मोरङ, १९ चैत–पूर्वाञ्चलका ११ उद्योगका उत्पादनविरुद्ध क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले मुद्दा चलाएको छ । गत मंसिरदेखि फागुनसम्मको चार महिनाको अवधिमा बजार अनुगमनका क्रममा मापदण्ड विपरीत खाद्य वस्तु उत्पादन गर्ने पूर्वाञ्चलका ११ उद्योगविरुद्ध मुद्दा चलाइएको हो । पूर्वाञ्चल क्षेत्रीय खाद्य प्रविधि...
काठमाण्डु, १८ चैत-प्रभावकारी नीति भए पनि त्यसको व्यावहारिक कार्यान्वयन नहुँदा ऊर्जा क्षेत्रको विकास हुन नसकेको सरोकारवालाले बताएका छन् । जलविद्युत् क्षेत्रको विकासका लागि ल्याइएका नीतिनियमको कार्यान्वयन गलत भएको र सरकार परिवर्तन भएलगत्तै व्यवस्थापनमा आउने बदलाबका कारण पनि समस्या भएको जानकारी उनीहरुको भनाइ छ ।...
चितवन, १८ चैत – चितवनको सिद्धि गाविस– ७ देउजरकी दिलकुमारी चेपाङको बाजेको पालामा ४÷५ वटा बाख्रा मात्र थिए । ती बाख्राबाट जन्मिएका पाठा हुर्काउन धेरै समय लाग्थ्यो । तर अहिले उनले चाँडो हुर्काउने र बेच्ने गरेका छन् । ‘पहिले तीन वर्षमा खसी बेच्न तयार...
नुवाकोट, १८ चैत – भूकम्पबाट प्रभावित जिल्लाका पशुपालक किसानलाई पशुका लागि पोषणयुक्त खनिज तत्व वितरण गरिएको छ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनको सहयोग तथा जिल्ला पशुसेवा कार्यालयको संयोजनमा सामुदायिक तथा ग्रामीण विकास समाज नेपाल (कार्डसन)सँगको साझेदारीमा खनिजतत्व वितरण गरिएको हो । मदानपुर...
कञ्चनपुर, १८ चैत – सहरी विकास मन्त्रालयले महेन्द्रनगर नगरविकास समितिको प्रक्रिया नपु¥याएर बिक्री वा लिजमा दिइएको जग्गाको छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ । राजनीतिक दलको सर्वदलीय निर्णयपछि मन्त्रालयका सिनियर इन्जिनियर सुरज पौडेलको संयोजकत्वमा समिति गठन गरिएको हो । नगरविकास समिति बोर्डको निर्णय...
पर्वत, १८ चैत – यस वर्ष पर्वतमा उत्पादित सुन्तला बिक्रीबाट १५ करोड रुपैयाँ आम्दानी भएको छ । पर्वतबाट करिब तीन हजार ३०० मेट्रिक टन सुन्तला निर्यात भएको छ । जिल्ला कृषि विकास कार्यालय पर्वतले दिएको जानकारीअनुसार पर्वत जिल्लाबाट करिब तीन हजार ३०० मेट्रिक टन...
बर्दिवास, १८ चैत – महोत्तरी जिल्लाका दलित वस्तीका महिला अहिले वनजङ्गलका पातपतिङ्गर समेटेर राम्रो आम्दानी गरिरहेका छन् । मुख्य रुपमा कृषि मजदुरी गर्दै आएका जिल्लाका दलित वस्तीका मुसहर जातिका महिला फुर्सदको उपयोग गर्दै वनजङ्गलका पातपतिङ्गर समेटेर राम्रो आम्दानी गरिरहेका हुन् । अहिले कृषि कार्यमा...
जाजारकोट, १७ चैत – जाजरकोटका अधिकांश किसानको सुधारिएको गोठ नहुँदा पशुपालन व्यवसाय सङ्कटमा परेको छ । परम्परागत पशुपालन व्यवसाय गर्ने किसानलाई आवश्यक ज्ञानको कमी हुँदा सुधारिएको गोठ प्रयोग हुन नसकेको हो । ग्रामीण भेगका किसानले सबै पशुचौपाया, भेडा, बाख्रा, बोका, एकै ठाउँमा बाँध्दा पशुपालन...
काठमाण्डु, १७ चैत – काठमाण्डु महानगरपालिकाले चीन सरकारको सहयोगमा ल्याउन लागिएको विद्युतीय बस (इ–बस) ल्याउने विषय अन्योलमा परेको छ । इ–बस खरिदका लागि अध्ययनको प्रक्रिया पूरा गरिसक्दासमेत सरकारले खासै वास्ता नगरेकाले काम अघि नबढेको महानगरपालिकाका सार्वजनिक निजी साझेदार शाखा प्रमुख शिव अधिकारीले जानकारी दिए...
इलाम, १७ चैत – जिल्लामा करदाता सेवा कार्यालय स्थापना भएको छोटो समयमानै करदाता थपिने क्रम बढेको छ । कार्यालय स्थापना भएको तीन वर्षको अवधिमा नौ हजार ६४४ जना करदाता थपिएका हुन् । सेवाग्राहीलाई जिल्लामै सेवा पु¥याउने उद्देश्यले २०६९ वैशाखमा स्थापना गरिएको हो । व्यक्तिगत...
म्याग्दी, १७ चैत – जिल्लाको बरङ्जा गाविस– ९ धापुमा आलुको बीउ भण्डारणका लागि छुटै भवन निर्माण गरिएको छ । जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सो भवन निर्माण गरिएको हो । दश मेट्रिकटन क्षमताको उक्त भवन पाँच लाख तीन हजार रुपैयाँमा निर्माण...
चितवन, १७ चैत – भूकम्प र नाकाबन्दीपछिको निर्माणको अवस्थाबारे समीक्षा गर्न देशभरका एक हजारभन्दा बढी निर्माण व्यवसायी चितवनको रत्ननगरमा भेला भएका छन् । ‘निर्माणबाट समृद्धि’ भन्ने नारासहित नेपाल निर्माण व्यवसायी महासङ्घको १८औँ केन्द्रीय साधारणसभा तथा रजत जयन्ती शुभारम्भ समारोहका लागि उनीहरु यहाँ भेला भएका...