयता ब्रोइलर चल्ला, लेयर्स चल्ला, अण्डा, ब्रोइलर कुखुरा, दाना, सप्लायर्सका गाडी, कर्मचारी, अन्य बैंक ब्याजसमेतको नोक्सानी समावेश गरिएको छ । लागतभन्दा...
काठमाण्डु, २१ माघ– सुनको मुल्य लगातार बढ्दै तोलामा ५२ हजार रुपैयाँ पुगेको छ । बुधबार ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार ३ सय रुपैयाँले बढेर ५२ हजार पुगेको हो । यो महिना लागेदेखि सुनको मुल्य लगातार बढ्दै गएको छ । अन्तर्राष्ट्रिय...
बागलुङ, २० माघ – जिल्लामा २० वर्षअघि सुरु भएका दुई ठूला खानेपानी आयोजना अझै पूरा भएका छैनन् । विसं २०५२ मा सुरु भएका अमलाचौर र जैदी खानेपानी आयोजना लक्षित अवधि पूरा हुँदासम्म पनि निर्माणकै चरणमा छन् । राजनीतिक दबाब, बजेटको कमी, द्वन्द्व जस्ता कारणले...
दोलखा, २० माघ – भूकम्पका कारण थलिएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम अति सुस्तगतीमा अगाडि बढिरहेको छ । विद्युत् र पहुँचमार्ग मर्मत समस्याका कारण काम केही समयअघिदेखि सुस्तगतिमा अघि बढेको हो । सडक मर्मत पूरा भइनसकेको र पोल ढलेका कारण केन्द्रीय प्रसारण लाइनको बिजुली...
परासी, २० माघ – नवलपरासीमा आगामी माघ २९ गतेदेखि फागुन ११ गतेसम्म सञ्चालन हुने पश्चिमाञ्चलस्तरीय औद्योगीक व्यापार मेलाको तयारी तीव्ररुपमा अघि बढाइएको छ । हालसम्म मेलास्थलको व्यवस्थापन, करिब २०० स्टल बुकिङ, प्रचार–प्रसार लगायतका अन्य प्राविधिक काम पूरा भइसकेको छ । उद्योग वाणिज्य सङ्घको मुख्य...
काठमाण्डु, २० माघ – चालु आर्थिक वर्ष २०७२/७३ मा लक्ष्यको तुलनामा करिब ७६ प्रतिशत मात्र प्रगति भएको छ । चालु आवका लागि राजस्वको कूल लक्ष्य ४७५ अर्ब एक करोड रुपैयाँ प्रक्षेपण गरिएकोमध्ये २०७२ पुस महिनासम्मको लक्ष्य २१६ अर्ब ५९ करोड रुपैयाँमा १६४ अर्ब ३३...
महोत्तरी, २० पुस – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गत साउन ३० गतेदेखि जारी राखेको अनिश्चितकालीन आम हडताल तथा धर्नाका कारण जलेश्वर भन्सार कार्यालयलाई ४१ करोड ९१ लाख रुपैयाँ राजस्व घाटा भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म उक्त भन्सारले ६ करोड ३३ लाख...
चितवन, १९ माघ – यसवर्ष जिल्लामा व्यावसायिक तरकारी खेतीको विकासका लागि ६८ जना किसान छनोटमा परेका छन् । युवालक्षित व्यावसायिक तरकारी खेतीका लागि रु ३६ लाख अनुदान दिने गरी उनीहरुको छनोट गरिएको हो । पहाडका किसानका लागि पाँच रोपनी र तराई क्षेत्रमा एक बिघाखेती...