वीरगन्ज, ७ माघ– पाँच महिनादेखिको जारी मधेस आन्दोलनका कारण वीरगन्ज उपमहानगरपालिकामार्फत सञ्चालन हुने झण्डै तीन अर्बको विकास योजना प्रभावित भएको छ । वीरगन्ज नगरको सर्वाङ्गीण विकासमा कोशेढुङ्गा सावित हुने भनिएको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजना लगातारको बन्द, हडतालका कारण अहिले अवरुद्ध भएको...
काठमाण्डु, ६ माघ – स्विटजरल्यान्ड सरकारले नेपाललाई करिब तीन अर्ब रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ । नेपालका २५ जिल्लामा शिक्षा, दिगो तथा प्रोत्साहनमुखी रोजगारीका लागि सीप अभिवृद्धि परियोजना तथा नेपाल कृषि बजार विकास कार्यक्रम कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय सहायताका लागि स्विस नियोग (एसडिसी)मार्फत...
खोटाङ, ६ माघ – सदरमुकाम दिक्तेलमा दुई दिने वृहत कृषिमेला एवम् कृषि प्रदर्शनी सुरु भएको छ । जिल्लाका किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले बुधबारदेखि प्रदर्शनी सुरु गरिएको हो । जिल्लाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचारप्रसार एवम् प्रतिस्पर्धा गराउँदै उत्कृष्ट कृषि उपज...
पोखरा, ६ माघ – पोखरा उपमहानगरपालिका–१७ छोरेपाटनस्थित फेवाखोलामा १६ लाख २६ हजार रुपैयाँको लागतमा डेभिडफल झोलुङ्गे पुल बन्ने भएको छ । गुप्तेश्वर बहुमुखी क्याम्पसको प्राङ्गणलाई समेत जोड्ने गरी निर्माण गर्न लागिएको पुलको एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाले शिलान्यास गरे । सो अवसरमा...
जनकपुर, ६ माघ– पशुपति, लुम्बिनी र जनकपुरको पर्यटन विकास समान हुनुपर्ने धारणा व्यक्त गरिएको छ । बृहत्तर जनकपुर क्षेत्रको प्रस्तावित गुरुयोजना प्रतिवेदनमाथिको मंगलबारको छलफलमा सहभागीले परिषद्को क्षेत्र विस्तारमा पनि जोड दिए । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्द्वारा आयोजित कार्यक्रममा राजा जनकको दरबारको अनुसन्धान र...
काठमाण्डु, ५ माघ- अर्थमन्त्री विष्णु पौडेलले चीनसँग जोडिएका तातोपानी लगायतका उत्तरी नाका सहजरुपमा सञ्चालन गर्न चीन सरकार सहमत भएको बताएका छन् । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को उद्घाटन समारोहमा सहभागी भई मंगलबार स्वदेश फर्किएका अर्थमन्त्री पौडेलले पछिल्लो समयमा नेपालका समस्याका विषयमा चीन सरकार जानकार...
काठमाण्डु, ५ माघ – नेपाल सरकारको ५१ प्रतिशत सेयर रहेको कृषि विकास बैंकले २०७४ असारमसान्त सम्ममा चुक्तापुँजी आठ अर्ब रुपैयाँ पुर्याउने स्पष्ट गरेको छ । बैंकले आफ्नो ४९ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा पत्रकारसम्मेलन गरी चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकबाट जारी मौद्रिक नीतिअनुसार वाणिज्य...
भद्रपुर, ५ माघ – मेची भन्सार कार्यालय काँकडभिट्टामा विगत चार वर्षदेखि राजस्व असुलीको वृद्धिदर घट्दै गएको पाइएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार प्रत्येक आवको साउनदेखि पुस मसान्तसम्मको तुलना गर्दा आव २०६८/६९ मा लक्ष्यको १३५ प्रतिशत ( दुई अर्ब ४४ करोड ४८ लाख १६ हजार...
काठमाण्डु, ५ माघ – नेपाल र बङ्गलादेशबीच व्यापार विस्तार लगानी प्रवद्र्धन गर्ने उद्देश्यले यही माघ ७ देखि ११ गतेसम्म स्थानीय भृकुटीमण्डप प्रदर्शनीस्थलमा दोस्रो बङ्गलादेश व्यापार मेला हुने भएको छ । यहाँस्थित बङ्गलादेशी दूतावासको आयोजनामा हुने उक्त मेलामा निर्माण सामग्री, तयारी पोसाक, यन्त्र, हस्तकला तथा...
बनेपा, ५ माघ – भूकम्पबाट अति प्रभावित कृषकका लागि काभ्रेपलाञ्चोकमा ९० देखि ९५ प्रतिशत अनुदानमा सानो हाते ट्याक्टर (मिनी टेलर) वितरण सुरु गरिएको छ । गैरसरकारी संस्था सिमिट नेपालको सहयोगमा जिल्ला कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोकले कृषकका लागि ९० र कृषक समूहका लागि ९५ प्रतिशत...
काठमाण्डु, ५ माघ – सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेका बूढीगण्डकी र नलसिंहगाड जलविद्युत् आयोजनालाई कम्पनी ढाँचामा अगाडि बढाउने भएको छ । हाल विकास समिति मार्फत सञ्चालित ती आयोजनामा स्थानीय जनताको समेत स्वामित्व रहने गरी उक्त ढाँचा अपनाउन लागिएको हो । एक हजार २००...
वीरगन्ज, ५ माघ – नेपालकै प्रमुख राजस्व असुली केन्द्र वीरगन्ज भन्सार कार्यालयबाट आयात निर्यात ठप्प भएर अहिलेसम्म ३३ अर्ब सात करोड रुपैयाँ राजस्व घाटा भएको छ । आयात निर्यात ठप्प हुँदा वीरगन्ज भन्सार कार्यालयलाई चालु आवको पहिलो छ महिनामा यतिधेरै राजस्व घाटा भएको हो...