अर्थ

नेपालका तरकारी खेती भारतीय मजदुरको भरमा

२०७२ माघ २७ गते १७:२०

भीमदत्तनगर, २७ माघ – पछिल्ला वर्षमा कञ्चनपुर तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । तरकारी किन्न भारतीय बजार जानुपर्ने बाद्यता हटेको छ । तर तरकारी उत्पादनका लागि भने भारतीय मजदुरकै भर पर्नुपर्ने अवस्था छ । सदरमुकाम भीमदत्तनगर आसपासका दैजी, सुडा, झलारी, बागफाँटालगायतका क्षेत्रमा भारतीय मजदुरले...

‘क्यान इन्फोटेक’ मेला अब झापामा

२०७२ माघ २७ गते १५:४३

झापा, २७ माघ – झापामा पहिलोपल्ट सूचना प्रविधिसम्बन्धी मेला ‘क्यान इन्फोटेक–२०१६’को आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले आयोजना गर्ने सो मेला आगामी फागुन २१ देखि २५ गतेसम्म विर्तामोडको कन्काई क्याम्पस परिसरमा हुनेछ । सूचना प्रविधिमा भइरहेको विकास र भित्रिएका नौला प्रविधियुक्त...

इलामको सात ‘अ’मध्ये ओलन उत्पादन उत्कृष्ट छनोटमा

२०७२ माघ २७ गते १५:३६

इलाम, २७ माघ – इलाम जिल्लालाई विभिन्न ७ ‘अ’ को जिल्ला भनेर चिनिन्छ । जसमा अलैंची, अदुवा, अकबरेखोर्सानी, अर्थोडक्स चिया, आलु, अम्लिसो तथा ओलन (दूध) पर्दछन् । ‘एक जिल्ला, एक उत्पादन’अन्तर्गत जिल्लामा दूधलाई छनोट गरिएको छ । कृषि विकास मन्त्रालय तथा नेपाल उद्योग वाणिज्य...

विदेशमा निर्यात हुने कफी बोटबाटै झर्न थालेपछि किसान मारमा

२०७२ माघ २७ गते १४:५६

पर्वत, २७ माघ – पाक्ने समयमा कफी बोटबाटै झर्न थालेपछि किसान मारमा परेका छन् । कफीको पात झर्ने, बोट सुक्ने र लागेको फल नपाक्दै झर्ने गरेका कारण उत्पादन घट्ने भएपछि किसानलाई चिन्ता भएको हो । जिल्ला कफी व्यवसायी सङ्घका अध्यक्ष भवानीप्रसाद शर्माका अनुसार यस...

सुन्तला उत्पादनमा २७ प्रतिशतले कमी

२०७२ माघ २७ गते १४:२६

पोखरा, २७ माघ – जिल्लामा यसवर्ष सुुुन्तला उत्पादनमा २७ प्रतिशतले कमी आएको छ । गत वर्ष जिल्लामा १३ हजार मेट्कि टन सुन्तला उत्पादन भएकोमा यसवर्ष १० हजार २०० मेट्रिक टन मात्रै उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत तिलक केसीका अनुसार...

अढाई करोड रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी

२०७२ माघ २७ गते १०:४८

उदयपुर, २७ माघ – नेपाल विद्युत् प्राधिकरण कार्यालय उदयपुरमा यस वर्ष २०७२ सालको पुस मसान्तसम्ममा करिब अढाई करोड रुपैयाँ विद्युत् शुल्क उठ्न बाँकी रहेको छ । विद्युत् प्राधिकरण कार्यालय उदयपुरका अनुसार विगतदेखि नै धेरै विद्युत् महसुल उठ्न बाँकी रहेको भए तापनि प्राधिकरण कार्यालयले शुल्क...

भालु आतंकले चौरी पालन व्यवसाय सङ्कटमा पर्दै

२०७२ माघ २६ गते १५:४३

पाँचथर, २६ माघ – जिल्लाको उत्तरपूर्वी सिदिन, प्राङबुङ, मेमेङ, च्याङथापु र फलैँचा गाविसमा भालु आतङकका कारण चौरी पालन व्यवसाय संकटमा पर्दै गएको छ । पर्याप्त जनशक्तिको अभाव र भालु आतङ्कका कारण पछिल्लो समय यो व्यवसाय धरासायी बन्दै गएको हो । गाउँका युवा वैदेशिक रोजगारीको...

विपन्नको जीविकोपार्जनका लागि एक करोड अनुदान

२०७२ माघ २५ गते ८:२७

पर्वत, २५ माघ– विपन्न परिवारको जीविकोपार्जनमा सघाउ पुर्‍याउने उद्देश्यले पर्वतमा झन्डै एक करोड अनुदान वितरण गरिएको छ । पर्वत जिल्लाका ३९ वटा सामुदायिक वनका ६६० परिवारलाई जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले उक्त रकम वितरण गरिएको हो । उनन्तीसवटा सामुदायिक वनका विपन्न परिवारलाई नगद १५ हजारका...

महापुराणमा १ करोड ५० लाख संकलन

२०७२ माघ २४ गते १७:३६

दाङ २४ माघ–दाङको तुलसीपुरमा बहुउदेश्यीय सभाहल निर्माणका लागी चलिरहेको ज्ञान महायज्ञ एंव धार्मिक महोत्सवमा दानवीरहरुको ओइरो लागेको छ । महायज्ञमा प्रत्येक दिन दान दिने दाताहरुको सहभागिता वढदै गएको हो । आईतबारसम्म १ करोड ५० लाख रुपैयाँ आर्थिक संकलन भएको महापुराण आर्थिक समितिका संयोजक उत्तमकुमार...

रक्सौल नाकाबाट धमाधम गाडी नेपाल भित्रिन थाले

२०७२ माघ २४ गते १५:४२

वीरगञ्ज, २४ काठमाण्डु– लामो समयदेखि बन्द रहेको वीरगञ्जको रक्सौल नाका खुलेसँगै धमाधम मालवाहक गाडी नेपाल प्रवेश गर्न थालेका छन् । शुक्रबारदेखि नाका खुलेपछि सो नाकाबाट तेल, ग्यास लगायतका अत्यावश्यक बस्तु बोकेका गाडीहरु नेपाल प्रवेश गरेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । गाडी सूचारु भएसँगै...

बढ्यो सुनको मूल्य

२०७२ माघ २४ गते १३:२४

काठमाण्डु, २४ माघ– केही समयअघि सम्म निरन्तर ओरालो लागेको सुनको भाउ पछिल्ला दिन ह्वात्तै आकाशिएको छ । आइतबार सुन प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोबार भयो । विवाहको सिजन चलिरहँदा सुनको मूल्य ह्वात्तै बढेको अनुमान गरिएको छ । अघिल्ला दिनको तुलनामा आइतबार सुन...

नेपाली तयारी पोसाकलाई अमेरिकामा भन्सार नलाग्ने भएपछि व्यावसाय प्रवर्दन हुनसक्ने

२०७२ माघ २४ गते १३:०९

अमेरिका, २४ माघ – हालसालै अमेरिकी सिनेट र काँग्रेस दुवै सदनबाट नेपाली तयारी पोसाकलाई कर छुटका रूपमा स्वीकृति प्रदान गर्ने विधेयक पारित भई राष्ट्रपति ओबामासमक्ष हस्ताक्षरका लागि पुगेपश्चात् नेपालको तयारी पोसाक व्यवसाय पहिलेको भन्दा राम्रो अवस्थामा पुग्ने सम्भावना देखिएको छ । हाल प्रस्तावित विधेयक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us